काठमाडौँ – विश्वकै सर्वाधिक ठूलो खेलकुद मेलामध्ये एक रहेको १९ औँ एसियाली खेलकुद सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म चीनको ग्वान्जाउमा हुँदैछ। आगामी एसियाडमा नेपाललले २९ खेलमा सहभागीता जनाउने भएको छ। अहिले एसियाली खेलकुदका लागि सबै खेलक संघहरुले तयारी गरिरहेको छ।
नेपाल स्क्वास राकेट्स सघले बुधबार १९ औँ एसियाली खेलकुदका लागि छ खेलाडी छनोट गरेको छ।
नेपाल स्क्वास राकेट्स संघले राउन्ड रोविन लिगको आधारमा भएको छनोट प्रतियोगितामार्फत् खेलाडीहरु छनोट गरेको छ। आगामी एसियाडमा नेपालको प्रतिनिधित्व गर्ने खेलाडीमा पुरुषतर्फ अरहन्त केशर सिंह, अमृत थापा मगर र अमिर ब्लोन तथा महिलातर्फ विपना ब्लोन, वृmष्णा थापा र स्वस्थानी श्रेष्ठ रहेका छन्।
प्रशिक्षकको भूमिकामा हिराबहादुर थापा र मेनेजर संघका अध्यक्ष किशोर महर्जन रहेका छन्। । आगामी एसियाडमा नेपालले स्क्वासतर्फ एकल र टिम इभेन्टमा प्रतिस्पर्धा गर्नेछ।


