२०८३ कार्तिक १२ गते बुधबार

इप्पानमा वरिष्ठ उपाध्यक्ष उम्मेदवार बलराम खतिवडा समूहका यस्ता छन् प्रतिवद्धता

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ २८
balaram_khatiwada

काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को आगामी निर्वाचनका लागि वर्तमान महासचिव बलराम खतिवडाको नेतृत्वमा प्यानल घोषणा गरिएको छ।

‘परिवर्तनका लागि सहभागीतामूलक/प्रतिनिधिमूलक नयाँ र ऊर्जा क्षेत्रको अनुभवी नेतृत्व’ भन्ने नाराका साथ खतिवडा समूहले आफ्नो विस्तृत प्रतिवद्धतापत्र सार्वजनिक गर्दै चुनावी मैदानमा उत्रिएको हो।

खतिवडा समूहले इप्पानको विधान संशोधन र संस्थागत संरचनामा देखिएको विवादलाई मुख्य एजेन्डा बनाएको छ। प्रतिवद्धता पत्रमा उल्लेख भएअनुसार, २३औं साधारण सभाले इप्पानलाई महासंघीय ढाँचामा लैजाने र वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था खारेज गर्ने निर्णय गरे पनि वर्तमान कार्यसमितिले त्यसलाई कार्यान्वयन नगरी पुरानै विधानअनुसार निर्वाचन आह्वान गरेकोमा यो समूहले असन्तुष्टि व्यक्त गरेको छ।

साधारण सभाको निर्णय उल्ट्याएर लोकतान्त्रिक अभ्यासलाई कुण्ठित गर्न खोजिएको भन्दै खतिवडा समूहले संस्थामा सुशासन र विधिलाई स्थापित गर्ने संकल्प गरेको छ। ऊर्जा क्षेत्रको समग्र विकासका लागि यो समूहले १० वर्षमा ३० हजार मेगावाट विद्युत उत्पादन गर्ने सरकारी लक्ष्यमा सहकार्य गर्ने प्रतिवद्धता जनाएको छ।

यस्तै, नेपाल विद्युत प्राधिकरणमा थन्किएका १६ हजार मेगावाटभन्दा बढीका आयोजनाहरूको विद्युत खरिद सम्झौता (पीपीए) तत्काल खुलाउन पहल गर्ने, विद्युत विधेयक र जलस्रोत विधेयकलाई निजी क्षेत्रमैत्री बनाउन दबाब दिने र बैंक तथा वित्तीय संस्थाले ऊर्जा क्षेत्रमा अनिवार्य २० प्रतिशत लगानी गर्नुपर्ने व्यवस्थाका लागि पहल गर्ने जस्ता महत्वपूर्ण योजनाहरू अघि सारेको छ।

इप्पानको आन्तरिक सुदृढीकरणका लागि खतिवडा समूहले सदस्य कम्पनीहरूका समस्या सुन्न हेल्प डेस्क स्थापना गर्ने, ऊर्जा क्षेत्रका पत्रकारहरूको क्षमता अभिवृद्धि गर्ने र तीन वर्षभित्र इप्पानको आफ्नै भवन निर्माण गर्ने लक्ष्य राखेको छ। साथै, निर्माण सम्पन्न भएका आयोजनाहरूको व्यक्तिगत जमानत स्वतः फुकुवा हुने व्यवस्था मिलाउने र बीमा प्रिमियममा देखिएका समस्या समाधान गर्ने प्रतिवद्धता पनि पत्रमा उल्लेख छ।

बलराम खतिवडाको नेतृत्वमा रहेको यस प्यानलबाट वरिष्ठ उपाध्यक्षमा खतिवडा आफैं उम्मेदवार छन् भने उपाध्यक्षहरूमा भरत बहादुर खत्री, भरत प्रसाद नेपाल, कुमार खरेल, दिपक पौडेल र सिर्जना खड्का रहेका छन्।

त्यसैगरी, महासचिवमा प्रकाशचन्द्र दुलाल, सचिवहरूमा कृष्णप्रसाद घिमिरे, ताराबहादुर इस्वो लिम्बु, वीरेन्द्रबहादुर मल्ल, संगीता धमला र इशा श्रेष्ठ तथा कोषाध्यक्षमा मिथुन पौडेल उम्मेदवार रहेका छन्। सदस्यहरूमा सोमनाथ कँडेल, डा. भूषण गुरागाईं लगायत २३ सदस्यीय टोली चुनावी प्रतिस्पर्धामा होमिएको छ।

प्रकाशित: २०८३ जेठ २८ गते बिहिबार ०१:५६
प्रतिक्रिया

थप समाचार

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...

जीबी राईले भने- ‘नेपाल फर्कन तयार छु, रवि र छविलाई जोड्नु उचित होइन’

काठमाडौँ: सहकारी ठगी प्रकरणमा लामो समयदेखि फरार रहेका जिबी राईले आफू नेपाल फर्कन तयार रहेको बताएका छन्। उनले बचतकर्ताको रकम फिर्ता गर्न सरकारसँग सहकार्य गर्न चाहेको पनि उल्लेख गरेका छन्। सेतोपाटीलाई...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
mudrasfiti
अर्थतन्त्र

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना