२०८३ कार्तिक १५ गते शनिवार

लगानीको वातावरण बिगार्दै सरकार, बोली–व्यवहार नमिल्दा निजी क्षेत्र त्रसित

 |  सीता बुढाथोकी
Sanket

सीता बुढाथोकी

काठमाडौँ, साउन १८
mundada

काठमाडौँ: सरकारले एकातिर उद्योगी–व्यवसायीलाई देश निर्माणको सारथी ठानेर ढुक्कसँग लगानी गर्न सार्वजनिक आह्वान गरिरहेको छ, तर अर्कोतिर तिनै व्यवसायीमाथि बिना आधार धरपकड र छापा मारेर लगानीको वातावरण आफैँ धूमिल बनाउँदैछ।

प्रधानमन्त्री वालेन्द्र शाहले अघिल्लो साता निजी क्षेत्रका स‌ंगठनका प्रतिनिधि, निर्माण व्यवसायी, सेयर लगानीकर्ता, ब्रोकर व्यवसायीलगायत उद्योगी–व्यवसायीलाई एकपछि अर्को गरेर निरन्तर हरेक दिन भेट गरे। उनीहरूको समस्या सुने र समाधानको प्रतिबद्धता जनाए। उता, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पनि उद्योगी–व्यवसायीसँग छुट्टाछुट्टै छलफल गर्दै लगानीको सुरक्षाका साथै निजी क्षेत्रलाई सबैखाले समस्यामा सहजीकरण गर्ने प्रतिबद्धता जनाए। तर, व्यवहार भने सरकारले फरक देखाएको भन्दै निजी क्षेत्रले चिन्ता व्यक्त गरेको छ।

सोमबार बिहानै प्रहरीले प्रतिष्ठित व्यावसायिक घराना देवेनारा ग्रुपका प्रमुख प्रकाश मुन्दडाको घर र व्यवसायिक प्रतिष्ठानमा छापा हान्यो।सरकारले गलत सूचनाका आधारमा ठूलो संख्यामा प्रहरी परिचालन गरी पाँच घण्टासम्म खानतलासी गरेको गरेको थियो। तर खोजतलासका क्रममा कुनै गैरकानुनी वस्तु फेला नपरेपछि प्रहरी टोली रित्तै हात फर्किएको थियो।

यो घटनाले प्रहरीको सूचना संयन्त्र र कार्यशैलीमाथि गम्भीर प्रश्न उठेको छ। यसबाट सरकार नै व्यावसायिक वातावरण बिगार्न उद्यत भएको हैन? भन्ने प्रश्न उठेको छ। घटनापछि उद्योगी–व्यवसायीबीच त्रासको वातावरण बनेको भन्दै विभिन्न क्षेत्रबाट सरकारको कार्यशैलीमाथि प्रश्न उठाइएको छ।

पूर्वअर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै लेखेका छन्, ‘उद्यमी–व्यवसायीको घर, कार्यस्थलमा छापा मार्ने काम गतिलो होइन!’

त्यस्तै, उद्योग परिसंघ कोशीका अध्यक्ष पवनकुमार सारडाले सोमबार विज्ञप्ति जारी गर्दै मुन्दडा औद्योगिक घरानाको निवासमा गरिएको प्रहरी अनुसन्धानप्रति गम्भीर आपत्ति जनाएका छन्। उनले कानुनबमोजिम अनुसन्धान गर्ने अधिकार राज्यसँग भए पनि त्यसको प्रयोग गर्दा संविधानले सुनिश्चित गरेका मौलिक हक, गोपनीयताको अधिकार, मानव मर्यादा र सम्मानको पूर्ण संरक्षण हुनुपर्ने उल्लेख गरेका छन्।

यसअघि पनि सरकारले उद्योगी शेखर गोल्छालगायत केही व्यवसायीमाथि अनुसन्धान तथा पक्राउको प्रक्रिया अघि बढाएको थियो। पछि उनीहरू धरौटीमा रिहा भएका थिए। उनीहरूलाई पहिले पक्राउ पुर्जी थमाएर पछि अनुसन्धान प्रक्रिया अघि बढाइएको थियो। ‘पहिले सुन, अनि थुन’को सिद्धान्त लागू गर्नुपर्ने माग उद्योगीहरूले वर्षौँदेखि गरिरहे पनि राज्यले भने पहिले पक्राउ गरेर अनि बल्ल अनुसन्धान गर्दा यसले व्यवसायिक माहोल बिग्रिएको चिन्ता निजी क्षेत्रको छ। उनीहरूविरुद्ध थप म्याद जारी पनि अनुसन्धानका लागि अदालतबाट लिइएको थियो।

निजी क्षेत्रमाथि आत्मविश्वास घटेका बेला राज्यले चलाएका पछिल्ला घटनाले निजी क्षेत्रमा थप त्राश सिर्जनका गर्नुका साथै लगानी वातावरण खल्बिलिएको व्यवसायीहरूको भनाइ छ।

एक वाणिज्य बैंकका वरिष्ठ अधिकारीका अनुसार यस्ता घटनाले लगानीकर्ताको आत्मविश्वास कमजोर बनाएको छ। उनका अनुसार उद्योगी–व्यवसायी अहिले नयाँ ऋण लिएर लगानी गर्नेभन्दा ‘पर्ख र हेर’ को अवस्थामा पुगेका छन्।

‘सरकारले सार्वजनिक रूपमा लगानी गर्न आग्रह गरिरहेको छ। तर, व्यवहारमा देखिने सन्देश फरक छ। यस्तो अवस्थाले लगानीकर्तामा अन्योल र डर सिर्जना गरेको छ। नीतिगत स्थायित्व र विश्वास नबढेसम्म नयाँ लगानी आउँदैन,’ ती बैंकरले नेपाल क्लिक्सलाई भने।

उनका अनुसार बैंकिङ प्रणालीमा अहिले १३ खर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह गर्न मिल्ने तरलता उपलब्ध भए पनि नयाँ कर्जाको माग अत्यन्त न्यून छ।

‘नयाँ कर्जाको माग लगभग शून्यजस्तै छ। उत्पादनमूलक उद्योग जस्ता नयाँ परियोजना अघि बढ्न सकेका छैनन्। यसको मुख्य कारण लगानीकर्ताको कमजोर मनोबल र नीतिगत अनिश्चितता हो,’ उनले भने।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार बैंकिङ प्रणालीमा निक्षेप निरन्तर बढिरहेको छ। तर, कर्जा विस्तार भने अपेक्षाअनुसार हुन सकेको छैन। गत आर्थिक वर्षको जेठ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले निजी क्षेत्रमा ५८ खर्ब ३८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्।

गत आर्थिक वर्षमा निजी क्षेत्रतर्फ कर्जा १२ प्रतिशतले विस्तार गर्ने लक्ष्य राखिए पनि साउनदेखि जेठसम्म कर्जा प्रवाह ६.२ प्रतिशत मात्रै बढेको थियो। चालु वर्षका लागि राखिएको ११ प्रतिशत कर्जा विस्तारको लक्ष्य पनि चुनौतीपूर्ण देखिएको बैंकरको भनाइ छ।

यता सरकारले भने निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति दोहोर्याइरहेको छ। प्रधानमन्त्री बालेनसँगको छलफलपछि अर्थ मन्त्रालयमा आयोजित विशेष संवाद कार्यक्रममा अर्थमन्त्री वाग्लेले उद्योगी–व्यवसायीलाई ढुक्क भएर लगानी विस्तार गर्न आग्रह गरेका थिए।

‘तपाईंहरू ढुक्क भएर लगानी विस्तार गर्नुहोस्, रोजगारी सिर्जना गर्नुहोस्। कानुनी वा व्यावहारिक जुनसुकै समस्या भए सरकार तपाईंहरूसँगै छ। तपाईंहरूको लगानीको सुरक्षा गर्ने जिम्मेवारी सरकारको हो,’ अर्थमन्त्री वाग्लेले भनेका थिए।

तर, सरकारको प्रतिबद्धता र व्यवहारबीच विरोधाभास देखिएको भन्दै निजी क्षेत्रले चिन्ता व्यक्त गरिरहेको छ। अर्थशास्त्री तथा बैंकिङ क्षेत्रका जानकारहरूका अनुसार लगानीकर्ताको आत्मविश्वास पुनःस्थापित गर्न सरकारको बोली र व्यवहारबीच एकरूपता आवश्यक छ। अन्यथा बैंकमा पर्याप्त तरलता हुँदाहुँदै पनि नयाँ लगानी र आर्थिक गतिविधि अपेक्षित रूपमा अघि बढ्न कठिन हुने उनीहरूको भनाई छ।

प्रकाशित: २०८३ साउन १८ गते सोमबार ०५:२७
प्रतिक्रिया

थप समाचार

विश्वको अर्थतन्त्र आकार १२८० खर्ब हुँदा नेपालको साढे ४५ अर्ब डलर मात्र

विश्वको कुल अर्थतन्त्रको ४२ प्रतिशतभन्दा बढी हिस्सा अमेरिका र चीनले ओगटेका छन्। अमेरिकाको अर्थतन्त्रको हिस्सा विश्वको एक चौथाइ छ। अमेरिका, चीन, जर्मनी र जापान—यी चार देशले मात्र विश्वको कुल...

निर्यातले खर्ब नाघ्दा पनि व्यापार घाटा ५ खर्बमाथि, आयातको दबदबा कायमै

काठमाडौँः चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नेपालको वैदेशिक व्यापार उल्लेख्य रूपमा विस्तार भएको छ। निर्यातले पहिलोपटक तीन महिनामै खर्बको सीमा पार गरे पनि आयातको वृद्धिदर उच्च रहँदा...

बैंकको सेयर कर्जासँगै ब्रोकरको मार्जिन सुविधा, लगानीकर्ताका लागि के फरक?

बोनका अध्यक्ष डा गोपाल भट्टका अनुसार ब्रोकर प्रतिनिधिहरूसँगको छलफलमा २५ प्रतिशत आफ्नै मार्जिन राखेर बाँकी ७५ प्रतिशतसम्मको वित्तीय सुविधा लिन सकिने मोडेलबारे व्याख्या गरिएको छ।

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...

नीतिगत दरले बैंकको ब्याजदेखि बजारसम्म कसरी असर गर्छ?

नीतिगत ब्याजदर भनेको केन्द्रीय बैंकले अर्थतन्त्रमा कर्जा र पैसाको प्रवाहलाई प्रभावित गर्न निर्धारण गर्ने प्रमुख ब्याजदर हो। नेपालमा यस्तो दर नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत प्रयोग...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना