२०८३ साउन ११ गते सोमबार

घर–घरका एलपी ग्यास सिलिन्डरको डिजिटल अभिलेख बनाउन संसदीय समितिको सुझाव

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार ३१
New Project – 2026-07-15T113354.218

काठमाडौँः उद्योग, वाणिज्य तथा श्रम एवं उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले देशभरका घरधुरीमा रहेका एलपी ग्यास सिलिन्डरको एकीकृत डिजिटल अभिलेख (डाटाबेस) तयार गर्न सरकारलाई सुझाव दिएका छन्।

बुधबार बसेको समितिको बैठकमा उनले ग्यास आपूर्ति व्यवस्थापनलाई प्रभावकारी, पारदर्शी र सुरक्षित बनाउन घर–घरमा रहेका सिलिन्डरको विवरण समेट्ने डिजिटल प्रणाली आवश्यक रहेको बताए।

अन्सारीका अनुसार हाल राज्यसँग प्रत्येक घरधुरीमा कति वटा ग्यास सिलिन्डर छन् भन्ने आधिकारिक तथ्यांक छैन। यही कारण अनुगमन, आपूर्ति व्यवस्थापन तथा उपभोक्ता सुरक्षासम्बन्धी काम प्रभावकारी रूपमा सञ्चालन गर्न कठिनाइ भइरहेको उनले उल्लेख गरे।

उनले घरधुरीको म्यापिङमा आधारित एकीकृत डिजिटल प्रणाली विकास गरी ग्यास उद्योग, वितरक र नेपाल आयल निगमले समेत कुन घरमा कति सिलिन्डर छन् भन्ने विवरण सहज रूपमा प्राप्त गर्न सक्ने व्यवस्था गर्नुपर्नेमा जोड दिए।

यस्तो प्रणाली कार्यान्वयन गर्न ठूलो चुनौती नरहेको उल्लेख गर्दै उनले वर्तमान सरकारकै कार्यकालमा यसको सुरुवात गर्न आग्रह गरे। उनका अनुसार डिजिटल अभिलेख तयार भएपछि ग्यास वितरण प्रणाली थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बन्नेछ।

बैठकमा अन्सारीले भारतसँग प्रस्तावित एलपी ग्यास पाइपलाइन परियोजनालाई पनि शीघ्र अघि बढाउन सरकार सक्रिय हुनुपर्ने बताए। भारतले विभिन्न समयमा परियोजनाप्रति सकारात्मक चासो देखाए पनि त्यसलाई कार्यान्वयनको चरणमा पु¥याउन नेपालले कूटनीतिक र प्राविधिक पहल तीव्र बनाउनुपर्ने उनको भनाइ थियो।

उनले भारतसँग समन्वय गरेर पाइपलाइन निर्माणको स्पष्ट समयसीमा, भण्डारण क्षमता र कार्ययोजना सार्वजनिक गर्न सरकारसँग आग्रह गरे। साथै, ग्यास उद्योगहरूको सहकार्यमा हाउजिङ सोसाइटी तथा घना बस्तीमा सामूहिक ग्यास वितरण प्रणाली विस्तार गर्न पनि उनले सुझाव दिए।

प्रकाशित: २०८३ असार ३१ गते बुधबार ११:३४
प्रतिक्रिया

थप समाचार

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।

बुद्ध एयरले थप्यो अत्याधुनिक एटीआर–७२–६०० जहाज, अर्को महिनादेखि उडानमा ल्याइने

कम्पनीले शनिबार फ्रान्सको तुलुसबाट उक्त जहाज नेपाल भित्र्याएको हो।

बागमतीका १३ वटै जिल्लाका उद्योग प्रशासन डिजिटल प्रणालीमा

हेटौँडा: बागमती प्रदेश सरकारले बागमती प्रदेशका १३ वटै जिल्लाको उद्योग प्रशासन सेवा डिजिटल प्रणाली (अनलाइन सेवा) मा सञ्चालन गर्ने तयारी गरेको छ। उद्योग तथा वाणिज्य कार्यालय मकवानपुरबाट उद्योग...

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
sebon adakshya
शेयर बजार

सेबोनमा अड्किए १०४ कम्पनीका आईपीओ, छैन अनुमति दिने छाँटकाँट

हाल विभिन्न क्षेत्रका १०४ वटा कम्पनी आईपीओ निष्कासनको स्वीकृतिको प्रतीक्षामा छन्। पाइपलाइनमा रहेका कतिपय कम्पनीले तीन वर्षभन्दा लामो समयदेखि अनुमति पाउन सकेका छैनन्।
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
oil
उद्योग

नेपालबाट खानेतेल आयात रोक्न भारतीय उद्योगीको दबाब, उद्योग संकटमा परेको दावी

सन् २०२५ मा नेपालबाट भन्साररहित खाद्य तेलको आयात ५४८ प्रतिशत बढेको जिकिर गर्दै एसोसियसनले तत्काल कदम चाल्न सरकारसँग माग गरेको हो। एसोसियसनका अनुसार, अघिल्लो वर्षको तुलनामा नेपालबाट खानेतेल...
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
fifa_cup
खेलकुद

विश्वकप टिम बढाएर ६४ पु्र्‍याउने फिफाको तयारी, फुटबल उद्योग ध्वस्त पार्न लागेको आरोप

फिफाले ४८ टोलीलाई परीक्षणको रुपमा लिएको जानकारी दिएका बेला आगामी चार वर्षपछि हुने विश्वकपमा ६४ मुलुक पुर्याउने चर्चा चलेपछि यसको विरोध सुरु भएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना