२०८३ साउन १३ गते बुधबार

कर्जा विस्तारले किन दोहोरियो आर्थिक संकट? समस्याबाट उकासिन पाँच वर्षसम्म लाग्ने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार १९
loan

काठमाडौं। नेपालमा तीन दशकमा देखिएका अस्वाभाविक कर्जा विस्तार (क्रेडिट बुम) ले अर्थतन्त्रलाई दीर्घकालीन रूपमा फाइदा नपुर्याई वित्तीय र बाह्य क्षेत्रमा जोखिम बढाएको एक अध्ययनले देखाएको छ।

नेपाल राष्ट्र बैंकका कामु निर्देशक वीरेन्द्रबहादुर बुढाद्वारा तयार गरिएको ‘नेपालको क्रेडिट बुम (१९९०–२०२५) को विश्लेषण’ शीर्षकको अध्ययनअनुसार सन् १९९० देखि २०२५ सम्म नेपालले तीनवटा प्रमुख क्रेडिट बुम अनुभव गरेको छ। ती तीनवटै अर्थतन्त्रका लागि लाभदायी बन्न सकेनन्।

अध्ययनका अनुसार पहिलो क्रेडिट बुम सन् १९९४ देखि १९९६ सम्म, दोस्रो सन् २००८ देखि २०१० सम्म र तेस्रो सन् २०२० देखि २०२२ सम्म देखिएको थियो। पहिलो चरण प्रजातन्त्रपछिको आर्थिक उदारीकरणसँग, दोस्रो घरजग्गा क्षेत्रमा बढेको लगानीसँग र तेस्रो कोभिड–१९ महामारीपछि सस्तो ब्याजदर तथा सहज कर्जा प्रवाहसँग जोडिएको अध्ययनमा उल्लेख छ।

अध्ययनले ती तीनवटै क्रेडिट बुमले उत्पादन र आर्थिक गतिविधिमा अपेक्षित योगदान दिन नसकेको निष्कर्ष निकालेको छ। अत्यधिक कर्जा विस्तारका कारण आयात बढ्ने, शोधनान्तर स्थिति कमजोर हुने र विदेशी मुद्रा सञ्चितिमा दबाब पर्ने अवस्था सिर्जना भएको उल्लेख गरिएको छ।

अध्ययनले बैंकिङ प्रणालीबाट भएको तीव्र कर्जा विस्तार र सेयर बजारबीच प्रत्यक्ष सम्बन्ध रहेको देखाएको छ। बैंकहरूले आक्रामक रूपमा कर्जा प्रवाह गरेका अवधिमा सेयर बजारमा तीव्र वृद्धि भएको, तर कर्जा विस्तार घट्नासाथ बजारमा ठूलो गिरावट आएको अध्ययनको निष्कर्ष छ।

सन् २००६–२००८ र सन् २०१९–२०२१ को अवधिमा देखिएको सेयर बजारको उछाल पनि सहज कर्जा प्रवाहसँग सम्बन्धित रहेको अध्ययनले औंल्याएको छ।

उत्पादनभन्दा घरजग्गा र उपभोगमा बढी कर्जा

प्रतिवेदनका अनुसार क्रेडिट बुमका बेला बैंक तथा वित्तीय संस्थाको कर्जा उत्पादनमूलक क्षेत्रभन्दा निर्माण, घरजग्गा, उपभोग र वित्तीय क्षेत्रमा बढी केन्द्रित भएको थियो। त्यसका कारण उत्पादन क्षमता विस्तार हुन नसकेको र आर्थिक वृद्धिमा अपेक्षित सुधार आउन नसकेको अध्ययनमा उल्लेख छ।

अध्ययनले अत्यधिक कर्जा विस्तारका कारण अर्थतन्त्रमा जोखिम बढ्ने र त्यसको प्रभाव हट्न लामो समय लाग्ने देखाएको छ। प्रतिवेदनअनुसार एकपटक आएको क्रेडिट बुमपछि अर्थतन्त्रलाई सामान्य अवस्थामा फर्किन औसतमा करिब पाँच वर्ष लाग्ने गरेको छ। उदाहरणका रूपमा सन् २००९ पछिको वित्तीय दबाबबाट बैंकिङ प्रणाली पूर्ण रूपमा सुधार हुन सन् २०१५ सम्म लागेको उल्लेख गरिएको छ।

अध्ययनले नेपालजस्तो भारतीय रुपैयाँसँग स्थिर विनिमय दर (पेग) कायम भएको अर्थतन्त्रमा अत्यधिक कर्जा विस्तारले आयात बढाउने र विदेशी मुद्रा सञ्चितिमा दबाब सिर्जना गर्ने भएकाले नेपाल राष्ट्र बैंकले समयमै मौद्रिक नीतिमार्फत आवश्यक कडाइ गर्नुपर्ने सुझाव दिएको छ।

त्यस्तै, कर्जा विस्तार अस्वाभाविक रूपमा बढ्नुअघि नै कर्जा निक्षेप अनुपात (सीडी रेसियो), जोखिम भारलगायतका म्याक्रो–प्रुडेन्सियल उपाय प्रभावकारी रूपमा प्रयोग गर्नुपर्ने अध्ययनको सुझाव छ।

अध्ययनले सस्तो ब्याजदर र सहज कर्जा प्रवाह सधैं अर्थतन्त्रका लागि लाभदायी नहुने उल्लेख गर्दै कर्जा विस्तारको गुणस्तर र त्यसको उपयोगमा विशेष ध्यान दिनुपर्ने निष्कर्ष निकालेको छ।

प्रकाशित: २०८३ असार १९ गते शुक्रबार ०५:४३
प्रतिक्रिया

थप समाचार

बैंकिङ कसुर मुद्दामा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत रश्मी पन्त पक्राउ

काठमाडौँः बैंकिङ कसुरसम्बन्धी मुद्दामा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत (सीबीओ) रश्मी पन्त पक्राउ परेकी छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कर्जा प्रवाहमा भएको अनियमिततासम्बन्धी...

तरलता प्रशोचनवापत राष्ट्र बैंकले तिर्‍यो २१ अर्ब बढी ब्याज, अधिक तरलता व्यवस्थापनमै ठूलो खर्च

गत आर्थिक वर्षमा निक्षेप संकलन बोलकबोलमार्फत बैंक तथा वित्तीय संस्थालाई १३ अर्ब ३० करोड ७९ लाख ५० हजार १७३ रुपैयाँ ब्याज भुक्तानी गरिएको छ।

बैंकिङ प्रणालीमा अधिक तरलता कायमै, राष्ट्र बैंकले आज ३० अर्ब रुपैयाँ खिच्दै

काठमाडौँः बैंकिङ प्रणालीमा अधिक तरलता कायम रहेपछि नेपाल राष्ट्र बैंकले बजारबाट थप ३० अर्ब रुपैयाँ उठाउने भएको छ। राष्ट्र बैंकले निक्षेप संकलन उपकरण मार्फत २ महिनाका लागि उक्त रकम बोलकबोल...

घर बनाउँदै हुनुहुन्छ? नबिल बैंकले ल्यायो लचिलो आवास कर्जा योजना

काठमाडौँ: घर निर्माण वा घर खरिद गर्ने योजना बनाइरहेका ग्राहकलाई लक्षित गर्दै नबिल बैंकले ‘नबिल हाउजिङ लोन’ योजना प्रवर्द्धन गरेको छ। बैंकले आफ्ना ग्राहकलाई आवश्यकताअनुसार लचिलो वित्तीय सुविधा...

चालू वर्षमा पनि बैंकहरूले ‘क्यापिटल बफर’का लागि थप पुँजी राख्नु नपर्ने!

बैंकहरुले काउन्टर साइक्लिकल बफर (सीसीबी) का लागि थप पुँजी छुट्याउन नपर्ने भएको छ। नेपाल राष्ट्र बैंकले बैंकहरूको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक भएपछि यससम्बन्धी अन्तिम निर्णय गर्ने...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना