काठमाडौँ: प्रधानमन्त्री वालेन्द्र शाह संसद्मा उपस्थित भएका छन्। उनी करिब एक महिनापछि संसद्मा उपस्थित भएका हुन्।
पछिल्लो समय गत जेठ १७ गते उनी संसद्मा उपस्थित भएका थिए। सभामुख डोलप्रसाद अर्यालसँग समय मागेर उनले संसद्लाई सम्बोधन गरेका थिए। उनले त्यसवेला भारतको सीमा नेपालले पनि मिचेको अभिव्यक्ति दिएपछि विवादमा मुछिएका थिए। उनले भनेका थिए, ‘म प्रधानमन्त्री भएपछि थाहा पाएको भारतले मात्र होइन नेपालले पनि भारतको जग्गा मिचेको रहेछ।’
त्यसपछि संसद्मा नदेखिएका शाह मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका साथमा सदन सुरु भएको अढाई घण्टापछि संसद्मा उपस्थित भएका हुन्।
प्रधानमन्त्री शाह र सभापति लामिछाने आउँदा संसद्मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद खुश्बु ओलीले बोलिरहेकी छन्।
