काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद विदुषी राणाले गभर्नरको योग्यता पुनर्विचार गर्नुपर्ने बताएकी छन्।
आइतबार प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा उनले यस्तो बताएकी हुन्।
गभर्नरको योग्यता तथा ‘कुलिङ पिरियड’ लगायत विषयमा पुनर्विचार गर्नुपर्ने उनको भनाइ थियो।
यसैगरी डिजिटल करेन्सीका विषयमा पनि उनले आफ्नो धारणा राखेकी थिए। बैंक तथा वित्तीय संस्थाको नियमन, निक्षेप नउठाउने वित्तीय संस्थालाई राष्ट्र बैंकको सुपरिवेक्षणमा ल्याउने प्रस्ताव, समस्याग्रस्त बैंक व्यवस्थापन, ‘रेजोलुसन’ प्रक्रियाको कानुनी व्यवस्था, अन्तिम सम्बन्धी प्रावधानका विषयमा उनले धारणा राखिन्।
