काठमाडौं। डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई पराजित गर्दे स्पेनले विश्वकपको उपाधि उचालेको छ।
अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा भएको फाइनल खेलमा अर्जेन्टिनालाई १–० ले पराजित गर्दै स्पेनले १६ वर्षपछि विश्वकपको उपाधि जितेको हो।
स्पेनलाई जिताउन फेरान टोरेसले गरेको गोल नै पर्याप्त बन्यो।
टोरेसले खेलको १०६औं मिनेटमा स्पेनका लागि गोल गर्दै अग्रता दिलाएका थिए। यसअघि स्पेनले सन् २०१० मा नेदरल्यान्ड्सलाई पराजित गर्दै विश्वकपमा जित हात पारेको थियो।खेलको ११६ औँ मिनेटमा स्पेनका निको विलियम्सले दिएको पासलाई फरान टोरेसले गोलमा परिणत गर्दै टोलीलाई जित दिलाए।
स्पेन र अर्जेन्टिनाबीचको खेल ३० मिनेटको अतिरिक्त समयमा धकेलिएको थियो। निर्धारित ९० औँ मिनेटको खेलमा कुनै पनि टोलीबाट गोल हुन नसकेपछि खेल अतिरिक्ति समयमा धकेलिएको हो। इन्जो फर्नान्डिजले रेड कार्ड पाएपछि अर्जेन्टिना १० सदस्यमा झरेको थियो।
त्यसअघि अर्जेन्टिनाका गोलरक्षक इमिलियानो मार्टिनेजले स्पेनका दर्जन प्रहारलाई निष्प्रभावी बनाइदिएका थिए।
खेलमा स्पेनले १२ वटा अन सट टार्गेट प्रहार गरेको थियो। यता अर्जेन्टिनाले अनसटक टार्गेट एउटा पनि प्रहार गर्न सकेन। स्पेनले २० वटा गोलको प्रयास गर्दा अर्जेन्टिनाले एउटा पनि गर्न सकेन।
सेमिफाइनलमा अर्जेन्टिनाले इङ्ग्ल्यान्डलाई २–१ ले गोलअन्तरले पराजित गर्दै विश्वकपको फाइनलयात्रा तय गरेको थियो। स्पेनले फ्रान्सलाई २–० गोलअन्तरले हराउँदै फाइनलमा पुगेको थियो।


