२०८३ कार्तिक ११ गते मङ्गलबार

फिफा अध्यक्ष इन्फान्टिनोविरुद्ध अन्तर्राष्ट्रिय ओलम्पिक समितिमा उजुरी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार ३१
screenshot-2026-07-15-104728_2e7de9e0

काठमाडौँ: फिफा अध्यक्ष जियानी इन्फान्टिनो विरुद्ध राजनीतिक तटस्थताको सिद्धान्त उल्लंघन गरेको आरोप लगाउँदै अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आइओसी) मा उजुरी दर्ता भएको छ।

समाचार संस्था रोयटर्सका अनुसार अधिकारवादी संस्था फेयरस्क्वायरले दायर गरेको उजुरीमा इन्फान्टिनोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सम्बन्धित विभिन्न गतिविधिमार्फत आईओसीको राजनीतिक तटस्थताको आचारसंहिता उल्लंघन गरेको आरोप लगाइएको छ।

उजुरीको मुख्य विषय अमेरिकी स्ट्राइकर फोलारिन बालोगुनको एक खेलको स्वचालित निलम्बन अन्तिम समयमा स्थगित गरिएको निर्णय हो। बालोगुनले विश्वकप २०२६ को राउन्ड अफ ३२ मा बोस्निया एन्ड हर्जेगोभिनाविरुद्ध सिधै रातो कार्ड पाएपछि नियमअनुसार एक खेलको प्रतिबन्ध भोग्नुपर्ने थियो।

तर फिफाले जुलाई ५ मा उक्त निलम्बन एक वर्षको परीक्षण अवधिका लागि स्थगित गरिएको घोषणा गरेपछि उनले बेल्जियमविरुद्धको अन्तिम १६ को खेल खेल्न पाएका थिए। ट्रम्पले सार्वजनिक रूपमा उक्त रातो कार्डको निर्णय पुनरावलोकन गर्न आग्रह गरेका थिए। इन्फान्टिनोले ट्रम्पबाट फोन आएको स्वीकार गरे पनि निर्णयमा कुनै प्रभाव नपारेको दाबी गरेका छन्।

ट्रम्पले भने आफूले केवल निर्णयको पुनरावलोकन गर्न आग्रह गरेको र त्यो फाउल नै नभएको विश्वास व्यक्त गरेका थिए। उनले फिफाले सही निर्णय गरेको भन्दै रेफ्रीको रातो कार्ड निर्णयलाई गलत समेत बताएका थिए। बेल्जियमविरुद्धको खेलमा बालोगुन सहभागी भए पनि अमेरिका ४–१ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो।

विवादबारे प्रतिक्रिया दिँदै इन्फान्टिनोले फिफाका न्यायिक निकाय स्वतन्त्र रूपमा काम गर्ने र उनीहरूको स्वतन्त्रता फुटबलको विश्वसनीयताका लागि अत्यावश्यक रहेको बताएका छन्। सन् २०२० देखि आईओसी सदस्यसमेत रहेका इन्फान्टिनोले ओलम्पिक चार्टर तथा आईओसी आचारसंहिताअनुसार राजनीतिक रूपमा तटस्थ रहनुपर्ने फेयरस्क्वायरको दाबी छ। संस्थाले इन्फान्टिनोले ट्रम्पको पक्षमा पाँच वटा स्पष्ट गतिविधि गरेको आरोप लगाएको छ।

उजुरीमा ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि समर्थन गरेको, ट्रम्पको शपथग्रहण समारोहसँग सम्बन्धित कार्यक्रममा सहभागिता जनाएको, ट्रम्पलाई फिफाको पहिलो ‘पीस प्राइज’ प्रदान गरेको तथा ट्रम्पसँग सम्बन्धित डाटा सङ्कलन अभियानसँग जोडिएको भनिएको फिफा विश्वकप फ्यान प्लेटफर्मको प्रचार गरेको विषय पनि समावेश छन्।

फेयरस्क्वायरले यसअघि पनि गत डिसेम्बरमा फिफाको आचारसंहिता समितिमा इन्फान्टिनोविरुद्ध उजुरी दर्ता गरेको थियो। उक्त उजुरीलाई नर्वेजियन फुटबल महासंघ तथा युरोपेली संसदका ५० सदस्यले समेत समर्थन गरेका थिए। यस विषयमा आईओसी र फिफाले हालसम्म सार्वजनिक प्रतिक्रिया दिएका छैनन्। एएनआई

प्रकाशित: २०८३ असार ३१ गते बुधबार १२:०३
प्रतिक्रिया

थप समाचार

एनपीएलका लागि ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरमा १० वटा फ्यान जोन सञ्चालन गर्ने भएको छ। कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने एनपीएलका...

एनपीएल क्रिकेट: जनकपुर टस जितेर फिल्डिङमा

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...

रसेल र लोकेशको आक्रामक ब्याटिङका बाबजुद विराटनगर पराजित, चितवन ८ रनले विजयी

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई ८ रनले पराजित गरेको छ। खेलको अन्तिम चरणमा विराटनगरले लगातार विकेट गुमाउँदा जितको नजिक पुगेर पनि हार...

टस जितेर विराटगरले चितवनलाई दियो पहिले ब्याटिङको निम्तो

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किङ्ग्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा विराटनगरले...

एनपीएल क्रिकेट : आज दुई खेल हुँदै 

काठमाडौं। राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा मध्यान्ह १२ बजे चितवन राइनोज र विराटनगर...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना