काठमाडौँ: प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।
सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री शाहले मन्त्रिपरिषद्को बैठक बोलाएको जानकारी दिए।
बैठक बिहान १०ः३० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बस्दैछ।
बैठकले विभिन्न देशका राजदूत नियुक्ति एवं रिक्त प्रतिष्ठानका सदस्य नियुक्ति गर्ने सम्भावना रहेको छ।


