२०८३ साउन १३ गते बुधबार

विश्वप्रसिद्ध गढीमाई मन्दिरमा चोरी: चाँदीको मुकुट र सुनका गहनासहित बहुमूल्य सामग्री गायब

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन १३
photo-2_027dded4

रौतहट: बाराको महागढीमाई नगरपालिका–१ बरियारपुरस्थित विश्वप्रसिद्ध धार्मिक पर्यटकीय स्थल गढीमाई मन्दिरमा ताला तोडेर बहुमूल्य गहनाहरू चोरी भएको छ। गत साउन १० गते आइतबार राति अज्ञात समूहले मन्दिरको मूल ढोकाको ताला फुटाई मुख्य देवीको मूर्तिमा रहेका ४ थान बहुमूल्य गहनाहरू चोरी गरेको घटना सार्वजनिक भएको हो।

धार्मिक आस्थाको केन्द्र रहेको गढीमाई मन्दिर जस्तो संवेदनशील र सुरक्षित मानिने स्थानमा भएको यो चोरीको घटनाले स्थानीयवासी, धार्मिक संघसंस्था र सर्वसाधारणमा गम्भीर चिन्ता र आक्रोश पैदा गरेको छ। घटना घटेको चार दिनपछि मन्दिरका मूल पुजारी शिव चौधरीले चोरी भएका गहनाहरूको आधिकारिक विवरण सार्वजनिक गरेका हुन्।

मूल पुजारी चौधरीका अनुसार चोरहरूले मन्दिर भित्र प्रवेश गरी मुख्य देवीलाई चढाइएका ४ थान बहुमूल्य गहनाहरू चोरेर लगेका छन्।

देवीको शिरमा रहने चाँदीको मुख्य मुकुट (टोप), सुनको जलप लगाइएको चाँदीको ऐतिहासिक हार, देवीको गलामा सजाइएको सुनको परम्परागत तिलहरी र मुख्य पूजाआजामा प्रयोग गरिने सुनको हार चोरी भएको उनले जानकारी दिए।

मूल पुजारी चौधरीले मन्दिरको सुरक्षा संवेदनशीलतामाथि प्रश्न उठाउँदै घटनाको निष्पक्ष र सुक्ष्म छानबिन गर्न माग गरेका छन्। उनले दोषीको तत्काल पहिचान गरी कडाभन्दा कडा कानुनी कारबाही गर्न र चोरी भएका बहुमूल्य धार्मिक गहनाहरू यथाशक्य चाँडो बरामद गर्न स्थानीय प्रशासन र प्रहरीसँग जोडदार माग गरेका छन।

घटनाबारे जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय बारा र मातहतका प्रहरी टोलीहरू अनुसन्धानमा जुटेका छन्। जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरका अनुसार मन्दिर परिसर तथा आसपासका क्षेत्रमा जडान गरिएका सिसिटिभी (ऋऋत्ख्) क्यामराहरूको फुटेज संकलन गरी सूक्ष्म विश्लेषण भइरहेको छ।

एसपी कुँवरले भने, ‘हामीले सिसिटिभी क्यामराको फुटेजलाई मुख्य आधार बनाएर अनुसन्धान अगाडि बढाएका छौँ। शंकास्पद व्यक्ति माथि निगरानी बढाइएको छ।’

यद्यपि, घटनामा संलग्न वास्तविक अपराधीहरूको पहिचान भने अझै खुल्न सकेको छैन। प्रहरीले दोषीको खोजी कार्य तथा प्रमाण संकलनको कामलाई अत्यन्त तीव्र गतिमा अघि बढाइएको र चाँडै नै अपराधीहरू कानुनी दायरामा आउने दाबी गरेको छ।

नेपाल र भारत मात्र नभई विश्वभरका हिन्दू धर्मावलम्बीहरूको महान् आस्थाको केन्द्रका रूपमा रहेको गढीमाई मन्दिरमा भएको यो घटनाले आम जनमानसमा चिन्ता उत्पन्न गराएको छ।

हरेक पाँच वर्षमा लाग्ने विश्वकै ठूलो बलिमेलाका रूपमा परिचित यस मन्दिरको सुरक्षा व्यवस्थामा भएको यस्तो गम्भीर कमजोरीप्रति स्थानीय सरोकारवालाहरूले असन्तुष्टि व्यक्त गरेका छन्। उनीहरूले घटनाको सत्यतथ्य तत्काल सार्वजनिक गर्न र मन्दिरको सुरक्षालाई दीर्घकालीन रूपमा भरपर्दो बनाउन माग गरेका छन्।

प्रकाशित: २०८३ साउन १३ गते बुधबार ०५:३२
प्रतिक्रिया

थप समाचार

५ बुँदे मागसहित लघुवित्त पीडितहरू दुई दिनदेखि आमरण अनसनमा

काठमाडौँ: लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति, नेपालले सञ्चालन गरिरहेको लघुवित्त पीडितहरूको सामूहिक आमरण अनशन दोस्रो दिनमा पुगेको छ। काठमाडौँकाे माइतीघरमा जारी आन्दोलनमार्फत...

११ करोड २१ लाखमा बनेको देवघाटको शवदाहगृह पीपीपी मोडलमा सञ्चालन गरिने

चितवन: देवघाटमा निर्माण गरिएको शवदाहगृह सार्वजनिक–निजी साझेदारी(पीपीपी) ढाँचामा सञ्चालन गरिने भएको छ। शवदाहगृह सञ्चालन गर्न बढी खर्चिलो हुने भएपछि सार्वजनिक–निजी साझेदारी ढाँचामा सञ्चालन...

४ करोड खर्चेर ललितपुरको २१ नम्बर वडामा हुँदैछन् यी कामहरू

काठमाडौँ: ललितपुर महानगरपालिका वडा नं. २१ ले चालु आर्थिक वर्षका लागि प्राप्त करिब ४ करोड रुपैयाँको बजेटलाई विभिन्न क्षेत्रका विकास तथा संरक्षण योजनामा विनियोजन गरेको जनाएको छ। वडाले पूर्वाधार...

सुनसरीको देवानगन्जमा कर्फ्यु कायमै

सुनसरी: सुनसरीको देवानगन्ज घटनाका विषयमा उत्पन्न विवादपछि जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा (कफ्र्यु) आज पनि जारी छ। सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछानेका अनुसार त्यस...

गण्डकीका चार विमानस्थल: करोडौँ लगानीमा बने, तर चलेनन्

लामो समयदेखि बन्द अवस्थामा रहेका ती विमानस्थल पुनःसञ्चालनमा ल्याउन धावनमार्ग कालोपत्रलगायत पूर्वाधार निर्माणमा करोडौँ लगानी भएको छ।   
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना