२०८३ कार्तिक १५ गते शनिवार

जलविद्युत् लगायत पूर्वाधार कर्जामा व्यक्तिगत ग्यारेन्टीमा सहजीकरण, नयाँ व्यवस्था ल्याउँदै राष्ट्र बैंक

 |  सीता बुढाथोकी
Sanket

सीता बुढाथोकी

काठमाडौँ, असार ३१
nrb_head

काठमाडौँ: जलविद्युत आयोजना बनाउन बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिँदा व्यक्तिगत ग्यारेन्टी (पर्सनल ग्यारेन्टी) सम्बन्धी व्यवस्था परिमार्जन हुने भएको छ।

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिमार्फत व्यक्तिगत जमानीकर्तामाथि पर्ने असीमित दायित्वलाई सहजीकरण गर्ने नीति अघि सारेसँगै दीर्घकालीन पूर्वाधार आयोजना, विशेषगरी जलविद्युत् क्षेत्रमा व्यक्तिगत ग्यारेन्टीको विद्यमान व्यवस्था परिवर्तन हुने भएको हो।

हालको व्यवस्थाअनुसार कुनै व्यक्तिले कर्जाका लागि जमानी बसेपछि ऋणीले कर्जा तिर्न नसकेको अवस्थामा जमानीकर्ताले पनि असीमित दायित्व वहन गर्नुपर्ने अवस्था छ।

राष्ट्र बैंकका अनुसार यही व्यवस्थाका कारण धेरै व्यक्ति जमानी बस्न हिच्किचाउने र परियोजना वित्तपोषणसमेत प्रभावित हुने अवस्था देखिएको छ। त्यसैले व्यक्तिगत जमानीकर्ताको दायित्वलाई स्पष्ट, सीमित र व्यवस्थित बनाउने गरी नीतिगत तथा नियामकीय सुधारको तयारी गरिएको हो।

राष्ट्र बैंकका प्रवक्ता गुरु पौडेलका अनुसार अहिलेको व्यवस्थामा कर्जाको आकारभन्दा धेरै गुणा बढी व्यक्तिगत ग्यारेन्टीको दायित्व सिर्जना हुने भएकाले त्यसलाई व्यावहारिक बनाउने उद्देश्यले नीति परिवर्तन गर्न लागिएको हो।

उनले उदाहरण दिँदै भने, ‘यदि कुनै आयोजना निर्माणका लागि एक अर्ब रुपैयाँ कर्जा आवश्यक छ र कम्पनीको सञ्चालक समितिमा पाँच जना छन् भने प्रत्येकले एक–एक अर्ब रुपैयाँ बराबरको व्यक्तिगत ग्यारेन्टी दिनुपर्ने अवस्था हुन्छ। यसरी एक अर्बको कर्जाका लागि पाँच अर्ब रुपैयाँ बराबरको व्यक्तिगत दायित्व सिर्जना हुन्छ। यही अव्यावहारिक व्यवस्थालाई सुधार गर्न खोजिएको हो।’

उनका अनुसार नयाँ व्यवस्थाले बैंकको कर्जा सुरक्षा पनि कायम राख्ने र ऋणी तथा जमानीकर्तामाथि अनावश्यक भार पनि नपर्ने गरी सन्तुलित व्यवस्था गर्ने लक्ष्य राखिएको छ।

पौडेलले अन्तर्राष्ट्रिय अभ्यास, कानुनी व्यवस्था तथा कम्पनी ऐनलगायतका पक्ष अध्ययन गरेर स्पष्ट कार्यविधि तथा निर्देशन जारी गरिने बताए। ‘यसका लागि अन्तर्राष्ट्रिय मापदण्ड, परियोजना वित्तको अभ्यास र विद्यमान कानुनी व्यवस्थाको अध्ययन भइरहेको छ। कम्पनी ऐनलगायतका कानुनी पक्ष पनि हेर्नुपर्ने भएकाले स्पष्ट दिशानिर्देश आवश्यक हुन्छ,’ उनले भने।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहन डाँगीले राष्ट्र बैंकको यो पहल सकारात्मक भएको प्रतिक्रिया दिए। तर, व्यक्तिगत जिम्मेवारीको भावना भने कायम रहनुपर्ने उनको भनाइ छ।

‘यो व्यवस्था सकारात्मक हो। तर प्रवद्र्धकलाई जिम्मेवार बनाउने पक्ष पनि उत्तिकै महत्वपूर्ण छ। करोडौको कर्जा हुने भएकाले एउटा व्यक्तिको सदर सम्पत्तिले नपुग्ने हुँदा हामीले त आयोजना निर्माण सम्पन्न भएर विद्युत् उत्पादन अर्थात् ’बत्ती बालेपछि’ व्यक्तिगत ग्यारेन्टी हटाउनुपर्ने माग धेरै अघिदेखि गर्दै आएका छौँ,’ उनले भने।

डाँगीका अनुसार अन्तर्राष्ट्रिय परियोजना वित्त प्रणालीमा जलविद्युत् आयोजनाको ऋण व्यक्तिगत सम्पत्तिभन्दा आयोजनाकै आर्थिक क्षमता र भविष्यको नगद प्रवाह (क्यास फ्लो) का आधारमा स्वीकृत गरिन्छ। निर्माण चरणमा सीमित अवधिका लागि स्पोन्सर सपोर्ट वा कम्प्लिसन ग्यारेन्टी लिन सकिए पनि आयोजना सञ्चालनमा आएपछि व्यक्तिगत ग्यारेन्टीमा निर्भर रहने अभ्यास विकसित वित्तीय बजारमा सामान्य मानिन्दैन।

उनले नेपालमा पनि केही हदसम्म यस्तै अभ्यास रहेको उल्लेख गर्दै भने, ‘नेपालमा पनि सबै परियोजनामा व्यक्तिगत ग्यारेन्टी अनिवार्य छैन। बैंकले विश्वास गरेका प्रवद्र्धक वा बलियो परियोजनालाई व्यक्तिगत ग्यारेन्टीबिनै पनि कर्जा दिएका उदाहरण छन्। व्यक्तिगत ग्यारेन्टी मुख्यतः जोखिम बढी भएको अवस्थामा मागिने गरिएको हो।’

परियोजना वित्तका जानकारहरूका अनुसार अन्तर्राष्ट्रिय रूपमा जलविद्युत् तथा अन्य पूर्वाधार आयोजनाको वित्तपोषण ‘लिमिटेड रिकोर्स प्रोजेक्ट फाइनान्स’ मोडलमा आधारित हुन्छ।

यस मोडलमा बैंकहरूले मुख्य रूपमा आयोजनाको भविष्यको आम्दानी, सम्पत्ति, विद्युत् खरिद सम्झौता (पीपीए) र नगद प्रवाहलाई आधार बनाएर कर्जा प्रवाह गर्छन्। व्यक्तिगत ग्यारेन्टीलाई स्थायी र अनिवार्य सुरक्षा संयन्त्रका रूपमा नभई विशेष परिस्थितिमा मात्र प्रयोग गर्ने अभ्यास रहेको उनीहरूको भनाइ छ।

नेपालमा भने परियोजना वित्त पूर्ण रूपमा परिपक्व नभएकाले बैंकहरूले व्यक्तिगत ग्यारेन्टीलाई अतिरिक्त सुरक्षा उपायका रूपमा प्रयोग गर्दै आएका छन्। यसले विशेषगरी ठूला जलविद्युत आयोजनाका प्रवद्र्धकहरूलाई अनावश्यक वित्तीय जोखिम र कानुनी दायित्वको बोझ थप्ने गरेको निजी क्षेत्रको गुनासो रहँदै आएको छ।

राष्ट्र बैंकले ल्याउन लागेको नयाँ व्यवस्थाले व्यक्तिगत जमानीकर्ताको दायित्वलाई स्पष्ट सीमाभित्र राख्ने, परियोजना वित्तलाई अन्तर्राष्ट्रिय अभ्यासअनुसार थप व्यवस्थित बनाउने तथा जलविद्युतसहित पूर्वाधार क्षेत्रमा लगानी आकर्षित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, यसबाट बैंकहरूको कर्जा सुरक्षा कायम राख्दै ऋणी र जमानीकर्ता दुवैको हित संरक्षण हुने विश्वास राष्ट्र बैंकको छ।

प्रकाशित: २०८३ असार ३१ गते बुधबार ०८:२७
प्रतिक्रिया

थप समाचार

कर्णालीमा बैंकको कर्जा लगानी ६६ अर्ब ८५ करोड, सुर्खेतमै ६० प्रतिशत केन्द्रित

काठमाडौँः कर्णाली प्रदेशका बैंक तथा वित्तीय संस्थामा निक्षेप संकलन उल्लेख्य रूपमा बढे पनि सोही अनुपातमा प्रदेशभित्र कर्जा लगानी विस्तार हुन सकेको छैन। कर्णालीबाट संकलित १ खर्ब ११ अर्ब १५...

कर्णाली डेभलपमेन्ट बैंकका ३५ सेयरधनीको सेयरपूँजी १ प्रतिशतमा झारिएको विवरण पुनः सार्वजनिक

काठमाडौँः समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकका ३५ जना सेयरधनीको सेयरपूँजी घटाइएको विवरण आज सार्वजनिक गरिएको छ। नेपाल राष्ट्र बैंकबाट गठित व्यवस्थापन समूहले यसअघि नै सम्बन्धित सेयरधनीहरूको...

डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा दिनेश थकाली निर्वाचित

काठमाडौँः डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको २१औँ वार्षिक साधारण सभाले आगामी दुई वर्षे कार्यकालका लागि कामना सेवा विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीलाई अध्यक्ष पदमा...

सुदूरपश्चिममा बैंकको ऋण लगानी कैलाली र कञ्चनपुरमा केन्द्रीत, अन्य ७ जिल्लामा न्यून

काठमाडौँः सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह सुस्त रहेको छ। नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक अध्ययन प्रतिवेदनअनुसार प्रदेशमा बैंक तथा वित्तीय...

बैंकबाटै सेयर ब्रोकर सेवा दिने प्रस्तावमा आपत्ति, ‘लाइसेन्स छ भन्दैमा सबै दिन मिल्दैन’

अर्थ मन्त्रालयले यससम्बन्धी सम्भाव्यता अध्ययन गर्न विज्ञ समिति गठन गरेसँगै स्टक ब्रोकर व्यवसायीहरूले बैंकलाई थप वित्तीय सेवा सञ्चालनको जिम्मेवारी दिन खोजिएको भन्दै आपत्ति जनाएका छन्।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना