काठमाडौँ- २०७९ असार ७ गते स्थापना भएको संसदको चौथो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टीले प्रथम वार्षिकी मनाइरहेको छ। स्थापनाको एक वर्ष पुगेको अवसरमा उसले सबै दलका नेताहरूला बोलाएर चियापान गराएको छ।
चियापानका लागि प्रधानमन्त्री पुष्पमकल दाहाल, सभामुख देवराज घिमिरे, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, माओवादी केन्द्रका नेता जनार्दन शर्मालगायतका नेताहरू पुगिसकेका छन्।
एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ पनि चियापानमा पुगेका छन्। अन्य नेताहरू पनि आउने क्रम जारी रहेको रास्वपाले जानकारी दिएको छ।
यस्तै कलाकार मदनकृष्ण श्रेष्ठ, किरण केसी, हरिवंश आचार्यलगायतका कलाकार पनि पुगिसकेका छन्।









