२०८३ कार्तिक २० गते बिहिबार

शरद ऋतुमा हिमाल चढ्न १ हजार ४९३ आरोहीले लिए अनुमति, ३२ करोड ३७ लाख रोयल्टी संकलन

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक २०
photo-2_328bd2ce

चालू वर्षको शरद ऋतुमा नेपालका हिमाल आरोहणका लागि पर्वतारोहीहरूको उल्लेख्य आकर्षण देखिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागबाट प्राप्त आधिकारिक तथ्यांकअनुसार यस सिजनमा विश्वका विभिन्न देशबाट आएका आरोहीहरूले हिमाल आरोहणका लागि अनुमति लिएका छन्।

कार्तिक १२ गतेसम्मको तथ्याङ्क हेर्दा यस सिजनमा कुल ७६ देशका १७१ वटा आरोही टोलीबाट जम्मा १,४९३ जना आरोहीले हिमाल आरोहणको आधिकारिक स्वीकृति (परमिट) लिइसकेका छन्। अनुमति लिने आरोहीहरूमा ३५६ जना महिला र १,१३७ जना पुरुष रहेका छन्। नेपालका हिमालहरूप्रति अन्तराष्ट्रिय पर्वतारोहीहरूको आकर्षण बढ्दोक्रममा रहेको यो तथ्यांकले देखाउँछ।

पर्यटन विभागका सूचना अधिकारी सुरज घिमिरेले उपलब्ध गराएका तथ्याङ्क अनुसार नेपालका हिमालहरूमध्ये सबैभन्दा बढी आरोहीहरूको चाप ८,१६३ मिटर उचाइको प्रसिद्ध मनास्लु हिमालमा देखिएको छ। मनास्लु हिमाल आरोहणका लागि मात्र ४३ वटा टोलीका ५०० जना आरोहीले अनुमति लिएका छन्, जसमध्ये ३७३ जना पुरुष र १२७ महिला रहेका छन्। मनास्लुबाहेक ८,६१४ मिटर उचाइको आमादब्लम हिमालमा पनि ३४ वटा टोलीबाट कुल ४१२ जना (३११ पुरुष र १०१ महिला) आरोहीले अनुमति लिएको देखिन्छ।

यसैगरी, हिम्लुङ हिमाल १३० जना, बरुण त्से ६५ जना, थापा पिक ५५ जना, लगायतका हिमालहरूमा पनि आरोहीहरूको उल्लेख्य भीड देखिएको छ। साना तथा मझौला हिमालदेखि आठ हजार मिटरभन्दा माथिका चुचुराहरूसम्मै यसपटक पर्वतारोहीहरूको सक्रियता उत्साहजनक रहेको छ।

पर्यटन विभागको देशगत अनुमति प्रतिवेदन अनुसार यसपटक विश्वभरका ७६ भन्दा बढी राष्ट्रका नागरिकहरू नेपालका हिमालहरू आरोहण गर्न भित्रिएका छन्। प्राप्त तथ्यांकअनुसार यस सिजनमा सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकाबाट १२१ जना आरोहीले अनुमति लिएका छन्। त्यसैगरी, रुसबाट ११३ जना, युनाइटेड किंगडमबाट १०२ जना, फ्रान्सबाट १३६ जना, चीनबाट १४२ जना, नर्वेबाट ३२ जना, जर्मनीबाट ९७ जना, इटालीबाट ६३ जना र स्पेनबाट ५५ जना आरोहीहरूले नेपालका हिमाल आरोहणको अनुमति प्राप्त गरेका छन्।

छिमेकी मुलुक भारतबाट ४० जना आरोहीहरू आएका छन् भने यसै सिजनमा नेपालबाट पनि ३७ पुरुष र ३ महिला गरी कुल ४० जना स्वदेशी नागरिकले हिमाल आरोहणका लागि अनुमति लिएको देखिन्छ।

हिमाल आरोहण अनुमति जारी गरेबापत नेपाल सरकारले यस शरद ऋतुमा मोटो रकम राजश्व संकलन गरेको छ। विभागको प्रतिवेदनअनुसार हालसम्म हिमाल आरोहण रोयल्टीबापत कुल २१,२८,१०९ अमेरिकी डलर अर्थात् नेपाली रुपैयाँमा ३२,३७,८८,९९० रुपैयाँ (करिब ३२ करोड ३७ लाख रुपैयाँ) संकलन भइसकेको छ।

संकलित कुल रोयल्टी रकममध्ये सबैभन्दा ठूलो हिस्सा मनास्लु हिमालको मात्र रहेको छ। एक्लो मनास्लु हिमालबाट मात्रै १४,८५,८१६ अमेरिकी डलर अर्थात् २२,५८,५७,१८९ नेपाली रुपैयाँ रोयल्टीबापत सङ्कलन भएको छ। त्यसैगरी, आमादब्लम हिमालबाट ४,०४,००० अमेरिकी डलर (६,१६,५१,६५० नेपाली रुपैयाँ) राजस्व उठेको छ।

प्रकाशित: २०८३ कार्तिक २० गते बिहिबार ०८:४२
प्रतिक्रिया

थप समाचार

हिमालबाट आम्दानी बढाउने नेपालको प्रयास, थप ६ शिखरलाई अन्तर्राष्ट्रिय मान्यताको दिलाउने पहल

काठमाडौँ: नेपालले आठ हजार मिटरभन्दा अग्ला थप ६ वटा हिमाललाई छुट्टै शिखरका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिलाउन पहल थालेको छ। हाल विश्वमा आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाललाई मान्यता दिइँदै...

पर्यटन व्यवसायीको अन्तर्राष्ट्रिय जमघट डब्ल्यूटीएम लन्डन २०२६ सुरु, नेपालको सक्रिय सहभागिता

विश्व पर्यटन क्षेत्रको प्रमुख अन्तर्राष्ट्रिय व्यापारिक मेला ‘वल्र्ड ट्राभल मार्केट (डब्ल्यूटीएम) लन्डन २०२६’ मंगलबारदेखि बेलायतको राजधानी लन्डनस्थित एक्ससेल प्रदर्शनी केन्द्रमा सुरु...

तीन महिनामा भित्रियो साढे ६४ करोडको झिलिमिली बत्ती

तिहारलाई लक्षित गर्दै चालु आर्थिक वर्ष २०८३÷८४ को पहिलो तीन महिनामा ६४ करोड ५२ लाख रुपैयाँ बराबरको झिलिमिली बत्ती आयात भएको छ। भन्सार विभागको तथ्यांकअनुसार असोजसम्म २८ लाख ५९ हजार थान झिलिमिली...

एसियामा इन्धनको मूल्य युद्धअघिको भन्दा दोब्बरले वृद्धि

काठमाडौँ: पश्चिम एसियामा जारी ऊर्जा संकटका कारण एसियाली मुलुकमा इन्धनको मूल्य युद्धअघिको तुलनामा दोब्बरभन्दा बढी पुगेको छ। कच्चा तेलको आपूर्तिमा देखिएको अवरोध क्रमशः प्रशोधन र ढुवानी प्रणालीसम्म...

भारत–चीन जोड्ने कर्णाली करिडोर: व्यापार, पर्यटन जलविद्युतको सम्भावना 

सुर्खेत: भारतको जमुनाहादेखि चीनको हिल्सा नाकासम्म जोड्ने कर्णाली करिडोरलाई उत्तर–दक्षिण व्यापारिक मार्गका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। करिब ५०५ किलोमिटर लामो यो करिडोरले कर्णालीका...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
himali_hydro
शेयर बजार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना