काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले चालु आव २०७९/८० मा २५ वटा नयाँ पार्क निर्माण गरिएको जिकिर गरेका छन्। बुधबार नगरको नीति सार्वजनिक गर्दै मेयर बालेन्द्रले यस्तो उल्लेख गरेका हुन्।
‘चालु आर्थिक वर्षमा १२३ रोपनी सार्वजनिक जग्गाको संरक्षण भएको छ। यो कार्य निरन्तर चलिरहने छ,’ नीतिमा उल्लेख छ।
सार्वजनिक जग्गा संरक्षण, नयाँ पार्क निर्माण, स्मार्ट सडकबत्ती जडान, फुटपाथ निर्माणलगायतका काम भएको समेत उनले उल्लेख गरेका छन्।
सहरको सुरक्षा र पैदल यात्रीहरुलाई सहजता प्रदान गर्नको लागि महानगरले १७०० वटा स्मार्ट सडकवत्ति जडान गरेको छ। यस्तै ४२ कि.मी. सडक कालोपत्रे, ७ कि.मी. नयाँ ढल निर्माण, १५०० मिटर फुटपाथ निर्माण भएको उल्लेख छ।
सार्वजनिक शौचालयहरू र सामुदायिक विद्यालय भवनहरू निर्माण तथा मर्मत लगायतका पूर्वाधार विकासका कार्यहरू सम्पन्न भएको छ। पैदलयात्रीहरुको सहज आवागमनका लागि फुटपाथको उपयोग सहज र सरल बनाइएको छ।
यस्तो छ महानगरको नीति


