२०८३ कार्तिक ११ गते मङ्गलबार

एनपीएलको तेस्रो संस्करण कात्तिक ९ देखि, धमाधम विदेशी खेलाडी अनुबन्ध गर्दै फ्रेन्चाइज टोली

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन २४
npl_dhaka_topo (7)

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आगामी कात्तिक ९ गतेदेखि सुरु हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार प्रतियोगिताको मिति सार्वजनिक गर्दै कात्तिक ९ देखि मंसिर ५ गते (अक्टोबर २६ देखि नोभेम्बर २१ )सम्म एनपीएल सञ्चालन गर्ने जानकारी दिएको हो।

मिति सार्वजनिक भए पनि प्रतियोगिताको विस्तृत खेलतालिका भने क्यानले सार्वजनिक गरेको छैन।

यसपटक एनपीएल नेपालीहरूको प्रमुख चाडपर्व दसैँ र तिहारको समयसँग जोडिएको छ। तिहारका दुई दिन खेल नराख्ने गरी प्रतियोगिता सञ्चालन गर्ने तयारी क्यानले गरेको छ। यसअघिका संस्करण भने तिहार सकिएपछि मंसिरमा आयोजना हुँदै आएका थिए।

तेस्रो संस्करणका लागि खेलाडी छनोटको महत्त्वपूर्ण चरण अर्थात् अक्सन यसअघि नै सम्पन्न भइसकेको छ। अक्सनबाट स्थानीय खेलाडीको टोली संरचना तय भएसँगै फ्रेन्चाइज टोलीहरू अहिले विदेशी खेलाडी भित्र्याउने तयारीमा केन्द्रित भएका छन्।

एनपीएलको पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो, सुदूरपश्चिम रोयल्स उपविजेता बनेको थियो। दोस्रो संस्करणमा भने लुम्बिनी लायन्सले उपाधि जित्दा सुदूरपश्चिम रोयल्सले लगातार दोस्रोपटक फाइनलमै उपविजेतामा चित्त बुझाउनुपरेको थियो।

लगातार दुई संस्करणको अनुभवपछि तेस्रो सिजनमा टोलीहरूको तयारी अझ प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ। स्थानीय खेलाडीको प्रदर्शनसँगै विदेशी क्रिकेटरको उपस्थितिले प्रतियोगितालाई थप आकर्षक बनाउने अनुमान गरिएको छ।

एनपीएलले छोटो समयमै नेपाली घरेलु क्रिकेटमा ठूलो दर्शक आकर्षित गर्न सफल भएको छ। फ्रेन्चाइज संरचनाको प्रतियोगिताले नेपाली खेलाडीलाई उच्चस्तरका खेलाडीसँग खेल्ने र अन्तर्राष्ट्रिय क्रिकेटको अनुभव नजिकबाट बुझ्ने अवसरसमेत प्रदान गर्दै आएको छ।

तेस्रो संस्करणको मिति घोषणा भएसँगै अब सहभागी टोली, खेलाडी र समर्थकको ध्यान प्रतियोगिताको खेलतालिकातर्फ केन्द्रित भएको छ।

प्रकाशित: २०८३ साउन २४ गते आईतबार ०२:४९
प्रतिक्रिया

थप समाचार

एनपीएलका लागि ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरमा १० वटा फ्यान जोन सञ्चालन गर्ने भएको छ। कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने एनपीएलका...

एनपीएल क्रिकेट: जनकपुर टस जितेर फिल्डिङमा

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...

रसेल र लोकेशको आक्रामक ब्याटिङका बाबजुद विराटनगर पराजित, चितवन ८ रनले विजयी

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई ८ रनले पराजित गरेको छ। खेलको अन्तिम चरणमा विराटनगरले लगातार विकेट गुमाउँदा जितको नजिक पुगेर पनि हार...

टस जितेर विराटगरले चितवनलाई दियो पहिले ब्याटिङको निम्तो

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किङ्ग्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा विराटनगरले...

एनपीएल क्रिकेट : आज दुई खेल हुँदै 

काठमाडौं। राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा मध्यान्ह १२ बजे चितवन राइनोज र विराटनगर...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना