२०८३ साउन ११ गते सोमबार

जीवन थापाको कृषि कर्म, एक हजार किलो कफी जापान निर्यात,२५ लाख आम्दानी गर्ने लक्ष्य

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार २६
kishan

भोजपुर। षडानन्द नगरपालिका–१ नेपालडाँडा थापाथलीका जीवन थापाले गाउँमा फर्फिएर करोडौँ लगानीसहित व्यावसायिक कृषि पेसाबाट मनग्ये आम्दानी गरेका छन्।

काठमाडौँमा अधिवक्ताको पेसालाई छाडेर उनले गाउँमा ‘पद्मा, कोपिला बहुउद्देश्यीय अर्गानिक कफी उद्योग’ दर्ता गरेर कृषि उद्यम सञ्चालन गरेका छन्।

करिब सात वर्षअघि सुरु गरिएको उनको कृषि यात्रा अहिले उदाहरणीय बन्दै गएको छ। उनले दुई करोड ५० लाख रुपैयाँ लगानी गरी ६५ रोपनी क्षेत्रफलमा बहुउद्देश्यीय खेती विस्तार गरेको बताए।

योजनाबद्ध रूपमा विविध बालीको संयोजन गर्दै उनले सात हजार बोट कफी, दुई हजार मेकाडेमिया नट, २५० बोट एभोकार्डो, ३०० बोट कागती, ५० बोट जापानिज उन्सु सुन्तला तथा १०० बोट टिमुर रोपेका छन्। यी बालीहरूबाट दीर्घकालीन आम्दानी लिन सकिने विश्वासका साथ उहाँले खेती विस्तार गरेको बताए।

“गाउँमै धेरै सम्भावना रहेछ। त्यसलाई पहिचान गरेर लगानी गर्नुपर्छ भन्ने लाग्यो”, उनले भने, “सुरुआतमा चुनौती धेरै भए पनि विस्तारै अनुभवसँगै काम अघि बढाउन सहज हुँदै गएको छ।”

कृषि उत्पादनलाई व्यवस्थित र गुणस्तरीय बनाउन उनले आफ्नै लगानीमा करिब १५ लाख खर्चेर चिस्यान केन्द्र निर्माण गरेका छन्। यसले उत्पादन भण्डारण र गुणस्तर जोगाउन महत्वपूर्ण भूमिका खेलेको छ।

उत्पादनलाई बजारसम्म पुर्याउन सहज होस् भनेर ढुवानीका लागि सवारी साधनको व्यवस्था पनि गरेका छन्। उनको फार्ममा हाल तीन जना कर्मचारीले नियमित रोजगारी पाइरहेका छन्, यसले ग्रामीण क्षेत्रमा रोजगारी सिर्जनामासमेत योगदान पुगेको देखिन्छ।

उनले उत्पादन गर्नुभएको कफी अहिले अन्तरर्राष्ट्रिय बजारसम्म पुग्न थालेको छ। यस वर्ष मात्रै उनले एक हजार केजी कफी जापान निर्यात गरेका छन्। जसको मूल्य प्रतिकेजी १२ डलर रहेको छ। “विदेशी बजारबाट राम्रो प्रतिक्रिया पाइरहेका छौँ”, उनले भने, “तर उत्पादनले बजारको माग धान्न अझै कठिन भइरहेको छ।”

स्थानीय बजारमा प्रशोधित कफी प्रतिकेजी करिब तीन हजारमा बिक्री गर्दै हुँदै आएको छ। कफीको माग निरन्तर बढिरहेको भए पनि उत्पादन विस्तार गर्न थप लगानी, प्राविधिक सहयोग र दक्ष जनशक्ति आवश्यक रहेको उनले अनुभव सुनाए। कृषि क्षेत्रमा सरकारी निकायबाट प्राविधिक सहयोग र बजार व्यवस्थापनमा थप सहजीकरण आवश्यक रहेको उनको भनाई छ।

हाल उहाँको फार्मबाट वार्षिक पाँचदेखि सात लाख रुपैयाँसम्म आम्दानी भइरहेको छ। आगामी केही वर्षभित्र सबै बोटहरूले पूर्ण रूपमा उत्पादन दिन थालेपछि वार्षिक २० देखि २५ लाख रुपैयाँसम्म आम्दानी गर्ने लक्ष्य राखेको उनले बताए। “अहिले लगानीको चरणमा छु”, उनले भने, “केही वर्षपछि राम्रो प्रतिफल आउने अपेक्षा राखेको छु।”

काठमाडौँमा आफ्नै घर हुँदाहुँदै गाउँ फर्किएर कृषिमा लाग्ने निर्णयबारे उनले आत्मनिर्भरता र गाउँमै अवसर सिर्जना गर्ने उद्देश्य रहेको बताए। “युवाहरू विदेश जाने क्रम बढ्दो छ”, उनले भने, “तर गाउँमै पनि राम्रो सम्भावना छ भन्ने देखाउन चाहेको हुँ।”

जीवन थापाको यो यात्रा केवल व्यक्तिगत सफलताको कथा मात्र नभई गाउँ फर्केर केही गर्न चाहने युवाका लागि प्रेरणाको स्रोत बनेको छ। गाउँमै सम्भावना खोज्ने र त्यसलाई व्यवहारमा उतार्ने हो भने कृषिबाट पनि सम्मानजनक आम्दानी लिन सकिन्छ भन्ने उदाहरण उनले प्रस्तुत गरेका छन्।

उमेरले ७१ वर्ष पुगेका थापा कृषिमा लगानी, लगनशीलता र दूरदृष्टिको उदाहरणीय व्यक्तित्व भएका छन्।

प्रकाशित: २०८३ असार २६ गते शुक्रबार ०९:१७
प्रतिक्रिया

थप समाचार

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।

बुद्ध एयरले थप्यो अत्याधुनिक एटीआर–७२–६०० जहाज, अर्को महिनादेखि उडानमा ल्याइने

कम्पनीले शनिबार फ्रान्सको तुलुसबाट उक्त जहाज नेपाल भित्र्याएको हो।

बागमतीका १३ वटै जिल्लाका उद्योग प्रशासन डिजिटल प्रणालीमा

हेटौँडा: बागमती प्रदेश सरकारले बागमती प्रदेशका १३ वटै जिल्लाको उद्योग प्रशासन सेवा डिजिटल प्रणाली (अनलाइन सेवा) मा सञ्चालन गर्ने तयारी गरेको छ। उद्योग तथा वाणिज्य कार्यालय मकवानपुरबाट उद्योग...

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
sebon adakshya
शेयर बजार

सेबोनमा अड्किए १०४ कम्पनीका आईपीओ, छैन अनुमति दिने छाँटकाँट

हाल विभिन्न क्षेत्रका १०४ वटा कम्पनी आईपीओ निष्कासनको स्वीकृतिको प्रतीक्षामा छन्। पाइपलाइनमा रहेका कतिपय कम्पनीले तीन वर्षभन्दा लामो समयदेखि अनुमति पाउन सकेका छैनन्।
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
oil
उद्योग

नेपालबाट खानेतेल आयात रोक्न भारतीय उद्योगीको दबाब, उद्योग संकटमा परेको दावी

सन् २०२५ मा नेपालबाट भन्साररहित खाद्य तेलको आयात ५४८ प्रतिशत बढेको जिकिर गर्दै एसोसियसनले तत्काल कदम चाल्न सरकारसँग माग गरेको हो। एसोसियसनका अनुसार, अघिल्लो वर्षको तुलनामा नेपालबाट खानेतेल...
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
fifa_cup
खेलकुद

विश्वकप टिम बढाएर ६४ पु्र्‍याउने फिफाको तयारी, फुटबल उद्योग ध्वस्त पार्न लागेको आरोप

फिफाले ४८ टोलीलाई परीक्षणको रुपमा लिएको जानकारी दिएका बेला आगामी चार वर्षपछि हुने विश्वकपमा ६४ मुलुक पुर्याउने चर्चा चलेपछि यसको विरोध सुरु भएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना