काठमाडौँ- बुधबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर स्थगित भएको छ। आज दिउँसो १ बजेका लागि निर्धारण गरिएको बैठक संसद् सचिवालयले सूचना जारी गर्दै आगामी चैत ५ गते सम्मका लागि बैठक स्थगित गरेको हो।
‘फागुन १७ गते आज दिनको १ बजे बस्ने गरी निर्धारण गरिएको बैठक विशेष कारणबस स्थगित भई आगामी चैत ५ गते आइतबार दिउँसो १ बजे बस्ने गरी निर्धारण गरिएको छ,’ संसद् सचिवालयका महासचिव डा भरतराज गौतमद्वारा जारी सूचनामा भनिएको छ।
राष्ट्रपति र उपराष्ट्रपति पदको निर्वाचनपछि मात्रै प्रतिनिधि सभाको बैठक बस्नेछ। फागुन २५ गते राष्ट्रपतिको र आगमी चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुने तय भएको छ।
