२०८३ कार्तिक १२ गते बुधबार

सांसदहरूलाई ऊर्जामन्त्री श्रेष्ठको जवाफ: सबै अपेक्षा एकै बजेटमा पूरा गर्न सकिँदैन

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार ४
videoframe_14355700_8547dad9

काठमाडौँ: ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिएका छन्।

उनले सांसदहरूबाट अझै सिर्जनशील सुझावहरू प्राप्त हुने अपेक्षा व्यक्त गर्दै ऊर्जा तथा जलस्रोतको विकास र सहज सिँचाइ सुविधामार्फत देशको आर्थिक, सामाजिक तथा शैक्षिक उन्नति हुनुपर्ने बताए। नागरिकको जीवनस्तरमा सुधार र सबैले समन्वयात्मक रूपमा अवसर प्राप्त गर्न सकून् भन्ने पवित्र उद्देश्यबाट अभिव्यक्त भएका धारणा भएको उनको भनाइ थियो।

मन्त्री श्रेष्ठले जलस्रोतको अपार सम्भावना भएको देशमा जलविद्युत् विकासको करिब ११५ वर्षको अवधिसम्म पनि सबै नागरिकमा विद्युत् पहुँच पुर्याउन नसकिएको स्वीकार गरे। उनले दिगो र स्वच्छ ऊर्जा आपूर्तिका साथै ऊर्जा खपतका दृष्टिले पनि नेपाल छिमेकी देशहरूको तुलनामा अझै कमजोर अवस्थामा रहेको उल्लेख गरे।

उनले भने, ‘मान्यज्यूहरूबाट अझै सिर्जनशिल र सुझावहरू प्राप्त हुने छ भन्ने हामीले अपेक्षा समेत गरेका छौँ। ऊर्जा तथा जलस्रोतको विकास, सहज सिँचाई सुविधा मार्फत देशको आर्थिक, सामाजिक, एवम् शैक्षिक उन्नति होस्। नागरिकको जीवन स्तरमा सुधार होस् र सबैले समन्वयात्मक रुपमा अवसर प्राप्त गरुन् भन्ने पवित्र मनासयबाट अभिव्यक्त भएका आवाज हुन् भन्ने हामीले बुझेका छौँ। ऊर्जा तथा जलस्रोतका क्षेत्रममा मान्यज्युहरूको चिन्ता हुनु स्वभाविक पनि हो। जलस्रोतको अपार सम्पदा भएको देशमा जलविद्युतको प्रयोग गरिएको करिब ११५ वर्षको अवधिसम्म पनि हामीले शतप्रतिशत जनता समक्ष विद्युतको पहुँच पुर्याउन सकेका छैनौँ।’

जलवायु परिवर्तनका कारण मौसममा हुने उतारचढावले प्रमुख आयस्रोत कृषि क्षेत्रमा चुनौती थपिएको भन्दै पर्याप्त सिँचाइ सुविधाको मागलाई सरकारले सकारात्मक रूपमा लिएको उनले बताए।

उनले भने, ‘दिगो र स्वच्छ ऊर्जा आपूर्ती मात्र होइन ऊर्जा खपतका सन्दर्भमा पनि हामी छिमेकी देशहरूको तुलनामा अझै कमजोर अवस्थामा छौं। जलवायु परिवर्तनका कारण मौसममा भैइरहने फेरबदल जनताको प्रमुख आयस्रोतका रुपमा रहेको कृषि पेसामा चुनौती थपिँदै गएको छ। यो स्थितीमा पर्याप्त सिँचाई सुविधाको अपेक्षालाई हामीले सकारात्मक रुपमा लिएका छौं। तर सिमित स्रोत र विगतका दायित्व फर्स्यौट गर्नुपर्ने जिम्मेवारीका बीच जनअपेक्षा अनुरुपको स्रोत परिचालनमा सन्तुलन कायम गर्ने कार्य हाम्रा निम्ति चुनौतीपूर्ण छ। सबै अपेक्षाहरूलाई एकैपटक एउटै बजेटले पूरा गर्न सकिँदैन। यस बजेटमार्फत ऊर्जा क्षेत्रलाई आर्थिक रुपान्तरणको मुख्य आधारका रुपमा हामीले स्थापित गरेका छौँ।’

तर सीमित स्रोत साधन, पुराना दायित्वको भुक्तानी र जनअपेक्षाबीच स्रोत परिचालनमा सन्तुलन कायम गर्नु चुनौतीपूर्ण रहेको उनको भनाइ थियो। सबै अपेक्षालाई एउटै बजेटबाट एकैपटक पूरा गर्न नसकिने उल्लेख गर्दै उनले यस बजेटमार्फत ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको मुख्य आधारका रूपमा स्थापित गरिएको बताए।

प्रकाशित: २०८३ असार ४ गते बिहिबार ०३:५७
प्रतिक्रिया

थप समाचार

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...

जीबी राईले भने- ‘नेपाल फर्कन तयार छु, रवि र छविलाई जोड्नु उचित होइन’

काठमाडौँ: सहकारी ठगी प्रकरणमा लामो समयदेखि फरार रहेका जिबी राईले आफू नेपाल फर्कन तयार रहेको बताएका छन्। उनले बचतकर्ताको रकम फिर्ता गर्न सरकारसँग सहकार्य गर्न चाहेको पनि उल्लेख गरेका छन्। सेतोपाटीलाई...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना