काठमाडौं – साफ च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले कुवतेको सामना गर्दैछ। बैंगलोरको श्री कांतिराव रंगशालामा यो खेल भर्खरै सुरु भएको छ।
नेपाली टिमका मुख्य प्रशिक्षक अल्बर्टो भिन्सेन्जो एनीसले किरण चेम्जोङको कप्तानीमा सुरुआती–११ मा अग्रस्थनमा नवयुग श्रेष्ठसँगै मनिष डाँडी र अन्जन विस्टलाई स्थान दिएका छन्।
त्यस्तै, उनले मिडफिल्डमा एरिक विष्ट, पुजन उपरकोटी, लाकेन लिम्बुलाई राखेका छन्। नेपाली टिमको डिफेन्समा अनन्त तामाङसँगै सनिश श्रेष्ठ, रोहित चन्द र विमल पाण्डे रहेका छन्।
नेपाली टोली
किरण चेम्जोङ, अनन्त तामाङ, सनिश श्रेष्ठ, रोहित चन्द, विमल पाण्डे ,एरिक विष्ट, पुजन उपरकोटी, लाकेन लिम्बु, अन्जन विष्ट, मनिष डाँगी, नवयुग श्रेष्ठ
