काठमाडौँ: सरकारले गोविन्दबहादुर कार्कीलाई मुख्य सचिव पदमा नियुक्त गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कार्कीलाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
उनले भने,‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्ति गर्ने निर्णय भएको छ ।’
हाल मुख्यसचिव रहेका सुमनराज अर्याल आगामी असार २६ गतेबाट ५८ वर्षे उमेरहदका कारण अनिवार्य अवकाशमा जाँदैछन्। अर्याल अवकाशमा जाने भएपछि कार्कीलाई सरकारले मुख्यसचिव नियुक्त गरेको हो।
मुख्यसचिव नियुक्त भएका कार्की २ वर्षअघि मात्रै सचिवमा बढुवा भएका थिए।
यस्तै शैक्षिक परामर्ष भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन र व्यवस्थापन नियमावली २०८३ स्वीकृत गर्ने पनि निर्णय मन्त्रिपरिषद्ले गरेको छ।




