२०८३ साउन ११ गते सोमबार

प्रधानमन्त्री शाहले ऊर्जा उद्यमीसँग गरे छलफल, ४७ बुँदे सुझाव पेस

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार २६
balen-new_e585fe85

काठमाडौँ: प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले ऊर्जा क्षेत्रका निजी लगानीकर्तासँग प्रत्यक्ष संवाद गर्दै विद्युत क्षेत्रका नीतिगत सुधारसम्बन्धी विषयमा सरकार खुला रहेको संकेत दिएका छन्। सरकार गठनको सय दिन पूरा भएपछि प्रधानमन्त्री शाहले निजी क्षेत्रसँगको संवादलाई तीव्र बनाएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार भएको भेटवार्तामा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का पदाधिकारीले ऊर्जा क्षेत्रका विभिन्न नीतिगत, कानुनी र संरचनागत सुधारसम्बन्धी ४७ बुँदे सुझाव प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरेका थिए।

छलफलका क्रममा निजी क्षेत्रले विद्युत खरिद सम्झौता (पीपीए) खुलाउनुपर्ने, विद्युत व्यापारमा निजी क्षेत्रलाई प्रवेशको अवसर दिनुपर्ने तथा प्रसारण लाइन निर्माणमा निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्नुपर्ने विषयलाई प्राथमिकताका साथ उठाएको थियो।

बैठकमा प्रधानमन्त्री शाहले प्रस्तुत गरिएका विषयमा विस्तृत जानकारी लिँदै प्राविधिक, कानुनी र व्यावहारिक पक्षबारे चासो व्यक्त गरेका थिए। विद्युत व्यापारमा निजी क्षेत्रलाई सहभागी गराउने प्रस्तावबारे थप अध्ययन गर्न आवश्यक रहेको उल्लेख गर्दै उनले सम्बन्धित कागजात र आधार सामग्री उपलब्ध गराउन आग्रह गरेको इप्पानले जनाएको छ।

इप्पानका वरिष्ठ उपाध्यक्ष उत्तम भ्लोन लामाका अनुसार प्रधानमन्त्रीले ऊर्जा क्षेत्र सुधारसँग सम्बन्धित प्रस्तावलाई गम्भीरतापूर्वक सुनेका छन् र राज्यको दीर्घकालीन हितलाई केन्द्रमा राखेर निर्णय गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।

सरकार गठनको सय दिनपछि प्रधानमन्त्री शाहले निजी क्षेत्रसँगको प्रत्यक्ष संवादलाई निरन्तरता दिएका छन्। यसअघि बिहीबार उनले निर्माण व्यवसायीहरूसँग छलफल गरेका थिए भने बुधबार उद्योग तथा व्यवसाय क्षेत्रका छाता संगठनका प्रतिनिधिसँग भेटवार्ता गरेका थिए।

प्रकाशित: २०८३ असार २६ गते शुक्रबार ०६:४३
प्रतिक्रिया

थप समाचार

प्रवासी नेपालीलाई अर्थमन्त्रीले भने: ढुक्क हुनुहोस्, एक पटकको नेपाली सधैँको नेपाली

काठमाडौँ: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीहरूलाई ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने सरकार र आफ्नो पार्टीको मान्यतामा विश्वस्त रहन आग्रह गरेका छन्। उनले विदेशमा...

निर्यातजन्य उद्योगका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री

काठमाडौँ: प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तारका लागि उद्यमी–व्यवसायीका माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। प्रधानमन्त्री शाहले...

बागमतीका १३ वटै जिल्लाका उद्योग प्रशासन डिजिटल प्रणालीमा

हेटौँडा: बागमती प्रदेश सरकारले बागमती प्रदेशका १३ वटै जिल्लाको उद्योग प्रशासन सेवा डिजिटल प्रणाली (अनलाइन सेवा) मा सञ्चालन गर्ने तयारी गरेको छ। उद्योग तथा वाणिज्य कार्यालय मकवानपुरबाट उद्योग...

रास्वपा सांसदले खुला प्रतिस्पर्धाबाट स्वकीय सचिव राख्नुपर्ने, सचिवको तलब सोझै खातामा

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसदका स्वकीय सचिवको नियुक्ति, पारिश्रमिक, कार्यसम्पादन र आचारसंहितासम्बन्धी विस्तृत मार्गदर्शन जारी गर्दै आर्थिक अनियमिततामा शून्य सहनशीलताको...

अर्गानिक उत्पादनको प्रमाणीकरण देशभित्रै गर्न प्रधानमन्त्री शाहको निर्देशन

काठमाडौँ: प्रधानमन्त्री वालेन्द्र शाहले नेपालमा अर्गानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन सम्बन्धित निकायहरूलाई निर्देशन दिएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री...
sebon adakshya
शेयर बजार

सेबोनमा अड्किए १०४ कम्पनीका आईपीओ, छैन अनुमति दिने छाँटकाँट

हाल विभिन्न क्षेत्रका १०४ वटा कम्पनी आईपीओ निष्कासनको स्वीकृतिको प्रतीक्षामा छन्। पाइपलाइनमा रहेका कतिपय कम्पनीले तीन वर्षभन्दा लामो समयदेखि अनुमति पाउन सकेका छैनन्।
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
oil
उद्योग

नेपालबाट खानेतेल आयात रोक्न भारतीय उद्योगीको दबाब, उद्योग संकटमा परेको दावी

सन् २०२५ मा नेपालबाट भन्साररहित खाद्य तेलको आयात ५४८ प्रतिशत बढेको जिकिर गर्दै एसोसियसनले तत्काल कदम चाल्न सरकारसँग माग गरेको हो। एसोसियसनका अनुसार, अघिल्लो वर्षको तुलनामा नेपालबाट खानेतेल...
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
fifa_cup
खेलकुद

विश्वकप टिम बढाएर ६४ पु्र्‍याउने फिफाको तयारी, फुटबल उद्योग ध्वस्त पार्न लागेको आरोप

फिफाले ४८ टोलीलाई परीक्षणको रुपमा लिएको जानकारी दिएका बेला आगामी चार वर्षपछि हुने विश्वकपमा ६४ मुलुक पुर्याउने चर्चा चलेपछि यसको विरोध सुरु भएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना