२०८३ कार्तिक २० गते बिहिबार

वनस्थलीमा डीडीसीको आठौँ बिक्री केन्द्र सञ्चालनमा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन २४
photo-3_0f1d59e8

काठमाडौँ: दुग्ध विकास संस्थानले काठमाडौँको वनस्थलीमा आफ्नो आठौँ बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ। उपभोक्तालाई संस्थानका दूध तथा दुग्धजन्य पदार्थ सहज रूपमा उपलब्ध गराउने उद्देश्यले नयाँ बिक्री केन्द्र सञ्चालनमा ल्याइएको हो।

बिक्री केन्द्र उद्घाटन कार्यक्रममा बोल्दै दुग्ध विकास संस्थानका महाप्रबन्धक डा. शरणकुमार पाण्डेले संस्थानका उत्पादन उपभोक्तासम्म सहज रूपमा पुर्‍याउन यस्ता बिक्री केन्द्र विस्तार गरिँदै आएको बताए।

उनले बिक्री केन्द्र विस्तारसँगै किसानले उत्पादन गरेको दूधका लागि बजार सुनिश्चित गर्न र स्वदेशी दुग्धजन्य पदार्थको खपत बढाउन सहयोग पुग्ने बताए। उपभोक्ताले पनि एउटै स्थानबाट संस्थानका विभिन्न दुग्धजन्य पदार्थ सहज रूपमा खरिद गर्न सक्ने उनको भनाइ छ।

पाण्डेले संस्थानले उपभोक्ताको माग र बजारको आवश्यकतालाई हेरेर आगामी दिनमा थप स्थानमा बिक्री केन्द्र विस्तार गर्ने योजना रहेको जानकारी दिए।

वनस्थलीमा केन्द्र सञ्चालनमा आएसँगै दुग्ध विकास संस्थानका यस्ता बिक्री केन्द्रको संख्या आठ पुगेको छ। संस्थानले बिक्री केन्द्र विस्तारलाई किसानको दूधको बजार सुनिश्चित गर्ने र उपभोक्तालाई गुणस्तरीय स्वदेशी दुग्धजन्य पदार्थ उपलब्ध गराउने माध्यमका रूपमा अघि बढाएको जनाएको छ।

प्रकाशित: २०८३ साउन २४ गते आईतबार १२:०८
प्रतिक्रिया

थप समाचार

हिमालबाट आम्दानी बढाउने नेपालको प्रयास, थप ६ शिखरलाई अन्तर्राष्ट्रिय मान्यताको दिलाउने पहल

काठमाडौँ: नेपालले आठ हजार मिटरभन्दा अग्ला थप ६ वटा हिमाललाई छुट्टै शिखरका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिलाउन पहल थालेको छ। हाल विश्वमा आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाललाई मान्यता दिइँदै...

पर्यटन व्यवसायीको अन्तर्राष्ट्रिय जमघट डब्ल्यूटीएम लन्डन २०२६ सुरु, नेपालको सक्रिय सहभागिता

विश्व पर्यटन क्षेत्रको प्रमुख अन्तर्राष्ट्रिय व्यापारिक मेला ‘वल्र्ड ट्राभल मार्केट (डब्ल्यूटीएम) लन्डन २०२६’ मंगलबारदेखि बेलायतको राजधानी लन्डनस्थित एक्ससेल प्रदर्शनी केन्द्रमा सुरु...

तीन महिनामा भित्रियो साढे ६४ करोडको झिलिमिली बत्ती

तिहारलाई लक्षित गर्दै चालु आर्थिक वर्ष २०८३÷८४ को पहिलो तीन महिनामा ६४ करोड ५२ लाख रुपैयाँ बराबरको झिलिमिली बत्ती आयात भएको छ। भन्सार विभागको तथ्यांकअनुसार असोजसम्म २८ लाख ५९ हजार थान झिलिमिली...

एसियामा इन्धनको मूल्य युद्धअघिको भन्दा दोब्बरले वृद्धि

काठमाडौँ: पश्चिम एसियामा जारी ऊर्जा संकटका कारण एसियाली मुलुकमा इन्धनको मूल्य युद्धअघिको तुलनामा दोब्बरभन्दा बढी पुगेको छ। कच्चा तेलको आपूर्तिमा देखिएको अवरोध क्रमशः प्रशोधन र ढुवानी प्रणालीसम्म...

भारत–चीन जोड्ने कर्णाली करिडोर: व्यापार, पर्यटन जलविद्युतको सम्भावना 

सुर्खेत: भारतको जमुनाहादेखि चीनको हिल्सा नाकासम्म जोड्ने कर्णाली करिडोरलाई उत्तर–दक्षिण व्यापारिक मार्गका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। करिब ५०५ किलोमिटर लामो यो करिडोरले कर्णालीका...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
himali_hydro
शेयर बजार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना