काठमाडौं – १४ औं संस्करणको साफ च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले कुवतसँग ३–१ को हार बेहोरेको छ। बैंगलोरको श्री कांतिराव रंगशालामा भर्खरै सम्पन्न भएको खेलमा नेपालले ३–१ को हार बेहोरेको हो।
नेपाल खेलको पहिलो हाफमा दुई गोलले पछि परेको थियो। दोस्रो हाफमा पनि कुवेतले एक गोल गरेपछि भने नेपाल ३–० ले पछि थियो। तर खेलको ६८ औं मिनेटमा नेपालका अन्जन विष्टले गोल फर्काएर खेललाई ३–१ मा पुर्याएका हुन्।

खेलको २३ औं मिनेटमा कुवेतका कप्तान खालिद हाजिहले हेडरमार्फत गोल गरेर खेलमा अग्रता दिलाएका थिए। उनले फ्रि किकमा आएको बललाई गोलमा परिणत गरेका थिए। त्यस्तै, खेलको ४२ शाबैब अल्खाल्दीले गोल गर्दै ग्रतालाई दोब्बर बनाएका थिए।
यता नेपालले भने गोल गर्न सकेन। नेपाली डिफेन्डरले म्यान मार्किङ गर्न नसकेको कारण नेपालले गोलको सामना गरेको हो।

यता दोस्रो हाफमा नेपालले एक गोल फर्काएको थियो। फरवार्ड अन्जन विस्टले खेलको ६८ औं मिनेटमा निकै सुन्दर गोल फर्काएका थिए। त्ययसअघि कुवेतले पेनाल्टीको अवसर पाएको थियो। मोहम्मद अब्दुल्लाहले खेलको ६५ औं मिनेटमा पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै
खेल सकिएपछि ब्रोडकास्टरसँग कुराकानी गर्दै फरवार्ड अन्जनले खेलको नतिजालाई लिएर असन्तुष्टि व्यक्त गरेका छन्। उलने भने, ‘हामीले जितको लागि खेलेको हो। आजको नतिजाबाट हामीले सन्तोष मान्ने ठाउँ छैन। अर्को खेलमा हामी जितको लागि खेल्नेछौं।’


तस्बिरः एन्फा र एनएसजेएफ


