काठमाडौँ: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षका लागि १६ खर्ब रुपैयाँ राजस्व संकलन सरकारको स्पष्ट मिसन भएको बताएका छन्। लक्ष्य, सफलता–असफलताको मापन र समयसीमा स्पष्ट भए मात्र परिणाम हासिल गर्न सकिने भन्दै उनले राजस्व वृद्धि अहिले सरकारको सर्वोच्च प्राथमिकतामा रहेको बताए।
उनले प्रधानमन्त्री र ऊर्जामन्त्रीका सल्लाहकार तथा आफ्ना सल्लाहकार संख्याको उदाहरण दिँदै राजस्वको विषयलाई आफूले दिएको महत्त्वबारे स्पष्ट पारे। प्रधानमन्त्री कार्यालयमा २७ जना सल्लाहकार र ऊर्जा मन्त्रालयमा २० जना सल्लाहकार हुँदा आफूले अवैतनिक राजस्व सल्लाहकार मात्रै राखेको बताए।
सोमबार अर्थ मन्त्रालयमा आयोजित वार्षिक राजस्व समीक्षा बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘तपाईंहरूले आज सुनिराख्नु भएको छ प्रधानमन्त्री कार्यालयमा २७ जना सल्लाहकार, उर्जा मन्त्रालयमा २० जना सल्लाहकार भनेर। मैले एकजना मात्र सल्लाहकार राखेको छु- अवैतनिक राजस्व सल्लाहकार। भनेपछि यो राजस्वको विषयलाई मैले कति महत्त्व दिएको छु भन्ने कुरा यहाँले बुझ्न पाउनुहुन्छ।’
यस्तो छ उनको भनाइ–
मिसन १६ खर्ब नै हो। त्यो मिसन भन्ने शब्द कति सजिलै पनि इंगित गरिसकियो, लक्ष्य के हो क्लियर छ। के भयो भने सफल, के भयो भने असफल भन्ने कुरा स्पष्ट छ। डेडलाइन स्पष्ट छ। यो तीनवटालाई अर्जुन दृष्टि मानेर गरियो भने चाहिँ हामी सफलतातिर उन्मुख हुन्छौं। जहाँ लक्ष्य पनि छैन, सफलता-असफलताका मेट्रिकहरू पनि स्पष्ट छैन, एम्बिगुअस छ, द्वयर्थी छ। जुन जसरी इन्टरप्रेट गरेपनि हुन्छ, डेडलाइन पनि छैन त्यहाँ हामी फेल भएका रहेछौं। त्यसैले मिसन मोड मिसन मोड भनेर नीति कार्यक्रममा पनि आएको छ, बजेटमा पनि आएको छ र यसलाई अहिले नेपाल सरकार विशेषगरी माथि संघीय सरकारमा यसलाई देखाएरै बुझाउने पहल वास्तवमा यो राजस्व नै परफेक्ट हो जस्तो लाग्छ मलाई। यसको जिम्मेवारी हामीमाथि छ।
तपाईंहरूले आज सुनिराख्नु भएको छ प्रधानमन्त्री कार्यालयमा २७ जना सल्लाहकार, उर्जा मन्त्रालयमा २० जना सल्लाहकार भनेर। मैले एकजना मात्र सल्लाहकार राखेको छु- अवैतनिक राजस्व सल्लाहकार। भनेपछि यो राजस्वको विषयलाई मैले कति महत्त्व दिएको छु भन्ने कुरा यहाँले बुझ्न पाउनुहुन्छ।
अब यो अंकहरूमा पनि हेर्दै थिएँ तपाईंहरूले बोल्दै गर्दा, प्रस्तुत गर्दै गर्दा, हामी अघि डिल्ली उत्तरजीले त्यो जिज्ञासा राखेको विषय लय बिग्रेकै रहेछ, हैन। तर अर्को पाटो के हो भने हाम्रो चुहावट पनि रहेछ। योभन्दा धेरै ट्याक्स उठ्नुपर्छ भन्ने पनि सबैको एउटै जिकिर छ।
सो स्थापित ट्राजेक्टोरीमा क्रमभंगता गर्न खोजियो तर कुनै आधार बिना होइन। अन द अदर ह्यान्ड पोटेन्सियल छ भन्ने हामीलाई थाहा छ। हाम्रो जीडीपी नै अन्डरकाउन्टेड छ भन्ने पनि हामीलाई थाहा छ। डलर टर्म्स त जम्मा ४५ बिलियन डलर त होइन।
यहाँका गाडीहरू, भाटभटेनीका सपिङ्गहरू, यहाँका फ्लाइट्सहरूको ट्र्याक गर्नुभयो भने दिस इज नट अ पुअर कन्ट्री। स्पेसल्ली अर्बन एरियाजमा, अर्बन इकोनोमी त मलाई कता कता यो ७ हजार ८ हजार डलर पर क्यापिटाको जस्तो इकोनोमी जस्तो लाग्छ अर्बन एरियाज। त्यसैले अब यो प्यारडक्सलाई हामीले सुल्झाउनु नै पर्छ।


