२०८३ साउन १३ गते बुधबार

फासीवादी मनोविज्ञानमाथि राजेन्द्र महर्जनको नयाँ पुस्तक

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार ७
fas

काठमाडौँ: लेखक तथा राजनीतिक विश्लेषक राजेन्द्र महर्जनको नयाँ पुस्तक ‘उन्मादः फासीवाद मन्थन’ भर्खरै बजारमा आएको छ।

फासीवाद, नाजीवाद, सामूहिक उन्माद, श्वेत श्रेष्ठतावाद र समकालीन लोकप्रियतावादी राजनीतिको विश्लेषण गरिएको यस पुस्तकमा तीन दशकको अवधिमा लेखिएका तथा पुनःपरिमार्जित रचनाहरू समेटिएका छन्।

पुस्तकको आरम्भमै लेखकले फासीवाद शब्दको अर्थ, त्यसको ऐतिहासिक विकासक्रम र बीसौँ शताब्दीदेखि एक्काइसौँ शताब्दीसम्म देखिएका विभिन्न स्वरूपबारे चर्चा गरेका छन्। फासीवादलाई कसरी चिन्ने भन्ने प्रश्नमा विभिन्न विद्वान्ले गरेका विमर्शलाई आधार बनाएर त्यसका मूल प्रवृत्ति पहिल्याइएको छ।

विभिन्न खण्डमा विभाजन गरिएको यस पुस्तकमा सामूहिक उन्मादको मनोविज्ञान, इटालीको फासीवाद र जर्मनीको नाजीवाद, अडोल्फ हिटलरको उदय, यहुदी नरसंहार र जर्मन समाजमा नाजीवादी प्रभाव विस्तारका कारण, फासीवादको ऐतिहासिकता र पुँजीवादसँगको सम्बन्ध, श्वेत श्रेष्ठतावाद र अमेरिकी राजनीतिक संरचना, प्यालेस्टाइन–इजरायल द्वन्द्वबारे विश्लेषण गरिएको छ। यसका साथै नेपाली राजनीति र समाजभित्र देखिएका फासीवादी प्रवृत्तिबारे चर्चा गरिएको छ।

लेखक महर्जनले पुस्तक कुनै ‘मोनोग्राफ’ नभई फासीवादी विचार र व्यवहारलाई चिन्न सक्ने वैचारिक दृष्टिकोण निर्माण गर्ने विभिन्न समयको प्रयास भएको बताएका छन्। ‘फासीवादको चिरफार गर्न थप अध्ययन र विमर्श आवश्यक छ,’ पुस्तकको भूमिकामा उनले उल्लेख गरेका छन्।
यसअघि महर्जनका ‘चे ग्वेभारा’, ‘समाजवादको सपना’ ‘सिलु म्ये र सामाजिक प्रतिरोध’ लगायत पुस्तक प्रकाशित छन्। उनले ‘मूल्यांकन’, ‘नवयुवा मासिक’, ‘विकास पत्रिका’, ‘रूपान्तरण: समाज अध्ययन जर्नल’ र ‘मधेश अध्ययन जर्नल’ को सम्पादनसमेत गरेका छन्।

विश्वभर दक्षिणपन्थी राष्ट्रवाद, धार्मिक ध्रुवीकरण र लोकप्रियतावादी राजनीतिको प्रभाव बढिरहेका बेला प्रकाशित ‘उन्माद: फासीवाद मन्थन’ ले नेपाली भाषामा फासीवादमाथिको बहसलाई थप विस्तार गर्ने अपेक्षा गरिएको छ।

राजनीतिशास्त्र, समाजशास्त्र र समकालीन वैचारिक बहसमा रुचि राख्ने पाठकका लागि रुचिकर रहने यो पुस्तक इन्डिगो इन्क प्रा.लि.ले प्रकाशन गरेको हो। ४८० पृष्ठको यस पुस्तकको मूल्य ११९९ रुपैयाँ रहेको छ।

प्रकाशित: २०८३ असार ७ गते आईतबार १२:४४
प्रतिक्रिया

थप समाचार

ललित विष्टको दोस्रो कथा सङ्ग्रह ‘उत्कर्ष’ बजारमा

काठमाडौँ: ललित विष्टको दोस्रो कथा सङ्ग्रह 'उत्कर्ष' सार्वजनिक भएको छ। किताबलाई फोनिक्स बुक्सले प्रकाशन गरेको हो। सङ्ग्रहमा सामाजिक सौन्दर्यको शिल्पमा बुनिएको १० वटा कथा रहेका छन्। यथार्थ...

नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको तयारी पूरा, ५३ हजार अमेरिकी डलर खर्च हुने अनुमान

कोलोराडो: अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास) केन्द्रीय कार्यसमितिको आयोजना तथा अनेसास कोलोराडो च्याप्टरको संयोजनमा कोलोराडोमा मे तेस्रो साता हुन गइरहेको नवौँ अन्तर्राष्ट्रिय...

‘भीरफूल’ लिएर आए जनक

काठमाडौँ: गजलकार जनक सन्यालको गजलसङ्ग्रह ‘भीरफूल’ सार्वजनिक भएको छ। आइतबार कीर्तिपुरमा आयोजित एक कार्यक्रमकाबीच मदन पुरस्कार विजेता लेखक महेशविक्रम शाह, साहित्यकार रेनुका शोलु, पूर्ण रावल,...

पाँचौँ इलाम साहित्य महोत्सव सम्पन्न, १ करोड २५ लाखको ‘जुनिता ट्रस्ट’ स्थापना

इलाम सदरमुकाममा आयोजना गरिएको पाँचौं संस्करणको इलाम साहित्य महोत्सव शनिबार विभिन्न कार्यक्रमसँगै सम्पन्न भएको छ। शुक्रबारबाट सुरु भएको महोत्सवमा साहित्य, कला, शिक्षा, पर्यटनलगायत विविध...

एकै पटक प्रकाशित भए खेम शर्माका २४ वटा पुस्तक

काठमाडौँ: लेखक खेम शर्माका २४ वटा पुस्तक एकै पटक प्रकाशित भएका छन्। राष्ट्र निर्माणसँग सम्बन्धित विभिन्न विषयमा केन्द्रित २४ वटा पुस्तक डिजिटल स्वरूपमा एकैसाथ प्रकाशन गरिएको हो। उक्त उपलब्धिका...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना