काठमाडौँः नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ। आज सुन तोलामा ६ हजार २ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुन प्रतितोला २ लाख ७७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार प्रतितोला ४ हजार २७० रुपैयाँमा खरिदबिक्री भएको चाँदी बिहीबार बढेर ४ हजार ४५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।


