काठमाडौं- भारतका बैंगलोरमा जारी १४औं संस्करणको साफ च्याम्पियनसिपको पहिलो दिनको खेलमा भारतले पाकिस्तानविरुद्ध सानदार जित निकालेको छ। बैंगलोरमा भर्खरै सम्पन्न भएको खेलमा भारतले समूह बी को पहिलो खेलमा नै ४-० को जित निकालेको छ।
खेलमा फरवार्ड सुनील क्षेत्रीले ह्याट्रिक गरेपछि भारतले पाकिस्तानलाई सजिलै हराएको हो। फिफाको प्रतिबन्धका कारण १५ वर्षपछि साफको प्रतियोगितामा फर्किएको पाकिस्तानले खेलमा गोल गर्न सकेन।
पाकिस्तानले केही राम्रो व्यक्तिगत कौशल भएका युरोपमा खेलिरहेका खेलाडीलाई देशमा बोलाएर टिम बनाएको थियो। यद्यपि उनीहरु गोल गर्न भने सफल हुन सकेनन्।
भारतल भने खेलको १५ औं मिनेटमै अग्रता बनायो। पाकिस्तानी गोलकिपरको गल्तीको फाइदा उठाउँदै खेलको १० औं मिनेटमै सुनिलले अग्रता बनाएका थिए।
खेलको १६ औं मिनेटमै अग्रता दोब्बर बनाए। आफैंमाथि पेनाल्टी बक्समा फल भएपछि रेफ्री प्रज्ज्वल क्षेत्रीले भारतलाई पेनाल्टी दिएका थिए। सोही पेनाल्टीबाट सुनीलले व्यक्तिगत दोस्रो गोल गरे।
सुनीलले पेनाल्टीबाट नै ह्याट्रिक पूरा गरे। बल लिएर अघि बढिरेको अवस्थामा बक्सभित्र पाकिस्तानी डिफेन्डरले लाडाएपछि भारतले अर्को पेनाल्टी पाएको थियो। त्यसको फाइदा उठाउँदै सुनिलले ७४ औं मिनेटमा ह्याट्रिक पूरा गरे।
भारत त्यतिमै रोकिएन। खेलको ८१ औं मिनेटमा उदान्त कुमामले गोल गर्दै भारतलाई ४-० को जित दिलाएका थिए। यो जितसँगै भारतले समूह बी मा तीन अंक बनाएको छ।
बुधबारै भएको अर्को खेलमा भने नेपालले कुवेतसँग ३-१ को हार व्यहोरेको थियो।
