काठमाडौँ: फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा इंग्ल्यान्डले मेक्सिकोलाई ३–२ गोलले पराजित गरेको छ। सोमबार सम्पन्न खेलमा मेक्सिकोलाई ३–२ गोलले हराउँदै इंग्ल्यान्ड विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको हो।
इंग्ल्यान्डका जुड बेलिङहमले खेलको ३६ औं र ३८ औँ मिनेटमा गोल गर्दै टिमलाई २–० को अग्रता दिलाए। क्विन्योनेसका युलियन क्विन्योनेसले खेलको ४२ औं मिनेटमा गोल गर्दै घरेलु टोली मेक्सिकोलाई १–२ को स्थितीमा ल्याए।
५४ औं मिनेटमा जारेल क्वान्साले रातो कार्ड खाँदै बाहिरिएपछि इंग्ल्यान्ड १० खेलाडीमा समेटियो। खेलको ६० औँ मिनेटमा ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दै इंग्ल्यान्डलाई ३–१ ले बनाए।
त्यसपछि ६९ औं मिनेटमा राउल जिमिनेजले पेनाल्टीमार्फत गोल गर्दै मेक्सिकोलाई २–३ को बनाएका थिए। त्यसपछि दुबै टिमले गोल गर्न सकेन। अन्ततः इंग्ल्यान्ड विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश गर्यो।
मेक्सिको विश्वकपबाट बाहिरिएको छ।


