२०८३ कार्तिक २२ गते शनिवार

चितवनका नवीन श्रेष्ठको कृषि कर्मः पिरोलाई बनाए ‘गुलियो’

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार १८
731365498_1054514384140916_4923080856139454264_n

नारायणगढ। स्वदेशमा सम्भावना नदेखेर रोजगारीको खोजीमा युवा पुस्ता विदेश पलायन भइरहेका बेला चितवनका एक अनुभवी किसानले भने माटोमै पसिना बगाएर आर्थिक समृद्धिको एउटा अब्बल उदाहरण प्रस्तुत गरेका छन्।

खैरहनी नगरपालिका–१०, समानपुरका किसान नवीनकुमार श्रेष्ठले शिक्षा संकायमा स्नातक (बीएडं) उत्तीर्ण गरेपछि सुरु गरेको शिक्षण पेसा त्यागेर व्यावसायिक रूपमा गरेको पिरो खुर्सानीखेतीबाट अहिले वार्षिक लाखौँ रुपैयाँ आम्दानी मात्र गरिरहेका मात्र छैनन्, गाउँका धेरै युवा तथा स्थानीयलाई रोजगारीसमेत दिएका छन्।

दुई दशकभन्दा लामो समयदेखि पुख्र्यौली पेसालाई आधुनिक र व्यवसायीकरण गरेर आर्थिक रूपमा आत्मनिर्भर बनेका श्रेष्ठ यतिबेला जिल्लाकै एक सफल र आदर्श कृषकका रूपमा स्थापित छन्।

केही समय शिक्षक भएर विद्यार्थी पढाउने श्रेष्ठको दैनिकी अहिले निकै फेरिएको छ। जागिरको सीमित तलब र घेराभन्दा आफ्नै खेतको माटोले बढी सन्तुष्टि दिने महसुस भएपछि उनी शिक्षण पेसा छाडेर पूर्ण रूपमा कृषिकर्ममा होमिएका छन्। छ वर्षसम्म शिक्षण पेसामा बिताएका उनी अचेल हातमा कृषि औजार लिएर आफ्नै पिरो खुर्सानीको बगानमा व्यस्त भेटिन्छन्।

विसं २०५६ देखि नै आंशिक रूपमा तरकारीखेतीमा जोडिएका श्रेष्ठले विगत २०७२ सालदेखि भने व्यावसायिक रूपमा पिरो खुर्सानीलाई मुख्य प्राथमिकता दिँद आएका छन्।

उनले अहिले २५ कट्ठा जग्गामा बुलेट र लामो जातका खुर्सानीहरू लगाएका छन्। “पहिले–पहिले यहाँबाट झन्डै २६ किलोमिटर टाढासम्म साइकलमा तरकारी बोकेर बेच्न जानुपथ्र्यो,“ पुराना दिन सम्झिँदै श्रेष्ठ भन्छन्, “तर आजकाल त्यस्तो अवस्था छैन, व्यापारीहरू बारीमै आउँछन् र खेतबाटै खुर्सानी तथा तरकारी बिक्री हुन्छ।”

नेपाली बजारमा भारतीय खुर्सानीको ठूलो दबदबा रहे पनि श्रेष्ठको उत्पादनले बजारमा छुट्टै पहिचान बनाएको छ। भारतीय खुर्सानीको तुलनामा रैथाने उत्पादन ताजा र गुणस्तरीय हुने भएकाले उनको खुर्सानीले बजारमा अन्यको भन्दा बढी मूल्य पाउने गरेको छ।

उनले उत्पादन गरेको खुर्सानी चितवनको नारायणगढ, टाँडी, पर्सादेखि राजधानी काठमाडौँसम्म पुग्ने गर्दछ।

“अरू किसानले यहाँ खासै पिरो खुर्सानी लगाउँदैनन्, त्यसैले मलाई बिक्रीमा कहिल्यै समस्या भएन। कुनै दिन पनि खुर्सानी बिकेन भनेर घरमा थन्क्याएर राख्नुपरेको छैन।”

गत वर्ष बढी भएर बोटमै पाकेको खुर्सानीलाई सुकाएर रातो बनाई झन्डै एक लाख रुपैयाँको त सुकेको खुर्सानी मात्रै बिक्री गरेको उनले बताए। उनका अनुसार यो १२ महिना नै उत्पादन हुने सदाबहार र खेती गर्न सबैभन्दा सजिलो बाली हो।

खुर्सानीखेतीबाट श्रेष्ठले लोभलाग्दो आम्दानी गरिरहेका छन्। गत वर्ष मात्रै उनले २५ कट्ठा जग्गाबाट २३ लाख रुपैयाँबराबरको खुर्सानी बिक्री गरेका थिए। जसमा मल, बीउ, ज्याला लगायतका सबै खर्च कटाएर उनले १२ लाख रुपैयाँ खुदनाफा गरेका थिए।

कृषिबाट उनले आफ्नो आर्थिक अवस्था मात्र सुधारेका छैनन्, स्थानीय तहमा रोजगारी सिर्जना गरेका छन्। उनको कृषि फार्ममा दैनिक १० देखि १२ जना स्थानीयले नियमित रोजगारी पाइरहेका छन्।

श्रेष्ठले वार्षिक रूपमा १० लाखभन्दा बढी रकम त कामदारको ज्यालामै खर्च गर्ने गरे। “परिवार अनि म आफैँ पनि खेतमा खट्छु र गाउँका अन्य दाजुभाइ, दिदीबहिनीलाई पनि काम दिएको छु। उनीहरूले पनि काम पाएका छन्, मलाई पनि फाइदा भएको छ”, उनी भन्छन्।

तरकारीखेतीकै कमाइबाट श्रेष्ठले आफ्नो पुख्र्यौली सम्पत्तिलाई विस्तार गर्दै व्यवसायलाई अझ फराकिलो बनाएका छन्। उनले अहिले कृषकहरूलाई मल–बीउ र परामर्श दिन नवीन एग्रो सेन्टर र राइस एण्ड तोरी मिल सञ्चालन गरिरहेका छन्।

आफू मात्र नभई उनले गाउँका अन्य किसानलाई आइपर्ने समस्या र प्राविधिक सहयोग समेत गर्दै आएका छन्। बुवाआमा, श्रीमती र दुई छोरीसहितको उहाँको छ जनाको परिवार अहिले यही कृषिकर्मको बलियो जगमा खुसीसाथ टिकेको छ।

स्वदेशमा सम्भावना नदेखेर विदेश पलायन हुने युवा पुस्ताका लागि श्रेष्ठ एक प्रेरणाको स्रोत बनेका छन्। आफ्नै माटोलाई माया गरेर पसिना बगाउने हो भने विदेशमा भन्दा बढी आम्दानी र आत्मसम्मान स्वदेशमै पाउन सकिन्छ भन्ने प्रमाणित गर्दै उनी भन्छन्। सही योजना र जाँगर चलाउने हो भने नेपालकै कृषिमा भविष्य निकै उज्यालो छ भन्ने कुरा श्रेष्ठको भनाइले प्रमाणित गर्छ।

प्रकाशित: २०८३ असार १८ गते बिहिबार ०८:१३
प्रतिक्रिया

थप समाचार

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नचल्दा होटल व्यवसायीको अर्बौं लगानी जोखिममा

विमानस्थल सञ्चालनको अनिश्चितताको असर होटल व्यवसायमा मात्र सीमित छैन। बैंकको ऋण तिर्न कठिनाइ, रोजगारीको अनिश्चितता र सुस्ताएको स्थानीय अर्थतन्त्रले समेत यसको मूल्य चुकाइरहेका छन्।

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।

ग्यास उद्योग मर्जरमा आयकर छुट दिन माग, बैंकमार्फत अनुदान दिन उद्योगीको प्रस्ताव

काठमाडौं । नेपाल एल.पि. ग्यास उद्योग संघले ग्यास उद्योगहरू एक–आपसमा गाभ्न (मर्जर) का लागि आयकर छुटको व्यवस्था मिलाइदिन नेपाल आयल निगमसँग माग गरेको छ। आयल निगमले ग्यास बिक्री वितरणलाई सहज बनाउन...

कर छुट नपाए ग्यास उद्योग मर्जरमा जान कठिन हुने उद्योगीको जिकिर

काठमाडौं। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले आयकरमा छुट तथा कानुनी सहजीकरण नहुँदा ग्यास उद्योगहरू मर्जरमा जान कठिन हुने बताएका छन्। सरकारले उद्योगहरूको संख्या घटाएर कारोबार...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना