२०८३ साउन ११ गते सोमबार

लयमा फर्किँदै चन्द्रागिरी हिल्स, ९ महिनाको व्यापार साढे ४५ करोड

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार २४
chandragiri_cable_car

काठमाडौँ: चन्द्रागिरी हिल्स लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा ४५ करोड ६० लाख रुपैयाँ बराबरको सञ्चालन आम्दानी (व्यापार) गरेको छ।

गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका कारण कम्पनीको भौतिक संरचनामा ठूलो क्षति पुगी करिब तीन महिना केबलकार सेवा ठप्प भएता पनि कम्पनीको व्यापारिक प्रदर्शन सन्तोषजनक देखिएको छ। यसअघि आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको आम्दानी एक अर्ब रुपैयाँ पुगेको थियो भने २०८१/८२ मा ९० करोड २० लाख रुपैयाँ रहेको थियो।

संरचना पुनर्निर्माणमा समय लागेका कारण र व्यवसायमा आएको अवरोधले गर्दा चालु आर्थिक वर्षको ९ महिनामा कम्पनी ९० लाख रुपैयाँ खुद नोक्सानीमा रहेको छ। गत आर्थिक वर्ष २०८१/८२ मा १८ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीको मुनाफामा आन्दोलनपछिको अवरोधले प्रत्यक्ष असर पारेको देखिन्छ।

केबलकार अवरुद्ध हुँदा कम्पनीको रिसोर्ट व्यवसायमा समेत नकारात्मक प्रभाव परेको छ। अघिल्लो वर्ष ३६ प्रतिशत रहेको रिसोर्टको कोठा उपयोग दर (अकुपेन्सी) यस अवधिमा घटेर २२ प्रतिशतमा झरेको छ।

कम्पनीको वित्तीय अवस्थालाई ध्यानमा राख्दै इक्रा नेपालले चन्द्रागिरी हिल्सको जारीकर्ता रेटिङलाई आईसीआरएएनपी–आईआर बीबी प्लसमा पुनः पुष्टि गरेको छ। साथै, यसअघि राखिएको नकारात्मक प्रभावसहित निगरानीको सूचीबाट पनि कम्पनीलाई हटाइएको छ। केबलकार सञ्चालन पुनः सुचारु हुनु र ऋण भुक्तानीको तालिकासम्बन्धी व्यवस्थापन हुनुले कम्पनीको वित्तीय जोखिम कम भएको इक्रा नेपालको विश्लेषण छ। हाल कम्पनीको दीर्घकालीन ऋण सीमा २ अर्ब ४ करोड ४० लाख रुपैयाँ कायम गरिएको छ।

कम्पनीले आफ्नो वित्तीय भार कम गर्न र ऋण घटाउनका लागि शतप्रतिशत (१ः१) हकप्रद शेयर जारी गर्ने प्रस्ताव अघि सारेको छ। यसबाट प्राप्त हुने रकम मुख्य रूपमा बैंकको ऋण भुक्तानीमा प्रयोग गरिनेछ, जसले आगामी दिनमा कम्पनीको पूँजीगत संरचनालाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

सन् २००९ मा स्थापना भएको यस कम्पनीको मुख्य नेतृत्वमा आईएमई समूह आबद्ध रहेको छ। कम्पनीको सबैभन्दा ठूलो सेयरधनी हेमराज ढकाल रहेका छन्। कम्पनीमा उनको १९.२ प्रतिशत शेयर रहेको छ भने अन्य मुख्य लगानीकर्ताहरूमा चन्द्रप्रसाद ढकाल, उत्तमकुमार नेपाल, अम्बिका प्रसाद पौडेल, र भाटभटेनी सुपरमार्केट लगायत रहेका छन्। पछिल्लो समय कम्पनीले केबलकारका साथै साहसिक पर्यटन र रिसोर्ट सेवालाई विविधीकरण गर्दै आफ्नो ब्रान्ड इमेजलाई सशक्त बनाउँदै लगेको छ।

प्रकाशित: २०८३ असार २४ गते बुधबार १२:०७
प्रतिक्रिया

थप समाचार

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।

बुद्ध एयरले थप्यो अत्याधुनिक एटीआर–७२–६०० जहाज, अर्को महिनादेखि उडानमा ल्याइने

कम्पनीले शनिबार फ्रान्सको तुलुसबाट उक्त जहाज नेपाल भित्र्याएको हो।

बागमतीका १३ वटै जिल्लाका उद्योग प्रशासन डिजिटल प्रणालीमा

हेटौँडा: बागमती प्रदेश सरकारले बागमती प्रदेशका १३ वटै जिल्लाको उद्योग प्रशासन सेवा डिजिटल प्रणाली (अनलाइन सेवा) मा सञ्चालन गर्ने तयारी गरेको छ। उद्योग तथा वाणिज्य कार्यालय मकवानपुरबाट उद्योग...

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
sebon adakshya
शेयर बजार

सेबोनमा अड्किए १०४ कम्पनीका आईपीओ, छैन अनुमति दिने छाँटकाँट

हाल विभिन्न क्षेत्रका १०४ वटा कम्पनी आईपीओ निष्कासनको स्वीकृतिको प्रतीक्षामा छन्। पाइपलाइनमा रहेका कतिपय कम्पनीले तीन वर्षभन्दा लामो समयदेखि अनुमति पाउन सकेका छैनन्।
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
oil
उद्योग

नेपालबाट खानेतेल आयात रोक्न भारतीय उद्योगीको दबाब, उद्योग संकटमा परेको दावी

सन् २०२५ मा नेपालबाट भन्साररहित खाद्य तेलको आयात ५४८ प्रतिशत बढेको जिकिर गर्दै एसोसियसनले तत्काल कदम चाल्न सरकारसँग माग गरेको हो। एसोसियसनका अनुसार, अघिल्लो वर्षको तुलनामा नेपालबाट खानेतेल...
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
fifa_cup
खेलकुद

विश्वकप टिम बढाएर ६४ पु्र्‍याउने फिफाको तयारी, फुटबल उद्योग ध्वस्त पार्न लागेको आरोप

फिफाले ४८ टोलीलाई परीक्षणको रुपमा लिएको जानकारी दिएका बेला आगामी चार वर्षपछि हुने विश्वकपमा ६४ मुलुक पुर्याउने चर्चा चलेपछि यसको विरोध सुरु भएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना