२०८३ कार्तिक १२ गते बुधबार

रास्कोट नगरसभामा ५६ करोड ६७ लाखको बजेट पेस, यस्ता छन् प्राथमिकताका विषय

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार ८
budget
मान्म: कालिकोटको रास्कोट नगरपालिकाले  आर्थिक वर्ष २०८३/०८४ का लागि कूल रु ५६ करोड ६७ लाख ५१ हजारको बजेट प्रस्तुत गरेको छ।  आइतबार नगरपालिकाको १८ औँ नगरसभामा उपप्रमुख मनिराज बरालल पेस गरेका हुन्।  नगरपालिकाले प्रस्तुत गरेको कूल रु ५६ करोड ६७ लाख ५१ हजारको बजेटमध्ये सङ्घीय समानिकरण अनुदानतर्फ रु नौ करोड ७६ लाख, सशर्त अनुदान चालुतर्फ रु १८ करोड ८१ लाख र सशर्त अनुदान पुँजीगततर्फ रु १० करोड ४५ लाख रहेको छ।
‘सङ्घीय विशेष अनुदान रु ६१ लाख, समपूरक अनुदान रु दुई करोड ५९ लाख र राजस्व बाँडफाँटबापत रु सात करोड ९१ लाख प्राप्त हुने प्रक्षेपण गरिएको छ,’ उपप्रमुखले भने, ‘प्रदेश सरकारका तर्फबाट रास्कोटले समानिकरण अनुदानमा रु एक करोड ३८ लाख ४६ हजार, सशर्त अनुदान चालुमा २२ लाख पाँच हजार, सशर्त अनुदान पुँजीगतमा रु एक करोड ५५ लाख, विशेष अनुदानमा रु ३५ लाख र समपूरक अनुदान पुँजीगततर्फ रु एक करोड १९ लाख प्राप्त गर्नेछ।’
 प्रादेशिक राजस्व बाँडफाँटबाट रु १० लाख आर्जन हुने अनुमान गरिएको नगरपालिकाले जनाएको छ।
नगरपालिकाले आफ्नो आन्तरिक स्रोत (कर तथा गैरकर राजस्व) बाट कूल बजेटको ३.०९ प्रतिशतअर्थात् रु एक करोड ७५ लाख सङ्कलन गर्ने लक्ष्य लिएको छ। प्रस्तावित कूल व्ययमध्ये चालुतर्फ ६१.४२ प्रतिशतअर्थात् रु ३४ करोड ८१ लाख एक हजार र पुँजीगततर्फ ३८.५८ प्रतिशतअर्थात् रु २१ करोड ८६ लाख ५० हजार  विनियोजन गरिएको छ।
क्षेत्रगत रुपमा नगरपालिकाले सामाजिक विकास क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै कूल बजेटको ६४.८८ प्रतिशतअर्थात् रु ३६ करोड ७७ लाख पाँच हजार  छुट्याएको छ।
शिक्षा क्षेत्रका लागि रु २० करोड, स्वास्थ्यतर्फ रु १५ करोड ७६ लाख पाँच हजार विनियोजन भएको छ।  सोबाहेक आर्थिक विकास क्षेत्रमा रु दुई करोड ४८ लाख, पूर्वाधार विकासतर्फ रु छ करोड पाँच लाख ५० हजार (१०.६८ प्रतिशत), सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा रु एक करोड २८ लाख ५० हजार र वन तथा वातावरण क्षेत्रमा रु २० लाख बाँडफाँट गरिएको छ।
कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चका लागि १७.४४ प्रतिशतअर्थात् रु नौ करोड ८८ लाख ४६ हजार  विनियोजन भएको नगरपालिकाले जनाएको छ। कालीकोटको रास्कोट नगरपालिकाले ‘हामी बनाउँछौँ, हाम्रो नगर’ भन्ने मूल नाराका साथ ‘समृद्ध रास्कोट, सुखी रास्कोटवासी’ को दीर्घकालीन लक्ष्यका साथ कालीकोटको नगरसभा सम्पन्न भएको थियो।
प्रकाशित: २०८३ असार ८ गते सोमबार ०१:४८
प्रतिक्रिया

थप समाचार

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...

जीबी राईले भने- ‘नेपाल फर्कन तयार छु, रवि र छविलाई जोड्नु उचित होइन’

काठमाडौँ: सहकारी ठगी प्रकरणमा लामो समयदेखि फरार रहेका जिबी राईले आफू नेपाल फर्कन तयार रहेको बताएका छन्। उनले बचतकर्ताको रकम फिर्ता गर्न सरकारसँग सहकार्य गर्न चाहेको पनि उल्लेख गरेका छन्। सेतोपाटीलाई...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
mudrasfiti
अर्थतन्त्र

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना