२०८३ कार्तिक १९ गते बुधबार

पर्यटन व्यवसायीको अन्तर्राष्ट्रिय जमघट डब्ल्यूटीएम लन्डन २०२६ सुरु, नेपालको सक्रिय सहभागिता

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक १९
photo-1_034badcd

विश्व पर्यटन क्षेत्रको प्रमुख अन्तर्राष्ट्रिय व्यापारिक मेला ‘वल्र्ड ट्राभल मार्केट (डब्ल्यूटीएम) लन्डन २०२६’ मंगलबारदेखि बेलायतको राजधानी लन्डनस्थित एक्ससेल प्रदर्शनी केन्द्रमा सुरु भएको छ। तीन दिनसम्म सञ्चालन हुने मेला नोभेम्बर ५ (बिहीबार) सम्म चल्नेछ।

‘उत्थानशीलता, पुनरुत्थान र पुनःआविष्कारः विश्वव्यापी यात्राको नयाँ युग’ भन्ने मूल नाराका साथ आयोजना गरिएको यस वर्षको मेलाले बदलिँदो विश्व परिवेशमा पर्यटन क्षेत्रलाई थप दिगो, सुदृढ र उत्थानशील बनाउने विषयलाई प्राथमिकता दिएको छ। प्रविधि, नवप्रवर्तन र सिर्जनशीलतामार्फत विश्व पर्यटनको भविष्यलाई नयाँ दिशा दिने विषय पनि मेलाको मुख्य अवधारणामा समेटिएको छ।

विश्व पर्यटन उद्योगको महत्त्वपूर्ण व्यापारिक मञ्चका रूपमा परिचित यस मेलामा विभिन्न देशका राष्ट्रिय पर्यटन बोर्ड, होटल तथा आतिथ्य सेवा प्रदायक, अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी, ट्राभल एजेन्सी, टुर अपरेटर, लगानीकर्ता तथा पर्यटन प्रविधिसँग सम्बन्धित संस्थाका प्रतिनिधिहरू सहभागी छन्।

आयोजकका अनुसार यस वर्ष ४ हजार १०० भन्दा बढी कम्पनीले प्रदर्शकका रूपमा सहभागिता जनाएका छन्। त्यस्तै, १८० भन्दा बढी देशबाट ४६ हजार ५०० भन्दा बढी पर्यटन व्यवसायी, विज्ञ तथा खरिदकर्ताको सहभागिता रहने अपेक्षा गरिएको छ।

मेलामा नेपालको सक्रिय सहभागिता

अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपालको पहिचान विस्तार तथा नेपाली पर्यटन गन्तव्यको प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डको समन्वयमा ३२ वटा नेपाली पर्यटन, होटल, वायुसेवा, ट्राभल तथा ट्रेकिङ कम्पनीले मेलामा सहभागिता जनाएका छन्।

नेपाली व्यवसायीहरूले नेपालको प्राकृतिक सौन्दर्य, हिमाली गन्तव्य, पदयात्रा, पर्वतारोहण, साहसिक पर्यटन, सांस्कृतिक सम्पदा र विविध पर्यटकीय सम्भावनालाई अन्तर्राष्ट्रिय बजारमा प्रस्तुत गरिरहेका छन्। मेलामार्फत विदेशी टुर अपरेटर, लगानीकर्ता तथा पर्यटन व्यवसायीसँग व्यावसायिक सम्बन्ध विस्तार गर्ने र नयाँ साझेदारीका अवसर खोज्ने अपेक्षा गरिएको छ।

नेपालको तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल ‘गनेस’ले पनि मेलामा सहभागिता जनाउनुभएको छ। उहाँको सहभागिताले अन्तर्राष्ट्रिय पर्यटन क्षेत्रका सरकारी तथा निजी क्षेत्रका प्रतिनिधिहरूसँग नेपालको पर्यटन प्रवद्र्धन, नीतिगत सहकार्य र व्यापारिक सम्बन्ध विस्तारका विषयमा संवाद गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

सन् २०२६ मा विश्वभर १ अर्ब ५७ करोड पर्यटक पुग्ने प्रक्षेपण

मेलाको पहिलो दिन सार्वजनिक गरिएको ग्लोबल ट्राभल रिपोर्ट २०२६ अनुसार सन् २०२६ मा विश्वभर अन्तर्राष्ट्रिय पर्यटक आगमन दुई प्रतिशतले वृद्धि भई १ अर्ब ५७ करोड पुग्ने अनुमान गरिएको छ। प्रतिवेदनले युरोपमा पर्यटक आगमन पाँच प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ।

त्यस्तै, विश्वव्यापी पर्यटन खर्च नौ प्रतिशतले वृद्धि भई ७।८ ट्रिलियन अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ। बढ्दो हवाई भाडा, महँगी तथा अन्तर्राष्ट्रिय द्वन्द्वजस्ता चुनौतीका बाबजुद विश्व पर्यटनप्रतिको माग बलियो रहेको प्रतिवेदनले देखाएको छ।

मन्त्रीस्तरीय सम्मेलन र पर्यटनका नयाँ प्रवृत्तिमा छलफल

मेलाको अर्को प्रमुख आकर्षण विभिन्न देशका पर्यटन मन्त्रीहरूको सहभागितामा आयोजना हुने मन्त्रीस्तरीय शिखर सम्मेलन हो। सम्मेलनमा विश्व पर्यटनको दिगो विकास, नीतिगत सहकार्य, जलवायु परिवर्तनको प्रभाव, पर्यटन क्षेत्रको उत्थानशीलता तथा समावेशी पर्यटन प्रवद्र्धनलगायतका विषयमा छलफल हुनेछ।

यसैगरी, मेलामा सार्वजनिक गरिएको विश्वव्यापी पर्यटन प्रतिवेदनले अन्तर्राष्ट्रिय बजारमा विकसित भइरहेका नयाँ प्रवृत्ति, पर्यटकको बदलिँदो रुचि, यात्रा व्यवहार तथा भविष्यमा देखिन सक्ने व्यावसायिक अवसरबारे जानकारी प्रस्तुत गरेको छ।

नेपालको पर्यटन प्रवद्र्धनका लागि महत्त्वपूर्ण अवसर

डब्ल्यूटीएम लन्डन विश्वभरका पर्यटन व्यवसायी, लगानीकर्ता, नीति निर्माता तथा सेवा प्रदायकबिच व्यावसायिक सम्बन्ध स्थापित गर्ने र नयाँ व्यापारिक साझेदारीका अवसर खोज्ने महत्त्वपूर्ण अन्तर्राष्ट्रिय मञ्च हो।

नेपालका लागि पनि यस मेलाले अन्तर्राष्ट्रिय बजारमा नेपाली पर्यटकीय गन्तव्यको पहिचान विस्तार, विदेशी पर्यटक आगमन वृद्धि, पर्यटन क्षेत्रमा लगानी आकर्षित गर्न तथा अन्तर्राष्ट्रिय टुर अपरेटरहरूसँग सहकार्य विस्तार गर्न महत्त्वपूर्ण अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

प्राकृतिक तथा सांस्कृतिक विविधताले सम्पन्न नेपालले आफ्नो पर्यटन सम्भावनालाई विश्व बजारमा प्रभावकारी रूपमा प्रस्तुत गर्न सके यस प्रकारका अन्तर्राष्ट्रिय व्यापारिक मेलाले नेपालको पर्यटन उद्योगलाई थप प्रतिस्पर्धी र अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्न सहयोग पुग्ने देखिन्छ।

प्रकाशित: २०८३ कार्तिक १९ गते बुधबार ०९:२९
प्रतिक्रिया

थप समाचार

तीन महिनामा भित्रियो साढे ६४ करोडको झिलिमिली बत्ती

तिहारलाई लक्षित गर्दै चालु आर्थिक वर्ष २०८३÷८४ को पहिलो तीन महिनामा ६४ करोड ५२ लाख रुपैयाँ बराबरको झिलिमिली बत्ती आयात भएको छ। भन्सार विभागको तथ्यांकअनुसार असोजसम्म २८ लाख ५९ हजार थान झिलिमिली...

एसियामा इन्धनको मूल्य युद्धअघिको भन्दा दोब्बरले वृद्धि

काठमाडौँ: पश्चिम एसियामा जारी ऊर्जा संकटका कारण एसियाली मुलुकमा इन्धनको मूल्य युद्धअघिको तुलनामा दोब्बरभन्दा बढी पुगेको छ। कच्चा तेलको आपूर्तिमा देखिएको अवरोध क्रमशः प्रशोधन र ढुवानी प्रणालीसम्म...

भारत–चीन जोड्ने कर्णाली करिडोर: व्यापार, पर्यटन जलविद्युतको सम्भावना 

सुर्खेत: भारतको जमुनाहादेखि चीनको हिल्सा नाकासम्म जोड्ने कर्णाली करिडोरलाई उत्तर–दक्षिण व्यापारिक मार्गका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। करिब ५०५ किलोमिटर लामो यो करिडोरले कर्णालीका...

कच्चा तेलको मूल्य प्रतिब्यारेल ११५ डलर नजिक, नेपालमा महँगी बढ्ने जोखिम

काठमाडौँः अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११५ डलर नजिक पुगेपछि नेपालमा पेट्रोलियम पदार्थको आयात लागत र समग्र मूल्यवृद्धिमा दबाब पर्ने जोखिम बढेको छ। पश्चिम एसियामा...

नेपालको विद्युत निर्यात क्षमता १,१७९ मेगावाट पुग्यो

काठमाडौँ: नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८३/८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत निर्यात गरेको छ। बाढीका कारण केही जलविद्युत आयोजनाको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
himali_hydro
शेयर बजार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना