२०८३ साउन ११ गते सोमबार

आगामी आवमा १६६ विधेयक ल्याइने, २०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा 

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार ३१
photo_bed80c04

काठमाडौँ: कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ मा संघीय संसदमा १६६ वटा विधेयक पेस गर्ने तयारी गरेको बताएकी छन्। उनले उक्त आर्थिक वर्षलाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ का रूपमा घोषणा गर्दै प्रचलित कानुनको सुधार, पुनरावलोकन तथा नयाँ कानुन निर्माणलाई प्रभावकारी रूपमा अघि बढाइने जानकारी दिइन्।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री गौतमले विधायन ऐन, २०८१ को व्यवस्थाअनुसार सम्बन्धित मन्त्रालयसँग छलफल गरी आगामी आर्थिक वर्षका लागि विधेयकको प्राथमिकतासहितको वार्षिक कार्यतालिका तयार गरी संघीय संसदमा पठाइएको बताइन्।

उनले भनिन्, ‘विधायन ऐन २०८१ को दफा ३ मा सम्बन्धित मन्त्रालयले आगामी आर्थिक वर्षमा तर्जुमा गर्नुपर्ने विधेयक पहिचान गरी प्रत्येक वर्षको जेठ महिनाभित्र विधेयकको प्राथमिकताक्रम खुलाई कानुन मन्त्रालयमा पठाउनुपर्ने व्यवस्था छ। प्राप्त विवरणका आधारमा सम्बन्धित मन्त्रालयसँग असार २४ र २५ गते छलफल गरी आर्थिक वर्ष २०८३÷८४ का लागि संघीय संसदमा पेस गरिने १६६ वटा विधेयकको प्राथमिकतासहितको कार्यतालिका तयार गरिएको छ। उक्त कार्यतालिका आजै संघीय संसदमा पठाइएको छ र प्रतिनिधिसभाका सभामुख तथा राष्ट्रियसभाका अध्यक्षलाई समेत सूची बुझाइएको छ।’

मन्त्री गौतमका अनुसार आगामी आर्थिक वर्ष संसदमा पेस गरिने १६६ विधेयकमध्ये ९७ वटा नयाँ विधेयक र ६९ वटा प्रचलित ऐन संशोधनसम्बन्धी छन्। तीमध्ये ६४ वटा पहिलो, ४५ वटा दोस्रो र ५७ वटा तेस्रो प्राथमिकतामा राखिएका छन्।

उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट १५, अर्थ मन्त्रालयबाट १५, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट ४, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट ४, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयबाट १७, कृषि, वन तथा वातावरण मन्त्रालयबाट १३, गृह मन्त्रालयबाट ११, परराष्ट्र मन्त्रालयबाट ४, पूर्वाधार विकास मन्त्रालयबाट १६, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट ८, महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयबाट ७, युवा, श्रम तथा रोजगार मन्त्रालयबाट ५, रक्षा मन्त्रालयबाट १, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयबाट ४, शिक्षा तथा खेलकुद मन्त्रालयबाट ९, सूचना तथा सञ्चार मन्त्रालयबाट ६, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट ११ तथा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट १६ वटा विधेयक तयारीको क्रममा रहेको जानकारी दिइन्।

‘प्रचलित कानुनको सुधार तथा नयाँ कानुन निर्माणलाई थप प्रभावकारी रूपमा अगाडि बढाउन, प्रचलित ऐनको खारेजी, संशोधन, संहिताकरण र एकीकरण गर्ने तथा नयाँ कानुन बनाउनुपर्ने विधेयकको पहिचान गर्न आर्थिक वर्ष २०८३÷८४ लाई कानुन सुधार तथा निर्माण वर्षका रूपमा घोषणा गरेका छौं। साथै प्रचलित कानुनहरूको पुनरावलोकन तथा सुधारका लागि उच्चस्तरीय कानुन सुधार समिति गठन गर्ने तयारी भइरहेको छ,’ उनले भनिन् ।

मन्त्री गौतमले कानुन सुधार वर्ष भएकाले कार्यतालिकामा समावेश नभएका तर आवश्यक पर्ने विधेयक पनि विधायन ऐन, २०८१ अनुसार संसदमा पेस गर्न सकिने बताइन्। आवश्यकता अनुसार विधेयकको प्राथमिकतामा समेत हेरफेर गर्न सकिने उनको भनाइ थियो।

उनले विधेयक तर्जुमाको अवस्थालाई नियमित रूपमा अनुगमन गर्न ‘गभर्नमेन्ट बिल ट्र्याकिङ सिस्टम’ सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिइन्।

‘विधेयक अनुगमन प्रणाली (गभर्नमेन्ट बिल ट्र्याकिङ सिस्टम) सञ्चालनमा ल्याउने तयारी गरेका छौं। त्यसैगरी ‘नो योर ल, मेक योर ओन ल’ सुझाव पोर्टलमार्फत आम नागरिक तथा सरोकारवालाबाट सुझाव संकलन गरिरहेका छौं। हालसम्म करिब ४०० वटा महत्त्वपूर्ण सुझाव प्राप्त भइसकेका छन्। ती सुझावहरूको अध्ययन, विश्लेषण र सरोकारवालासँग छलफल गरी कानुन संशोधन तथा नयाँ कानुन निर्माण प्रक्रियामा समावेश गर्ने काम भइरहेको छ,’ उनले भनिन् ।

मन्त्री गौतमले संघीय संसदमा विधेयक निर्माण, छलफल र पारित गर्ने प्रक्रियालाई थप व्यवस्थित, नियमित र समयमै सम्पन्न गर्न सभामुख, संसदीय समितिका सभापति तथा संसद सचिवालयसँग आवश्यक समन्वय गरिने पनि बताइन्।

उनले कानुन निर्माण प्रक्रियालाई सहभागितामूलक, पारदर्शी र प्रभावकारी बनाउने सरकारको लक्ष्य रहेको उल्लेख गर्दै त्यसका लागि सबै पक्षको सहयोग आवश्यक रहेको धारणा राखिन्।

प्रकाशित: २०८३ असार ३१ गते बुधबार ०४:१३
प्रतिक्रिया

थप समाचार

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पुर्पक्षका लागि थुनामा, नख्खु कारागार पठाइयो

काठमाडौँ: शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पुर्पक्षका लागि कारागार चलान भएका छन्। उनलाई न्यायाधीशद्वय अर्जुन प्रसाद कोइराला र कविप्रसाद न्यौपानेको संयुक्त वाणिज्य इजलासले थुनुवा पुर्जी...

व्यवसायी शंकर अग्रवाल पक्राउ

काठमाडौं। व्यवसायिक घरना शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ परेका छन्।उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बुधबार डिल्लीबजारबाट पक्राउ गरेको हो। उनलाई आजै...

एनसेल सेयर विवाद: अदालती तरबार हट्यो, कानुनबमोजिम गर्न प्राधिकरणलाई आदेश [पूर्णपाठ]

काठमाडौँ: एनसेल आजियाटा लिमिटेडको सेयर खरिद–बिक्री रोक्न माग गर्दै सर्वोच्चमा परेको रिट खारेजीको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ। सांसद अमरेशकुमार सिंहले एनसेलको सेयर खरिद–बिक्री रोक्न...

क्यानका पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध १ करोड ७१ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौँ: नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का तत्कालीन महानिर्देशक प्रदीप अधिकारीविरुद्ध १ करोड ७१ लाख रुपैयाँको भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार...

पूर्वअर्थमन्त्री रामशरण महतको मुद्दा मुलतवीमा राख्न अदालतद्वारा अस्वीकार

काठमाडौँ: विशेष अदालतले भ्रष्टाचार मुद्दामा पूर्वअर्थमन्त्री रामशरण महतको मुद्दा हाललाई मुलतवी राख्न अस्वीकार गरेको छ। न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको...
sebon adakshya
शेयर बजार

सेबोनमा अड्किए १०४ कम्पनीका आईपीओ, छैन अनुमति दिने छाँटकाँट

हाल विभिन्न क्षेत्रका १०४ वटा कम्पनी आईपीओ निष्कासनको स्वीकृतिको प्रतीक्षामा छन्। पाइपलाइनमा रहेका कतिपय कम्पनीले तीन वर्षभन्दा लामो समयदेखि अनुमति पाउन सकेका छैनन्।
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
oil
उद्योग

नेपालबाट खानेतेल आयात रोक्न भारतीय उद्योगीको दबाब, उद्योग संकटमा परेको दावी

सन् २०२५ मा नेपालबाट भन्साररहित खाद्य तेलको आयात ५४८ प्रतिशत बढेको जिकिर गर्दै एसोसियसनले तत्काल कदम चाल्न सरकारसँग माग गरेको हो। एसोसियसनका अनुसार, अघिल्लो वर्षको तुलनामा नेपालबाट खानेतेल...
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
fifa_cup
खेलकुद

विश्वकप टिम बढाएर ६४ पु्र्‍याउने फिफाको तयारी, फुटबल उद्योग ध्वस्त पार्न लागेको आरोप

फिफाले ४८ टोलीलाई परीक्षणको रुपमा लिएको जानकारी दिएका बेला आगामी चार वर्षपछि हुने विश्वकपमा ६४ मुलुक पुर्याउने चर्चा चलेपछि यसको विरोध सुरु भएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना