२०८३ कार्तिक १३ गते बिहिबार

बाजुरामा भारी वर्षापछि बाढी–पहिरोको कहर, १६ घरधुरी प्रभावित, साँफे–मार्तडी राजमार्ग अवरुद्ध

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन ८
photo-3_4019c246

बाजुरा: बाजुरामा गएरातिदेखि परेको अविरल वर्षाका कारण बाढी र पहिरोले विभिन्न स्थानमा ठूलो क्षति पुर्‍याएको छ। लगातारको वर्षाले जिल्लाका नौवटै स्थानीय तहका साना तथा ठूला नदीमा पानीको बहाव बढ्दा बस्ती, सडक र कृषि क्षेत्रमा असर परेको छ।

सदरमुकाम मार्तडी नजिकैको सेलाघाटसहित विभिन्न स्थानमा आएको बाढी तथा पहिरोका कारण धेरै परिवार विस्थापित भएका छन्। जोखिमको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख डीएसपी शैलेश्वरी बोहराको नेतृत्वमा प्रहरी टोली राति नै घटनास्थल पुगेर उद्धार कार्य सञ्चालन गरेको थियो। प्रहरीले जोखिममा परेका नागरिकको सुरक्षित उद्धार गर्नुका साथै प्रभावित परिवारको सरसामान सुरक्षित स्थानमा सारेको जनाएको छ।

भारी वर्षाका कारण साँफे–मार्तडी राजमार्ग पनि अवरुद्ध भएको छ। सडक अवरुद्ध हुँदा लामो तथा छोटो दूरीका सबै प्रकारका सवारीसाधन सञ्चालन ठप्प भएका छन्।

बडिमालिका नगरपालिका–९ स्थित सेलागाड क्षेत्रमा घरमाथिबाट पहिरो खस्दा १६ घरधुरी प्रभावित भएका छन्। तीमध्ये तीन घरधुरी उच्च जोखिममा परेका छन् भने १३ घरधुरी जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। उच्च जोखिममा रहेका तीन घरधुरीका घर बस्न नमिल्ने अवस्थामा पुगेका छन्। ती तीन घरधुरीमा २२ जना र अन्य १३ घरधुरीमा ८३ जना परिवारका सदस्य रहेका छन्।

त्यसैगरी, पहिरोका कारण राप्का क्षेत्रमा रहेको टोट्के सिँचाइ नहरको २०० एमएम क्षमताको २३० मिटर प्लास्टिक पाइप तथा २५ मिटर पक्की नहर बगाएको छ। बाढी र पहिरोले धेरै खेतीयोग्य जमिन पनि बगरमा परिणत भएको स्थानीय प्रशासनले जनाएको छ।

जिल्लामा वर्षा जारी रहेकाले नदी तटीय क्षेत्र र पहिरोको जोखिम भएका स्थानका बासिन्दालाई उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ।

डेढ सयभन्दा बढी बस्ती जोखिममा

जिल्ला विपद् व्यवस्थापन समितिले सार्वजनिक गरेको ‘विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना–२०८३’ अनुसार बाजुराका नौवटै स्थानीय तहका करिब १५० बस्ती बाढी तथा पहिरोको उच्च जोखिममा रहेका छन्। बुढीगङ्गा, खप्तड छेडेदह, त्रिवेणी, गौमुल, बडिमालिका, बुढीनन्दा, स्वामिकार्तिक, जगन्नाथ र हिमाली गाउँपालिकाका अधिकांश बस्ती जोखिममा रहेको उल्लेख गरिएको छ।

जिल्लाका १३५ भन्दा बढी गाउँबस्ती वर्षेनी बाढी र पहिरोको जोखिम झेल्दै आएका छन्। वर्षायाममा स्थानीयवासी रातभर जाग्राम बस्न बाध्य हुने अवस्था रहेको छ।

उच्च जोखिममा रहेका बस्तीलाई विगत केही वर्षदेखि स्थानान्तरण गर्नुपर्ने आवश्यकता औंल्याइए पनि हालसम्म प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको छैन। गत वर्ष बाढी–पहिरोबाट प्रभावित परिवारका लागि अस्थायी टहरा निर्माण गर्न करिब ६ करोड रुपैयाँ स्थानीय तहको खातामा पठाइएको थियो।

बाजुराको अधिकांश भूगोल भिरालो र पहिरोप्रवण भएकाले वर्षेनी प्राकृतिक विपद्को जोखिम दोहोरिने गरेको छ। एकीकृत बस्ती विकास र सुरक्षित स्थानमा बस्ती स्थानान्तरणको काम प्रभावकारी रूपमा अघि नबढ्दा जोखिम झन् बढ्दै गएको सरोकारवालाको भनाइ छ।

कप्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले विपद्सम्बन्धी पूर्वसूचना, जनचेतना, पूर्वतयारी तथा व्यवस्थित प्रतिकार्य योजनामार्फत जोखिम न्यूनीकरण गर्न सकिने बताए। उनले सबै जोखिमयुक्त बस्ती तत्काल स्थानान्तरण गर्न सहज नभए पनि वर्षायाममा पूर्वसचेतना अपनाउने, आधिकारिक सञ्चार माध्यमबाट सूचना ग्रहण गर्ने र सतर्कता अपनाउने नै जनधनको क्षति कम गर्ने प्रमुख उपाय भएको उल्लेख गरे।

प्रकाशित: २०८३ साउन ८ गते शुक्रबार १२:१०
प्रतिक्रिया

थप समाचार

त्रिवि मैदान बाहिर सानो व्यापार, ठूलो राहत : कुमारीको मुहारमा चमक

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) ले त्रिवि क्रिकेट मैदानबाहिरको चहलपहलसँगै साना व्यापारीको व्यापार पनि बढाएको छ। खेल हेर्न आउने दर्शकको भीडले मैदानबाहिर चटपटे, चाउचाउ, पानीलगायतका सामान...

भारत–चीन जोड्ने कर्णाली करिडोर: व्यापार, पर्यटन जलविद्युतको सम्भावना 

सुर्खेत: भारतको जमुनाहादेखि चीनको हिल्सा नाकासम्म जोड्ने कर्णाली करिडोरलाई उत्तर–दक्षिण व्यापारिक मार्गका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। करिब ५०५ किलोमिटर लामो यो करिडोरले कर्णालीका...

स्पेनमा रेल दुर्घटनाः ६८ जनाको मृत्यु, तीन दिन राष्ट्रिय शोक घोषणा

काठमाडौं। स्पेनमा दुई तीव्र गतिमा कुदिरहेका रेल एकआपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ। यसअघि दुर्घटनामा ५० जनाको मृत्यु भएको विवरण सार्वजनिक भएको थियो। स्थानीय समयअनुसार बिहान...

बगर बन्यो धानखेत

रसुवा: उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य धानखेत बगरमा परिणत भएको छ। गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनासकारी बाढीका कारण उक्त वडाको सम्पूर्ण खेतीयोग्य जमिन बगरमा रुपान्तरण भएको हो। त्रिशूली...

संघीयताले बदलेको अर्थतन्त्र: गाउँगाउँमा व्यापारिक केन्द्र, बदलिँदो कर्नाली

संघीयतापछि स्थानीय सरकारले सडक, विद्यालय र व्यवस्थापन, कृषि, साना उद्यम दर्ता, खानेपानी आयोजना लगायतका काम आफैँ सञ्चालन गर्न थाले। विकास योजना वडा तहसम्म छलफल गरेर स्थानीय आवश्यकता अनुसार बनाउन...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना