२०८३ साउन २४ गते आईतबार

सिड्नीमा ४०० युवा उद्यमीको विश्व सम्मेलन, नेपालमा लगानी गर्न अर्थमन्त्री वाग्लेको आह्वान

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन १२
664cfb74-f065-4f66-bd68-302fe3656fc9

सिड्नी: विश्वभरका नेपाली युवा उद्यमीलाई एउटै मञ्चमा जोड्दै नवप्रवर्तन, स्टार्टअप, लगानी तथा विश्वव्यापी व्यवसायिक सहकार्यका विषयमा केन्द्रित नेपाली युवा उद्यमीहरूको विश्व सम्मेलन अष्ट्रेलियाको सिड्नीमा भव्य रूपमा सम्पन्न भएको छ।

जुलाई २४ र २५ मा सिड्नीस्थित सोफिटेल होटलमा आयोजित सम्मेलनमा २० भन्दा बढी देशबाट आएका करिब ४०० नेपाली युवा उद्यमी, व्यवसायी, लगानीकर्ता, प्रविधि विज्ञ तथा नीति निर्माता सहभागी भएका थिए।

अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघको अन्तर्राष्ट्रिय कार्य समितिको आयोजनामा तथा अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ अष्ट्रेलियाको व्यवस्थापनमा सम्पन्न सम्मेलनमा नेपाल र अष्ट्रेलियाका सरकारी, वित्तीय तथा निजी क्षेत्रका प्रतिनिधिसहित ५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वक्ताले विभिन्न विषयमा आफ्नो अनुभव र धारणा राखेका थिए।

सम्मेलनलाई नेपालका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भर्चुअल माध्यमबाट सम्बोधन गर्दै विदेशमा रहेका नेपाली उद्यमी तथा लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गरे। नेपालमा लगानीका लागि वातावरण क्रमशः अनुकूल बन्दै गएको उल्लेख गर्दै उनले सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने तथा लगानीमैत्री नीतिलाई थप प्रभावकारी बनाउने दिशामा काम गरिरहेको बताए।

‘नेपालमा लगानीका लागि सकारात्मक वातावरण निर्माण भइरहेको छ। विदेशमा आर्जन गरेको ज्ञान, सीप र पुँजीलाई नेपालसँग जोड्न म सम्पूर्ण नेपाली उद्यमीलाई आग्रह गर्छु। नेपाली उद्यमलाई अन्तर्राष्ट्रिय बजारसम्म विस्तार गर्न सक्ने नीतिगत सुधारमा सरकार गम्भीरतापूर्वक अघि बढिरहेको छ,’ अर्थमन्त्री वाग्लेले भने।

दुईदिने सम्मेलनमा एआई, डिजिटल अर्थतन्त्र, स्टार्टअप इकोसिस्टम, नवप्रवर्तन, लगानी, वित्तीय पहुँच तथा विश्वव्यापी व्यवसाय विस्तारका विषयमा विभिन्न कार्यपत्र प्रस्तुत गरिनुका साथै प्यानल छलफल आयोजना गरिएको थियो। छलफलमा एआईले सिर्जना गरिरहेका अवसर, नेपाली स्टार्टअपको अन्तर्राष्ट्रिय सम्भावना, प्रविधिमा आधारित उद्यम विकास, लगानी आकर्षण तथा विश्वभर रहेका नेपाली उद्यमीबीच सहकार्य विस्तारका विषयमा व्यापक बहस भएको थियो।

फिनेका अध्यक्ष गोकर्ण ढकालका अनुसार सम्मेलनले विश्वभर फैलिएका नेपाली युवा उद्यमीबीच व्यवसायिक सञ्जाल विस्तार, लगानी साझेदारी, ज्ञान तथा प्रविधि आदान–प्रदान र नेपालकेन्द्रित लगानी प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याएको छ।

‘सम्मेलनमार्फत भविष्यमा नेपाली उद्यमलाई विश्व बजारसँग अझ प्रभावकारी रूपमा जोड्ने, अन्तर्राष्ट्रिय साझेदारी बढाउने तथा नवप्रवर्तनमा आधारित उद्यमशीलतालाई प्रोत्साहन गर्ने साझा प्रतिबद्धता व्यक्त गरिएको छ,’ उनले भने।

आगामी सम्मेलन सन् २०२८ मा चीनकाे गन्जाउमा आयाेजन गर्ने निष्कर्षसहित कार्यक्रम सम्पन्न भएकाे थियाे।

प्रकाशित: २०८३ साउन १२ गते मङ्गलबार १०:०८
प्रतिक्रिया

थप समाचार

वनस्थलीमा डीडीसीको आठौँ बिक्री केन्द्र सञ्चालनमा

काठमाडौँ: दुग्ध विकास संस्थानले काठमाडौँको वनस्थलीमा आफ्नो आठौँ बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ। उपभोक्तालाई संस्थानका दूध तथा दुग्धजन्य पदार्थ सहज रूपमा उपलब्ध गराउने उद्देश्यले नयाँ...

उपत्यकामा जथाभावी प्लटिङ बढ्दो, घर भासिने जोखिम उच्च [फोटोफिचर]

काठमाडौँ उपत्यका आसपासका करिडोहरूमा पछिल्लो समय खाली जग्गालाई प्लटिङ गरी घडेरीका रूपमा बिक्री गर्ने क्रम बढेको छ। व्यवस्थित भू–उपयोग तथा आवश्यक प्राविधिक अध्ययनबिनै गरिएको यस्तो प्लटिङले...

आन्दोलनमा उत्रिए मेनपावर व्यवसायीहरू, आजदेखि श्रमिक विदेश नपठाउने घोषणा

नीतिगत सुधारको माग गर्दै नेपाल वैदेशिक रोजगार व्यवसायी संघले तत्काललाई श्रमिक नपठाउने घोषणा गरेका छ। संघले शुक्रबार पत्रकार सम्मेलन गरेर १५ वटा माग सम्बोधन नभएसम्म विदेश पठाउने सबै प्रक्रिया...

गण्डकीमा पर्यापर्यटनको नाममा साढे ३२ करोड खर्च, उपलब्धि न्यून

गण्डकी प्रदेश सरकारले  ‘ग्रिन सिटी’ र ‘पर्यापर्यटन’ को नाममा ७ वर्षमा ३२ करोड ६३ लाख रुपैयाँ खर्च गरेको छ। त्यो खर्चबाट बनेका पार्क अहिले बेवारिसे छन्। जसले पर्यापर्यटन प्रवर्द्धन होइन, सरकारी...

प्रधानमन्त्री कार्यालयले ७ निर्माण कम्पनीलाई राख्यो कार्यसूचीमा

काठमाडौँ: प्रधानमन्त्री कार्यालयअन्तर्गत सार्वजनिक खरिद अनुगमन कार्यालयले ७ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै सार्वजनिक खरिद ऐन, २०६३ को दफा...
bed_kharel
उद्योग

सिमलबाट इथानोल उत्पादन गर्ने ११ अर्ब लगानी आउँदै,स्वीकृतिको पर्खाइमा कियान केमिकल्स

काठमाडौं। नेपालमा इथानोल उत्पादन र कृषि क्षेत्रलाई औद्योगिकरण गर्ने उद्देश्यसहित कियान केमिकल्स इन्डस्ट्रिज प्रालिले ठूलो लगानी योजना अघि बढाएको छ। कम्पनीले सिमल तरुललाई कच्चा पदार्थका...
WhatsApp Image 2026-08-03 at 20.07.24
कला

राम्जाको गाउँदेखि काठमाडौँसम्म: सपनाको यात्रा तय गर्दै गायिका दीपिका पौडेल

'पातली डन' को शब्द तथा संगीत कृष्ण समीप सुवेदीले तयार गरेका हुन्। आफ्ना आदर्श व्यक्तित्वका रूपमा दीपिकाले उहाँलाई विशेष सम्मान व्यक्त गर्छिन्।
mundada
आर्थिक नीति

लगानीको वातावरण बिगार्दै सरकार, बोली–व्यवहार नमिल्दा निजी क्षेत्र त्रसित

सरकारको विरोधाभासी शैलीले लगानीकर्ता अन्योलमा । बैंकमा १३ खर्ब कर्जा योग्य रकम थुप्रिँदा पनि माग शून्यप्रायः । निजी क्षेत्र 'अझै पर्ख र हेर'कै अवस्थामा।
upper_karnali
पूर्वाधार

लगानी बोर्ड बैठक नबस्दा माथिल्लो कर्णालीको डेढ खर्ब वित्तीय व्यवस्थापन योजना अलपत्र

वित्तीय व्यवस्थापन योजना स्वीकृत नहुँदा परियोजनाको काम अघि बढेको छैन। जीएमआरले आयोजनाबाट व्यावसायिक उत्पादन मिति कार्ययोजना बोर्डमा पेस गरिसकेको छ।
arun_subedi
विचार

नियामक निकायले बजारलाई ‘सहजीकरण’ गर्ने हो, ‘नियन्त्रण’ होइन

व्यावहारिक धरातलमा ओर्लिएर नीतिहरू नबनाएसम्म बैंकमा पैसा थुप्रिने तर जनताको हात खाली हुने क्रम जारी रहनेछ। उद्यमीको सम्मान, लगानीको सुरक्षा र करको सरलीकरण नै आजको अर्थतन्त्रको औषधि हो। पुँजीलाई...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना