काठमाडौँ- चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपतिमा डा भुपेन्द्र बस्नेत नियुक्त भएका छन्। न्याम्सका कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डा बस्नेतलाई न्याम्सको उपकुलपतिमा नियुक्त गरेका हुन्। उपकुलपतिमा नियुक्त भएको पत्र डा बस्नेतले बुझिसकेका छन्।
सहकुलपतिसमेत रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको अध्यक्षतामा गठन भएको दुई सदस्यीय सर्च कमिटीमा परेका ११ नाममध्ये सर्टलिस्ट गरी तीन जनाको कुलपतिसमेत रहेका प्रधानमन्त्रीलाई बुझाएको थियो।
उक्त सूचीमा भएका मध्ये डा बस्नेतलाई कुलपति/प्रधानमन्त्रीले नियुक्त गरेका हुन्। बस्नेत यसअघि न्याम्समा नै निमित्त उपकुलपति थिए।


