काठमाडौँः गृहमन्त्री सुधन गुरुङ सुनसरी जाने भएका छन्। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल गरेपछि उनी सुनसरी प्रस्थान गर्न लागेका हुन्।
पछिल्ला केही दिनदेखि सुनसरीमा उत्पन्न तनावपूर्ण अवस्थाको स्थलगत अनुगमन तथा वस्तुस्थितिबारे जानकारी लिन गृहमन्त्री गुरुङ त्यसतर्फ जान लागेका हुन्।
गृहमन्त्री गुरुङसँगै स्वास्थ्यमन्त्री निशा मेहता तथा केही सांसदहरू पनि सुनसरी जाने कार्यक्रम रहेको छ।
सुनसरीमा दुई समुदायबीच भएको हिंसात्मक झडपपछि उत्पन्न तनाव अन्य जिल्लामा समेत फैलिन थालेपछि सरकारले उच्चस्तरीय रूपमा स्थलगत अनुगमन, सुरक्षा अवस्थाको समीक्षा तथा आवश्यक समन्वयका लागि मन्त्रीसहितको टोली त्यहाँ पठाउन लागेको हो।


