काठमाडौँ: प्रधानमन्त्री कार्यालयअन्तर्गत सार्वजनिक खरिद अनुगमन कार्यालयले ७ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ।
कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ बमोजिम सम्बन्धित कम्पनी तथा व्यवसायीलाई निश्चित अवधिका लागि सार्वजनिक खरिदमा सहभागी हुन नपाउने गरी कालोसूचीमा राखेको हो।
दुर्गा बिल्डर्स एण्ड सप्लायर्स प्रालि, कञ्चनपुरलाई १ वर्ष ६ महिनाका लागि, अग्रणी निर्माण सेवा, ललितपुरलाई २ वर्षका लागि, खड्क निर्माण सेवा, बझाङ, डीबी बिल्डर्स कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालि तथा माण्डौँ निर्माण सेवालाई ३ वर्षका लागि कालोसूचीमा राखिएको छ।
यसैगरी आर–अर्बन जेभी, सुनसरी, एमआर कन्स्ट्रक्सन, चितवन र आर्गेन कन्स्ट्रक्सन प्रालि, उदयपुरलाई पनि ३ वर्षका लागि कालोसूचीमा राखिएको छ।


