२०८३ कार्तिक २२ गते शनिवार

नेपालमा लगानी विस्तार गर्न यूएईका लगानीकर्तालाई ढकालको आग्रह

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार २६
745522226_1766570874521410_8235350396982851052_n

काठमाडौँ: नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई) का निवर्तमान अध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (यूएई) का लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह गर्दै अहिले नेपालमा लगानीका लागि उपयुक्त समय भएको बताएका छन्।

यूएईका विदेश व्यापार मन्त्री डा. थानी अहमद अल जेयौदी नेतृत्वको सरकारी तथा निजी क्षेत्रको उच्चस्तरीय प्रतिनिधिमण्डलको सम्मानमा चन्द्रागिरिमा आयोजित रात्रिभोज कार्यक्रममा बोल्दै उहाँले नेपाल–यूएई सम्बन्धलाई अब श्रम र विप्रेषणमा मात्र सीमित नराखी व्यापार, लगानी, नवप्रवर्तन, उद्यमशीलता तथा संयुक्त लगानीतर्फ केन्द्रित गर्नुपर्नेमा जोड दिए।

उनले पाँच दशकको अवधिमा यूएईले व्यापार, लगानी, वित्त, पर्यटन, नवप्रवर्तन तथा प्रविधिका क्षेत्रमा हासिल गरेको उल्लेखनीय उपलब्धि दूरदर्शी नेतृत्व, खुला आर्थिक नीति तथा लगानीमैत्री वातावरणको परिणाम भएको उल्लेख गर्दै त्यसबाट नेपालले धेरै कुरा सिक्न सक्ने बताए।

आगामी सन् २०२७ मा नेपाल–यूएईबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा हुने उल्लेख गर्दै ढकालले यो ऐतिहासिक अवसरलाई दुई देशबीचको आर्थिक साझेदारीलाई थप उचाइमा पुर्‍याउने अवसरका रूपमा उपयोग गर्नुपर्ने धारणा राखे।

उनले नेपाल र यूएईबीच द्विपक्षीय लगानी सम्झौता (बिआइए), दोहोरो कर मुक्ती सम्झौता (डिटिएए) तथा व्यापक आर्थिक साझेदारी सम्झौता (सिइपिए) सम्बन्धी छलफल सकारात्मक रूपमा अघि बढिरहेको उल्लेख गर्दै ती सम्झौताहरू निकट भविष्यमा निष्कर्षमा पुग्ने विश्वास व्यक्त गरे। ती सम्झौताले लगानीकर्ताको विश्वास अभिवृद्धि गर्नुका साथै नेपालमा थप लगानीमैत्री वातावरण निर्माण गर्ने, निजी क्षेत्रबीचको सहकार्य विस्तार गर्ने तथा दुई देशबीच व्यापार र लगानीलाई नयाँ उचाइमा पुर्‍याउने उनको भनाइ थियो।

नेपालमा जलविद्युत्, पर्यटन, डिजिटल भुक्तानी, वित्तीय प्रविधि तथा सहरी पूर्वाधार, कृषि, उत्पादनमूलक उद्योग, औद्योगिक विकास तथा आपूर्ति शृङ्खलासम्बन्धी सेवाका क्षेत्रमा उल्लेखनीय लगानीका अवसर रहेको उल्लेख गर्दै उनले यूएईको प्रविधि, अनुभव र लगानी क्षमताले नेपालका विकास प्राथमिकतासँग उत्कृष्ट रूपमा मेल खाने बताए।

नेपालसँग अपार सम्भावना रहेको र यूएईसँग विश्वस्तरीय अनुभव, प्रविधि तथा लगानी क्षमता रहेको उल्लेख गर्दै उनले पर्यटन, जलविद्युत्, पूर्वाधार, उत्पादनमूलक उद्योग तथा अन्य सम्भावनायुक्त क्षेत्रमा संयुक्त लगानीमार्फत विश्वस्तरीय परियोजना विकास गर्न सकिने बताए। त्यसबाट रोजगारी सिर्जना, आर्थिक गतिविधि विस्तार तथा दुवै देशको साझा समृद्धिमा योगदान पुग्ने उनको विश्वास थियो।

आईएमई ग्रुपले बैंकिङ, विप्रेषण तथा डिजिटल भुक्तानी सेवामार्फत यूएईका विभिन्न वित्तीय संस्थासँग लामो समयदेखि सहकार्य गर्दै आएको उल्लेख गर्दै उहाँले आगामी चरणमा पर्यटन पूर्वाधार, केबलकार, स्तरीय पर्यटकीय पूवार्धार, जलविद्युत् तथा एकीकृत मनोरञ्जन पूर्वाधारमा समेत संयुक्त लगानी विस्तार गर्न सकिने बताए।

एफएनसीसीआईको अध्यक्ष रहँदा कोप–२८ का अवसरमा दुबईमा नेपाल–यूएई व्यापार सम्मेलन आयोजना गरिएको तथा विश्व सरकार सम्मेलनमा दुई पटक सहभागिता जनाउने अवसर प्राप्त भएको स्मरण गर्दै उनले ती अनुभवले यूएईले नेपाललाई सम्भावनायुक्त लगानी गन्तव्यका रूपमा हेरेको विश्वास अझ सुदृढ भएको बताए।

‘नेपाल तयार छ। अहिले नेपालमा लगानी गर्ने उपयुक्त समय हो,’ भन्दै उनले दुवै देशका निजी क्षेत्रबीच लगानी, नवप्रवर्तन र उद्यमशीलतामार्फत आर्थिक साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउन आह्वान गरे।

प्रकाशित: २०८३ असार २६ गते शुक्रबार ०३:४९
प्रतिक्रिया

थप समाचार

विपद्पछिको पुनर्निर्माणका लागि ४ देखि ५ अर्ब डलर आवश्यक पर्ने देखिन्छ: अर्थमन्त्री

अर्थमन्त्री स्वर्णिम वाग्लेले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विपद्पछिको उद्धार, राहत, पुनरुत्थान तथा पुनर्निर्माणका लागि सरकारले आवश्यक स्रोतसाधनको व्यवस्था गर्ने बताएका छन्। हिमालमा...

तातोपानी नाका अवरुद्ध हुँदा फलफूलको मूल्यमा चाप, उपभोक्तासँगै व्यवसायी पनि मारमा

काठमाडौँः चीनसँगको तातोपानी नाका नियमित सञ्चालन हुन नसक्दा फलफूल आयातको ढुवानी लागत बढेको छ । यसको प्रत्यक्ष असर फलफूलको मूल्य, व्यवसायीको कारोबार र उपभोक्ताको भान्सासम्म परेको छ । नेपाल...

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्नेक्रम अझ पनि जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

सरकारी बेरुजुको आधाभन्दा बढी हिस्सा म्याद नाघेको पेस्कीमा, पूर्वाधार मन्त्रालयमा सबैभन्दा धेरै

काठमाडौँः सरकारी निकायहरूमा देखिएको बेरुजुमध्ये आधाभन्दा बढी हिस्सा म्याद नाघेको पेस्कीको रहेको पाइएको छ । महालेखा नियन्त्रक कार्यालयको आन्तरिक लेखापरीक्षणको एकीकृत वार्षिक प्रतिवेदनअनुसार...

बजेट कार्यान्वयनमा पहिलो त्रैमासमै सिँचाइ आयोजनाहरूको उत्साहजनक सुरुवात

काठमाडौँ: आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकमा सिंचाइ आयोजनाहरूले उत्साहजनक सुरुवात गरेका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिंचाइ विभागअन्तर्गत पहिलो...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना