२०८३ भदौ ३० गते मङ्गलबार

बैंकलाई ऋण असुल्नै सकसः उठाउन जाँदा कर्मचारीलाई ‘आत्मदाह’को धम्की

 |  सीता बुढाथोकी
Sanket

सीता बुढाथोकी

काठमाडौँ, साउन १९
ChatGPT Image Aug 4, 2026, 06_36_36 PM
तस्बिर: एआईसिर्जित/सांकेतिक

काठमाडौँ:  नेपालको बैंकिङ क्षेत्रमा पछिल्लो समय नयाँ कर्जा विस्तार सुस्त छ। बैंक तथा वित्तीय संस्थाहरूका लागि अहिलेको सबैभन्दा ठूलो चुनौती नयाँ कर्जा प्रवाहसँगै लगानी भइसकेको कर्जा असुली बनेको छ। आर्थिक गतिविधि सुस्त हुँदा धेरै ऋणीले समयमै सावाँ–ब्याज तिर्न सकेका छैनन्। त्यसमाथि केही ऋणीले किस्ता माग्न पुगेका बैंक कर्मचारीलाई आत्मदाह वा आत्महत्याको धम्की दिन थालेपछि कर्जा असुली झन् जटिल बनेको बैंकरहरू बताउँछन्।

बैंक तथा वित्तीय संस्थाका अधिकारीहरूका अनुसार पछिल्लो समय भाखा नाघेको कर्जाको ताकेता गर्न ऋणीको घर वा व्यवसायमा पुग्ने कर्मचारीले असहयोग मात्र होइन, ज्यान लिने–दिने धम्कीसमेत सामना गर्नुपरेको छ। यसले फिल्डमा खटिने कर्मचारीको मनोबल खस्किनुका साथै असुली प्रक्रिया प्रभावित भएको उनीहरूको भनाइ छ।

पछिल्लो समय सार्वजनिक स्थानमा आत्मदाहको प्रयासका घटनाले पनि यस्ता धम्कीलाई सामान्यजस्तै बनाएको बैंक अधिकारीहरूको बुझाइ छ। केही महिनाअघि ट्राफिक विवादपछि गणेश नेपालीले गरेको आत्मदाह प्रयास र त्यसपछि सार्वजनिक भएका यस्तै घटनापछि कतिपय ऋणीले पनि कर्जा असुलीका क्रममा त्यही किसिमको धम्की दिन थालेको उनीहरूको दाबी छ।

एक वाणिज्य बैंकका उच्च अधिकारीका अनुसार वास्तविक आर्थिक समस्या भएका ऋणीसँग बैंकले पुनर्तालिकीकरण, पुनर्संरचना वा किस्ता व्यवस्थापनजस्ता विकल्पबारे छलफल गर्ने गरेको छ। तर कतिपय ऋणीले वार्ताको बाटो रोज्नुको सट्टा कर्मचारीलाई त्रसित बनाउने व्यवहार गर्न थालेको उनले बताए।

‘पछिल्लो क्रममा ऋणीहरूको आत्मदाहवाला धम्की अलि बढी आउन थालेको छ। ऋण उठाउन जाँदा ‘म यो गर्दिन्छु, त्यो गर्दिन्छु, अझ आफैँ मर्छु’ भन्छन्। मान्छे मरिदिन्छु भनिसके पछाडि त के रिकभरी गर्नु र?’ उनले भने, ‘ऋण लिएपछि त्यसको नियमानुसार भुक्तानी गर्नु ऋणीको नैतिक र कानुनी दायित्व हो। समस्या परेको छ भने बैंकसँग बसेर समाधान खोज्न सकिन्छ। तर सावाँ–ब्याज माग्न आउने कर्मचारीलाई आत्मदाहको धम्की दिनु उचित होइन। पछिल्लो समय यस्ता घटना बढेका छन्। यसले फिल्डमा खटिएका कर्मचारी मानसिक तनावमा परेका छन् र असुली प्रक्रियामा पनि असर परेको छ।’

ती अधिकारीका अनुसार कर्मचारीहरू नियमित प्रक्रियाअनुसार किस्ता माग्न जाँदा कतिपय ऋणीले ‘म आत्मदाह गर्छु’ भन्ने किसिमका धम्की दिने गरेका छन्। यस्तो अवस्था सिर्जना भएपछि कर्मचारीले थप प्रक्रिया अघि बढाउन नसकेर फर्किनुपर्ने बाध्यता हुने गरेको उनले बताए।

‘पछिल्लो समय ऋण उठाउन जाँदा ‘म यो गर्छु, त्यो गर्छु, आत्मदाह गर्छु’ भन्ने धम्की धेरै आउन थालेको छ। मान्छेले मर्छु भनिसकेपछि कर्मचारीले थप दबाब दिन सक्दैन। त्यसपछि असुली प्रक्रिया नै रोक्नुपर्ने अवस्था आउँछ।’

बैंक अधिकारीहरूका अनुसार पछिल्ला केही वर्षमा बैंक तथा वित्तीय संस्थाविरुद्ध भएका आन्दोलनले पनि केही ऋणीमा ऋण नतिरे पनि हुन्छ भन्ने मानसिकता विकास भएको देखिन्छ। कतिपयले बैंकसँग प्रत्यक्ष छलफल गर्नुको सट्टा विभिन्न समूह वा अभियन्ताको सहारा लिएर दबाब सिर्जना गर्ने प्रयास गर्ने गरेको उनीहरूको दाबी छ।
‘बैंकसँग आएर समय चाहियो, पुनर्संरचना गरिदिनुहोस् वा किस्ता मिलाइदिनुहोस् भन्न सकिन्छ। तर अहिले कतिपयले बाहिरी समूहलाई अघि सारेर दबाब दिने प्रवृत्ति बढेको छ। यसले समस्या समाधानभन्दा झन् जटिल बनाएको छ।’ उनले भने ।

उनका अनुसार वास्तविक आर्थिक समस्या परेका ऋणीलाई आवश्यक सहजीकरण गर्न संस्था तयार छन्। तर जानाजानी किस्ता नतिर्ने, सम्पत्ति बिक्री गरेर ऋण चुक्ता गर्न नचाहने वा कानुनी प्रक्रियालाई लम्ब्याउने प्रवृत्तिले बैंकहरूलाई थप समस्या परेको छ।

अधिकारीहरूका अनुसार ऋणीसँग पर्याप्त धितो वा सम्पत्ति भए पनि त्यसको व्यवस्थापन गरेर ऋण चुक्ता गर्नुभन्दा समय लम्ब्याउने, मुद्दामामिला गर्ने वा कर्मचारीलाई धम्क्याउने प्रवृत्ति कतिपय अवस्थामा देखिएको छ। यसले बैंकको नगद प्रवाह मात्र होइन, समग्र वित्तीय प्रणालीमै दबाब बढाउने उनीहरूको भनाइ छ।

यता आर्थिक मन्दीका कारण उद्योग–व्यवसाय पनि पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन्। धेरै उद्योग ४० देखि ५० प्रतिशत क्षमतामा मात्र सञ्चालन भइरहेका कारण नयाँ कर्जाको माग पनि कमजोर छ। यस्तो अवस्थामा पुरानो कर्जा पनि समयमा नउठ्दा बैंकहरूको जोखिम थप बढेको छ।

बैंकिङ क्षेत्रका जानकारहरू भने वास्तविक आर्थिक समस्यामा परेका ऋणीलाई सहजीकरण गर्नुपर्ने तर धम्की वा डर देखाएर असुली प्रक्रिया अवरुद्ध पार्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने बताउँछन्। उनीहरूका अनुसार बैंक, ऋणी, नियामक निकाय र सुरक्षा निकायबीच समन्वय गरेर कर्जा असुली प्रक्रिया सुरक्षित, मर्यादित र प्रभावकारी बनाउन आवश्यक छ।

उनीहरूका अनुसार वित्तीय प्रणाली सर्वसाधारणको निक्षेपमा आधारित हुने भएकाले कर्जा असुली प्रभावकारी हुनु बैंकको मात्र होइन, समग्र अर्थतन्त्रको स्थायित्वका लागि पनि महत्त्वपूर्ण विषय हो।

प्रकाशित: २०८३ साउन १९ गते मङ्गलबार ०६:३९
प्रतिक्रिया

थप समाचार

फिनटेकलाई नयाँ बाटो खोल्दै राष्ट्र बैंक, पाँचवर्षे रणनीतिमा नवप्रवर्तनदेखि प्रतिस्पर्धासम्म

राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले तयार गरेको रणनीतिले परम्परागत बैंकिङ प्रणालीभन्दा बाहिर विकसित हुँदै गएको डिजिटल वित्तीय सेवामा नयाँ प्रविधि, नयाँ सेवा प्रदायक र नयाँ व्यवसायिक...

अब एटीएमबाटै १०० का नोट पनि निकाल्न पाइने

राष्ट्र बैंकका सहायक प्रवक्ता सुधा शाहका अनुसार चाडपर्वका बेला साना दरका नोट सटहीका लागि बैंकका शाखा तथा काउन्टरमा हुने भीड घटाउने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो ।

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १६ प्रतिशत लाभांश दिने प्रस्ताव

काठमाडौं। शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०८२/०८३ को वितरणयोग्य सञ्चित नाफाबाट सेयरधनीलाई १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको भदौ २८ गते बसेको सञ्चालक...

मर्जरले फेरिएको बैंकिङ क्षेत्र: आजका बैंकहरूको पछाडि दर्जनौं संस्थाको इतिहास

नेपाल राष्ट्र बैंकले वित्तीय संस्थालाई तुलनात्मक रूपमा बलियो, प्रतिस्पर्धी र ठूलो बनाउन मर्जर तथा प्राप्तिलाई प्रोत्साहन गरेपछि धेरै संस्था एक–अर्कामा गाभिए।

माछापुच्छ्रे बैंकको लाभांश घोषणा, बोनस र नगद कति?

काठमाडौँः माछापुच्छ्रे बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई कुल ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको भदौ २६ गते बसेको ५६४औँ बैठकले साधारण...
nepal_india_china
आर्थिक नीति

चीनको विदेशी मुद्रा सञ्चिति ३४ खर्ब ३८ अर्ब डलर, भारत र नेपालको कति?

चीनको विदेशी विनिमय सञ्चिति लोभलाग्दो छ। सधैं व्यापार बचतमा रहेको चीन विश्वकै सबैभन्दा धेरै विदेशी मुद्रा सञ्चिति रहेको मुलुक हुँदै आएको छ। पिपुल्स बैंक अफ चाइनाका अनुसार विदेशी विनिमय सञ्चिति...
sanima
कर्पोरेट

भोटेकोशी बाढीपीडितलाई सानिमा हाइड्रो ग्रुपको ५१ लाख सहयोग

काठमाडौं। गैरआवासिय नेपालीले स्थापना गरेको सानिमा हाइड्रो ग्रुपले भोटेकोशी त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग गरेको छ। ग्रुपले बिहीबार ऊर्जा जलस्रोत...
cablecar
पूर्वाधार

१२ अर्बमा वराहक्षेत्रदेखि छिन्ताङसमम्म चल्ने केवलकार बन्दै, डीपीआर अन्तिम चरणमा

निजी लगानीमा सुनसरीको वराहक्षेत्रबाट धनकुटाको छिन्ताङसम्म १२ किलोमिटर लामो केबलकार परियोजना अघि बढेको छ। केबलकार वराहक्षेत्र, उदयपुरको मैनामैनी हुँदै धनकुटाको छिन्ताङसम्म पुग्नेछ।
733209469_10100252397905945_1825902203542884960_n
कला

यस्तो छ, तीज गीतमा अनमोल गिरीको ‘पट–लक’ योजना

नवोदित गीतकार अनमोल गिरीले भने यो तीजको सेरोफेरोमा आफ्नो नुतन गीत मार्फत् ‘पट–लक’ गर्ने योजना देखाइदिएका छन्।
Hydro
पूर्वाधार

अरुण किमाथांका बनाउन भीयुसीएलले माग्यो लाइसेन्स, पाँच वर्षमा सक्ने, ९४ अर्ब लाग्ने

आयोजना आगामी २०८८ असारमा सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ। प्रस्तावित आयोजना बनाउन ९३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना