२०८३ कार्तिक ११ गते मङ्गलबार

कुरासाओको उत्कृष्ट प्रदर्शन, जर्मनी नकआउट चरणमा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार ७
photo_ade8dc09

काठमाडौँ: फिफा विश्वकप २०२६ समूह ‘ई’ अन्तर्गत कुरासाओले इक्वेडरसँग गोलरहित बराबरी खेल्दै आफ्नो इतिहासकै पहिलो विश्वकप अंक हासिल गरेको छ। कान्सास सिटी स्टेडियममा भएको खेलमा कुरासाओका गोलरक्षक एलोय रुम नायक बने।

उनले विश्वकप इतिहासकै कीर्तिमान बराबरी गर्ने गरी १५ वटा प्रहार बचाउ गर्दै आफ्नो टोलीलाई महत्वपूर्ण अंक दिलाए। ३७ वर्षीय रुमले अमेरिकाका पूर्व गोलरक्षक टिम हावर्डको विश्वकपमा एक खेलमा सर्वाधिक १५ सेभ गर्ने कीर्तिमान बराबरी गरेका हुन्। हावर्डले सन् २०१४ मा बेल्जियमविरुद्धको खेलमा १५ सेभ गरेका थिए।

खेलको तेस्रो मिनेटमै रुमले इक्वेडरका कप्तान एनर भ्यालेन्सियाको नजिकबाट आएको प्रहार रोकेर आफ्नो उत्कृष्ट प्रदर्शनको सुरुआत गरेका थिए। कुरासाओले पनि केही अवसर सिर्जना गरेको थियो। दोस्रो हाफमा लिएन्ड्रो बाकुना को प्रहार इक्वेडरका गोलरक्षकले बचाए भने लिभियाना कोमेनेन्सियाको प्रयास पनि गोलमा परिणत हुन सकेन।

इक्वेडरले खेलभरि २७ पटक प्रहार गरे पनि गोल गर्न असफल रह्यो। यसअघि पहिलो खेलमा आइभरी कोस्टसँग १–० ले पराजित भएको इक्वेडरले दुई खेलमा गोल गर्न सकेको छैन। इक्वेडरमाथि अब दबाब बढेको छ। टोलीले पहिलो दुई खेलबाट केवल एक अंक बटुल्न सफल भएको छ भने गोलको खाता खोल्न सकेको छैन।

यसअघि विश्वकप २०२६ अन्तर्गत समूह एफको खेलमा जापानले ट्युनिसियामाथि ४–० को प्रभावशाली जित निकालेको छ। नेदरल्यान्ड्ससँग पहिलो खेलमा २–२ को बराबरी खेलेको जापानले दोस्रो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै नकआउट चरण प्रवेशको सम्भावना बलियो बनाएको छ।

त्यस्तै, ट्युनिसिया लगातार दोस्रो हारसँगै समूह चरणबाट बाहिरिने जोखिममा पुगेको छ। यता, जर्मनी लगातार दुई जितसहित विश्वकप फुटबलको नकआउट चरणमा पुगेको छ। आइतबार बिहान सम्पन्न खेलमा आइभरी कोष्टलाई २–१ ले पराजित गर्दै जर्मनी अन्तिम ३२ मा पुगेको हो।

यसअघि सहआयोजक राष्ट्रहरू मेक्सिको र अमेरिका अन्तिम ३२ मा पुगिसकेका छन्।

प्रकाशित: २०८३ असार ७ गते आईतबार १२:२०
प्रतिक्रिया

थप समाचार

एनपीएलका लागि ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरमा १० वटा फ्यान जोन सञ्चालन गर्ने भएको छ। कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने एनपीएलका...

एनपीएल क्रिकेट: जनकपुर टस जितेर फिल्डिङमा

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...

रसेल र लोकेशको आक्रामक ब्याटिङका बाबजुद विराटनगर पराजित, चितवन ८ रनले विजयी

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई ८ रनले पराजित गरेको छ। खेलको अन्तिम चरणमा विराटनगरले लगातार विकेट गुमाउँदा जितको नजिक पुगेर पनि हार...

टस जितेर विराटगरले चितवनलाई दियो पहिले ब्याटिङको निम्तो

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किङ्ग्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा विराटनगरले...

एनपीएल क्रिकेट : आज दुई खेल हुँदै 

काठमाडौं। राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा मध्यान्ह १२ बजे चितवन राइनोज र विराटनगर...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना