काठमाडौँः आज सोमबार सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा २८ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला २ लाख ८५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य पनि तोलामा १०० रुपैयाँले घटेर प्रतितोला ४ हजार ३ सय ७५ रुपैयाँमा किनबेच भइरहेको छ ।


