२०८३ कार्तिक १२ गते बुधबार

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोडको

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार ८
budget

पर्वत: पर्वतको कुश्मा नगरपालिकाले आगामी आर्थिक वर्ष विसं २०८३/०८४ का लागि करिब रु ९० करोड बराबरको बजेट सार्वजनिक गरेको छ। नगरपालिका उपप्रमुख स्वस्थानी रिजालले १३ औँ नगर अधिवेशनका अवसरमा आइतवार रु ८९ करोड ९९ लाखको बजेट प्रस्तुत गरेका हुन्।

नगरपालिकाले ‘समृद्ध सुन्दर कुश्मा नगर’ निर्माणको दीर्घकालीन लक्ष्यलाई आधार बनाएर पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि आधुनिकीकरण, पर्यटन प्रवद्र्धन तथा सुशासनलाई केन्द्रमा राख्दै बजेट विनियोजन गरेको जनाएको छ। प्रस्तुत बजेटमध्ये चालुतर्फ ५३ दशमलब २५ प्रतिशत र पुँजीगततर्फ ४६ दशमलब ७५ प्रतिशत रकम विनियोजन गरिएको छ। बजेट कार्यान्वयनका लागि सङ्घीय तथा प्रदेश सरकारबाट प्राप्त हुने समानीकरण, सशर्त, विशेष तथा समपूरक अनुदान, राजस्व बाँडफाँट, आन्तरिक आय तथा मौज्दात रकमलाई स्रोतका रूपमा अनुमान गरिएको उपप्रमुख रिजालले जानकारी दिए।

नगरसभाले आगामी आर्थिक वर्षका लागि भौतिक पूर्वाधारतर्फ निर्माणाधीन नगरपालिकाको प्रशासकीय भवन सम्पन्न गर्न रु दुई करोड विनियोजन गरेको छ। वडा तहका सडक, खानेपानी तथा सिँचाइ आयोजनाका लागि रु सात करोड ५० लाख बजेट व्यवस्था गरिएको छ। वडा नं ९ मा सञ्चालन हुने ‘एक घर एक धारा’ कार्यक्रमअन्तर्गत कटुवाचौपारी–मल्याङ्दीखोला लिफ्ट खानेपानी आयोजनाका लागि रु एक करोड विनियोजन गरिएको छ। कृषि उत्पादन वृद्धि तथा खाद्य सुरक्षालाई प्राथमिकता दिँदै कृषि यान्त्रीकरण र प्लाष्टिक टनेल विस्तार कार्यक्रमका लागि रु एक करोड ४५ लाख विनियोजन गरेको छ।

शिक्षा क्षेत्रतर्फ उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न रु १५ लाख, सामुदायिक विद्यालयका छात्रालाई निःशुल्क स्यानिटरी प्याड वितरण गर्न रु १३ लाख ८१ हजार तथा दिवा खाजा कार्यक्रमका लागि रु ७३ लाख एक हजार बजेट छुट्याइएको छ। यसैगरी पर्यटन प्रवर्द्धनका लागि गुप्तेश्वर धार्मिक पर्यटन प्रवद्र्धन केन्द्रमा रु ९० लाख तथा लक्ष्मीनारायण मन्दिर (शालग्राम आश्रम) का लागि रु १० लाख बजेट विनियोजन गरिएको उपप्रमुख रिजालले जानकारी दिनुभयो। विपद् व्यवस्थापनका लागि रु ४० लाख तथा फोहोरमैला व्यवस्थापनका लागि रु ३० लाख छुट्याइएको छ।

साथै स्थानीय सरकारको सेवा प्रवाहलाई प्रविधिमैत्री, पारदर्शी र जवाफदेही बनाउन आवश्यक बजेट व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ। चालु आर्थिक वर्ष २०८२/०८३ मा नगरपालिकाले रु ८९ करोड ९७ लाख ४० हजार बजेट कार्यान्वयन गरिरहेको छ। असार ५ गतेसम्म रु ५५ करोड ८२ लाख ३६ हजार खर्च भई ६१.७४ प्रतिशत वित्तीय प्रगति हासिल भएको नगरपालिकाको तथ्यांक रहेको छ। उपप्रमुख रिजालले बजेटले नगरवासीको विकास आकांक्षालाई सम्बोधन गर्ने विश्वास व्यक्त गर्दै पूर्वाधार, उत्पादन, रोजगारी, शिक्षा र सामाजिक विकासमार्फत समृद्ध तथा सुन्दर कुश्मा निर्माणमा टेवा पुग्ने बताए।

यस अघि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम नगरप्रमुख रामचन्द्र जोशीले प्रस्तुत गरेका थिए। नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्षमा नगरभित्र सडक, खानेपानी, सुशासन पूर्वाधार विस्तार, कृषि आधुनिकीकरण र पर्यटन प्रवद्र्धन लाई मुख्य जोड दिइएको छ। सबैभन्दा बढी जोड संस्थागत सुदृढीकरण, डिजिटल प्रशासन र पूर्वाधार विकासमा दिइएको छ भने आर्थिक समृद्धिको माध्यमका रूपमा कृषि र पर्यटनलाई अगाडि सारिएको छ।

जिल्लाका सात स्थानीय तहमध्ये पहिलोपटक कुश्मा नगरपालिकाले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेको हो।

प्रकाशित: २०८३ असार ८ गते सोमबार ०१:४५
प्रतिक्रिया

थप समाचार

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...

जीबी राईले भने- ‘नेपाल फर्कन तयार छु, रवि र छविलाई जोड्नु उचित होइन’

काठमाडौँ: सहकारी ठगी प्रकरणमा लामो समयदेखि फरार रहेका जिबी राईले आफू नेपाल फर्कन तयार रहेको बताएका छन्। उनले बचतकर्ताको रकम फिर्ता गर्न सरकारसँग सहकार्य गर्न चाहेको पनि उल्लेख गरेका छन्। सेतोपाटीलाई...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
mudrasfiti
अर्थतन्त्र

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना