काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत प्राप्त गरेका छन्।
आफूलाई विश्वासको मत प्राप्त होस् भनी प्रधानमन्त्रीले पेस गरेको प्रस्तावको पक्षमा १७२ मत र विपक्षमा ८९ मत परेको थियो। उक्त प्रस्तावमा एक जना सांसदले भने मत दिएनन्। आजको बैठकमा जम्मा १६२ जना सांसद उपस्थित थिए।
प्रधानमन्त्री दाहाललाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाका सांसद र स्वतन्त्र सांसदहरु प्रभु साह, अमरेशकुमार सिंहलगायतले विश्वासको मत दिए।
नेकपा एमाले, राप्रपा र नेपाल मजदुर किसान पार्टीका सांसदले प्रधानमन्त्रीको विश्वासको मतको विपक्षमा मतदान गरे।
यसअघि पुस २६ गते पनि प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिएका थिए।


