२०८३ कार्तिक १२ गते बुधबार

एनसेल सेयर विवाद: अदालती तरबार हट्यो, कानुनबमोजिम गर्न प्राधिकरणलाई आदेश [पूर्णपाठ]

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन ६
ncell

काठमाडौँ: एनसेल आजियाटा लिमिटेडको सेयर खरिद–बिक्री रोक्न माग गर्दै सर्वोच्चमा परेको रिट खारेजीको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ। सांसद अमरेशकुमार सिंहले एनसेलको सेयर खरिद–बिक्री रोक्न माग गर्दै दायर गरेको रिट न्यायाधीशद्वय सपना प्रधान मल्ल र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले २०८१ पुस ११ गते खारेज गरेको थियो।

उक्त रिट खारेजीको आदेशको पूर्णपाठ हालै सार्वजनिक भएको छ। पूर्णपाठअनुसार अदालतले स्वामित्व हस्तान्तरणका लागि ‘ग्रिन सिग्नल’ दिएको छ।

रिटमा एनसेलको ८० प्रतिशत सेयर हस्तान्तरणको प्रक्रियालाई तत्काल बदर गरी स्वामित्व हस्तान्तरण तत्काल रोक्न माग गरेका थिए। सर्वोच्चले उक्त रिट खारेज गरेपछि एनसेलको व्यवसायिक सम्झौता र खरिद–बिक्री प्रक्रियामा झुण्डिएको अदालती तरबार हटेको छ।

प्राविधिक र व्यवसायिक विषयमा नियमनकारी निकाय नेपाल दूरसञ्चार प्राधिकरणले आफ्नो अधिकार प्रयोग गरिरहेको अवस्थामा अदालतले  हस्तक्षेप गर्नु उचित नहुने निष्कर्ष अदालतको छ। सेयर खरिद–बिक्रीको विषय अहिले नियमनकारी निकाय र सरकारले गठन गरेको छानबिन समितिको क्षेत्राधिकारभित्र रहेको भन्दै कानुनबमोजिम गर्न आदेश जारी गरेको छ।

यस आदेशसँगै अब एनसेलले कानुनी प्रक्रिया र नियमनकारी निकायको मापदण्ड पूरा गरेर आफ्नो व्यवसायिक कारोबारलाई अगाडि बढाउन सक्नेछ।

आजियाटाले सन् २०१६ मा १ खर्ब ४३ अर्बमा खरिद गरिएको ८० प्रतिशत सेयर सन् २०२३ मा व्यवसायी सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई जम्मा ६ अर्ब ६५ करोड (५० मिलियन डलर) मा बिक्री गरेको थियो। सरकारलाई पूर्वजानकारी नदिइ ठूलो गिरावट मूल्यमा सेयर बिक्री गर्न लागिएपछि कर छलीको आशंका उब्जिएको थियो। उक्त कारोबार रोक्न माग गर्दै सर्वोच्चमा रिट परेको थियो।

सर्वोच्चले स्वामित्व हस्तान्तरणका लागि ग्रिन सिग्नल दिए पनि प्रक्रियामा केही गम्भीर कानुनी प्रश्नहरू भने उठाएको छ।

एनसेलले यो कारोबार विदेशमा दुई विदेशी कम्पनीबीच भएको र नेपालको कानुन नआकर्षित हुने तर्क गरेको थियो। विदेशी कम्पनीहरूले सेल कम्पनीखडा गरेर राज्यको आँखाबाट टाढा रहँदै दूरसञ्चार जस्तो राष्ट्रिय महत्त्वको क्षेत्रमा स्वामित्व परिवर्तन गर्दा नियमनकारी निकाय मूकदर्शक बन्न नमिल्ने तर्क गरेको छ। एनसेलको हकमा पनि विदेशी लगानी भए पनि नेपालको कानुन र नियमनकारी निकायको पूर्वस्वीकृति अनिवार्य रहेको अदालतको ठहर छ।

सर्वोच्चले आफैँले हस्तक्षेप नगरे पनि कानुनबमोजिम नियमन गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशनात्मक आदेश दिएको छ।

प्रकाशित: २०८३ साउन ६ गते बुधबार १२:५०
प्रतिक्रिया

थप समाचार

गोलबजारका पूर्वमेयर तेलीसहित ७ जनाविरुद्ध १ करोड ६० लाखको मुद्दा

काठमाडौँ: सिरहाको गोलबजार नगरपालिका पूर्वमेयर देवनाथ साहु तेलीसहित ७ जनाविरुद्ध मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा तेलीसहित तत्कालीन उपप्रमुख...

किन पक्राउ परे लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट ?

काठमाडौँ: लगानी बोर्ड नेपालका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन्। शनिबार साँझ उनलाई प्रहरीले ललितपुरको सानेपाबाट पक्राउ गरेको हो। उच्च तहको ‘सेटिङ’ (फिक्सिङ)...

यसै वर्ष आर्थिक सुधारका २७ नयाँ कानुन ल्याउन सरकारको तयारी

काठमाडौँ: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक सुधारका लागि सरकारले चालू आर्थिक वर्षमा २७ वटा नयाँ कानुन ल्याउने बताएका छन्। शुक्रबार आयोजित नेपाल पूर्वाधार सम्मेलन २०२६ तयारी सम्बन्धी...

सर्वोच्चले धरौटीमा छाडेका शंकर ग्रुपका अध्यक्ष अग्रवाललाई थुनामा पठाउन विशेषको आदेश

काठमाडौँ: विशेष अदालतले शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाललाई थुनामा पठाउन आदेश गरेकाे छ। न्यायाधीशत्रय वाशुदेव  आचार्य, हेमन्त रावल र विदुर कोइरालाको इजलासले अग्रवाललाई थुनामा पठाउन आदेश...

पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा पक्राउ

काठमाडौं। पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई पक्राउ गरेको हो। उनलाई राती ३ बजे पक्राउ गरेर ल्याइएको जानकारी प्रहरी...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
mudrasfiti
अर्थतन्त्र

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना