काठमाडौँ: रास्वपा सभापति रवि लामिछानेले सुनसरी घटना र समसामयिक विषयमा छलफल गर्न आह्वान गरेको सर्वदलीय बैठक जारी छ।
सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा जारी बैठकमा नेपाली कांग्रेसका सभापति गगन थापा, संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, एमाले महासचिव शंकर पोखरेल, श्रम संस्कृति पार्टीका आर्यन राई, राप्रपाका अध्यक्ष राजेन्द्र लिंदेन, सांसद खुस्बु ओली, जनमत पार्टीका अध्यक्ष सीके राउतलगायतका नेताहरू सहभागी भएका छन्।
बैठकमा सुनसरीको संवेदनशील घटनापछि सामाजिक सद्भाव र शान्ति–सुरक्षा कायम गर्न राजनीतिक तहबाट पनि साझा सन्देश आवश्यक भएकाले सर्वदलीय छलफल आयोजना गरिएको रास्वपाले जनाएको छ।
बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङ भने अनुपस्थित छन्।


