२०८३ कार्तिक २२ गते शनिवार

जालपादेवी मन्दिरमा ढकालले गरे क्षमा पूजा, केबलकार दुई महिनाभित्र सञ्चालनमा आउने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार १९
dhakal_puja

काठमाडौं। कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष क्षमा पूजाअर्चना गरिएको छ। नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष तथा जालपादेवी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले शुक्रबार बिहान नवनिर्मित मन्दिरमा आयोजित विशेष धार्मिक अनुष्ठानका बीच क्षमा पूजाअर्चना गरेका छन्।

केबलकारको टप स्टेसन र बटम स्टेसनमा निर्माणहुने भौतिक संरचनाहरु पनि द्रूत गतिमा निर्माण भइरहेको कम्पनीले जनाएको छ।

आइएमई समूहको मुख्य लगानीमा निर्माणाधीन सो केबलकार परियोजनालाई आगामी दुई महिनाभित्रै व्यावसायिक रूपमा सञ्चालनमा ल्याउने तयारी गरिएको छ।
कम्पनीले निर्माण कार्य अन्तिम चरणमा पुगेकाले निर्धारित समयमै परियोजना सम्पन्न हुने दाबी गरेको छ।

विभिन्न चरणमा गरी ६ अर्ब रुपैयाँ लागत अनुमान गरिएको यस परियोजनाको पोल ठड्याउने, बटम तथा टप स्टेशन निर्माणलगायतका भौतिक पूर्वाधारको काम अन्तिम चरणमा पुगेको छ। यसलगत्तै मुख्य प्राविधिक प्रक्रिया अन्तर्गत तार तान्ने र गोण्डोलाहरू जडान गर्ने कार्य अघि बढ्नेछ।

कैलालीको लम्कीचुहा नगरपालिका–३ स्थित चिसापानी देखि मोहन्याल गाउँपालिका–७ राजकाँडा सम्म ३.१ किलोमिटर लामो केबलकार परियोजनाको तल्लो (बटम) स्टेसनमा पाँचतारे होटल, क्यासिनो र ब्यांक्वेट हललगायत अन्य संरचनाहरु निर्माण भइरहेका छन् भने माथिल्लो (टप) स्टेसनमा रिसोर्ट, मन्दिर, स्काई वाक, वाकिङ ट्रेल (पदमार्ग), रेष्टुरेन्ट तथा बाल उद्यानलगायतका पर्यटकीय पूर्वाधार विकास भइरहेका छन्।

सुदूरपश्चिमको समृद्धिको आधार

नेपालकै लामो कर्णाली नदी र चिसापानी पुलको मनोरम भूगोलसँगै निर्माण भइरहेको यस परियोजनालाई सुदूरपश्चिम प्रदेशको आर्थिक र पर्यटकीय विकासको ‘जग’ का रूपमा हेरिएको छ।

केबलकार सञ्चालनमा आएपछि यस क्षेत्रमा होटल, यातायात, कृषि, व्यापार र सेवा क्षेत्रले प्रत्यक्ष लाभ पाउने र रोजगारीको नयाँ ढोका खुल्ने विश्वास स्थानीय उद्योगी व्यवसायीहरूको छ।

मूर्तिको पदस्थापना कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले निजी क्षेत्रले निर्माण गर्ने आयोजनाहरू निर्धारित समय, लागत र गुणस्तरमा नै पूरा गर्ने क्षमता प्रमाणित गर्दै आएको उल्लेख गरे।

“हामीले करिब १२ महिना पहिले यस जालपादेवी केबलकार आयोजनाको निर्माण सुरु गरेका थियौँ,” ढकालले भने, “धार्मिक आस्थाको केन्द्र मानिएको मन्दिरमा मूर्तिको पदस्थापना गरिएसँगै यो आयोजना पनि हामी निर्धारित समयमै सञ्चालनमा ल्याउँदैछौँ।”

अध्यक्ष ढकालले नेपालको बहुआयामिक आर्थिक रूपान्तरणका लागि पर्यटन पूर्वाधारमा लगानी विस्तार गर्नु अनिवार्य रहेको बताए। पर्यटन पूर्वाधारमा लगानी बढाउन सके मात्र पर्यटकको बसाइ लम्ब्याउन, विदेशी मुद्रा आर्जन गर्न र रोजगारी सिर्जना गर्न सकिने उहाँको भनाइ थियो।

देशका सातै प्रदेशमा यस्ता ठूला पर्यटकीय पूर्वाधार निर्माण गर्ने आफ्नो दीर्घकालीन लक्ष्य रहेको उहाँले स्पष्ट पारे।
यस आयोजनालाई सुदूरपश्चिमकै लागि एक ऐतिहासिक अवसरका रूपमा लिनुपर्ने स्थानीय व्यवसायीहरूले बताएका छन्।

केबलकार तथा अन्य पूर्वाधारको विकाससँगै स्थानीय स्तरमा रोजगारी सृजना हुने, आर्थिक गतिविधि विस्तार हुने र यो क्षेत्रको महिमा बढ्ने भन्दै स्थानीय समुदायमा ठूलो उत्साह थपिएको छ।
केबलकारले तराईको अत्यधिक गर्मीबाट जोगिन चाहनेका लागि राजकाँडालाई एक उत्कृष्ट ‘हिल स्टेसन’ का रूपमा स्थापित गर्ने स्थानीयहरुको विश्वास छ।

भारतीय पर्यटकका लागि मुख्य आकर्षण

भारतीय सीमानाकाहरू कञ्चनपुरको गड्डाचौकी, कैलालीको गौरीफन्टा र बाँकेको रुपैडिहाबाट सहज सडक पहुँचमा रहेको यो आयोजनाले आन्तरिक पर्यटन प्रवद्र्धनमा उल्लेख्य योगदान पुर्‍याउनुका साथै अन्तरदेशीय पर्यटनका लागि समेत कोशढुङ्गा सावित हुने देखिएको छ।

भारतका उत्तराखण्ड र उत्तर प्रदेश जस्ता ठूला राज्यका दिल्ली, लखनऊ, बरेली र देहरादुन जस्ता सहरहरूबाट सडकमार्ग हुँदै केही घण्टामै यहाँ पुग्न सकिने र भारतीय सीमाबाट दुई घण्टाको ड्राइभमा सजिलै पुगिने भएकाले कर्णाली चिसापानी घुम्न आउने भारतीय पर्यटकका लागि यो केबलकार मुख्य आकर्षण बन्ने विश्वास लिइएको छ।

प्रकाशित: २०८३ असार १९ गते शुक्रबार ०६:५५
प्रतिक्रिया

थप समाचार

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नचल्दा होटल व्यवसायीको अर्बौं लगानी जोखिममा

विमानस्थल सञ्चालनको अनिश्चितताको असर होटल व्यवसायमा मात्र सीमित छैन। बैंकको ऋण तिर्न कठिनाइ, रोजगारीको अनिश्चितता र सुस्ताएको स्थानीय अर्थतन्त्रले समेत यसको मूल्य चुकाइरहेका छन्।

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।

ग्यास उद्योग मर्जरमा आयकर छुट दिन माग, बैंकमार्फत अनुदान दिन उद्योगीको प्रस्ताव

काठमाडौं । नेपाल एल.पि. ग्यास उद्योग संघले ग्यास उद्योगहरू एक–आपसमा गाभ्न (मर्जर) का लागि आयकर छुटको व्यवस्था मिलाइदिन नेपाल आयल निगमसँग माग गरेको छ। आयल निगमले ग्यास बिक्री वितरणलाई सहज बनाउन...

कर छुट नपाए ग्यास उद्योग मर्जरमा जान कठिन हुने उद्योगीको जिकिर

काठमाडौं। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले आयकरमा छुट तथा कानुनी सहजीकरण नहुँदा ग्यास उद्योगहरू मर्जरमा जान कठिन हुने बताएका छन्। सरकारले उद्योगहरूको संख्या घटाएर कारोबार...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना