२०८३ साउन २७ गते बुधबार

नेप्सेमा लगातार तेस्रो दिन गिरावट, कारोबार रकम पनि घट्यो

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन २५
nepse_down1

काठमाडौँः साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ। पछिल्ला दुई कारोबार दिनदेखि निरन्तर ओरालो लागेको नेप्सेले सोमबार पनि गिरावटलाई निरन्तरता दिएको हो। सोमबार नेप्से परिसूचक ९.०४ अंकले घटेर २ हजार ६४१.०५ विन्दुमा झरेको छ।

नेप्सेसँगै सोमबार कारोबार रकम पनि घटेको छ। गत शुक्रबार ३ अर्ब ७७ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा सोमबार घटेर ३ अर्ब ६७ करोड ४४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

यस दिन ३५२ वटा स्टकको १ करोड ९ लाख ६६ हजार कित्ता सेयर खरिद–बिक्री भएको छ। सोमबार कारोबारमा आएका कम्पनीमध्ये कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य सर्वाधिक ८.४७ प्रतिशतले बढेको छ। साथै, कारोबारमा आएको रिलायबल समृद्धि योजना–२ को इकाई मूल्य सर्वाधिक ९.७० प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा सोमबार सोलु हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। कम्पनीको ४६ करोड ३७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

प्रकाशित: २०८३ साउन २५ गते सोमबार ०३:३६
प्रतिक्रिया

थप समाचार

एनआरएन डेभलपमेन्ट फन्डले पायो डलरमा आईपीओ ल्याउन अनुमति, ५० अर्ब लगानी आउने

सेबोनले धितोपत्र निष्कासन निर्देशिका परिमार्जन गरेर मंगलबार डेभलपमेन्ट फन्डलाई विदेशी मुद्रामा आईपीओ जारी गर्न इजाजत दिएको हो। फन्डमार्फत मुलुकको पूर्वाधार निर्माणमा गैरआवासिय नेपालीको...

सेयर बजारमा बैंक तथा वित्तीय संस्थाको पुँजीकरण घट्दो, जलविद्युतको बढ्दो

जलविद्युत समूहको बढ्दै गएको नेप्सेले जनाएको छ। बैंक तथा वित्तीय संस्थाको बजार पुँजीकरण हिस्सा घटेर हाल ५०.९ प्रतिशतमा झरेको छ।

२४ सै घण्टा सेयर अर्डर सुविधा: तर लगानीकर्ता अनिच्छुक, नासाबाहेकले ल्याएनन् सुविधा

नेप्सेले धितोपत्र कारोबार सञ्चालन (चौथो संशोधन) विनियमावली, २०८२ जारी गर्दै आफ्टर मार्केट अर्डरको व्यवस्था गरेको थियो। उक्त संशोधित विनियमावली २०८३ वैशाख ७ गतेदेखि लागू भएको हो।

कामना सेवा विकास बैंकले सेयरधनीलाई १५ प्रतिशत नगद लाभांश दिने

काठमाडौँः कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकले अग्राधिकार सेयरधनीलाई ९ प्रतिशत र साधारण सेयरधनीलाई १५ प्रतिशत नगद...

नेप्सेसँगै घट्यो कारोबार रकम, सोलु हाइड्रोपावरको कारोबार उच्च

काठमाडौँः साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक घटेर बन्द भएको छ। आज नेप्से ४.०५ अंकले घटेर २६५०.०९ विन्दुमा झरेको हो। नेप्सेसँगै कारोबार रकममा पनि गिरावट आएको छ। शुक्रबार १ करोड...
bc0f8481-ec15-4af1-998c-442cdfeab0c3
समाज

एलएलएम नतिजामा त्रुटि: ७७ प्रतिशत अनुत्तीर्ण, सबैमा पास भएका धेरै विद्यार्थी विधिशास्त्रमा फेल

काठमाडौँ: त्रिभुवन विश्वविद्यालयको कानुन संकायमा स्नातकोत्तर (एलएलएम) दोस्रो सेमेस्टरको नतिजामा त्रुटि भएको भन्दै विद्यार्थीहरूले पुनःपरीक्षणको माग गर्दै डीन कार्यालयमा निवेदन दिएका छन्।...
arun_subedi
विचार

नियामक निकायले बजारलाई ‘सहजीकरण’ गर्ने हो, ‘नियन्त्रण’ होइन

व्यावहारिक धरातलमा ओर्लिएर नीतिहरू नबनाएसम्म बैंकमा पैसा थुप्रिने तर जनताको हात खाली हुने क्रम जारी रहनेछ। उद्यमीको सम्मान, लगानीको सुरक्षा र करको सरलीकरण नै आजको अर्थतन्त्रको औषधि हो। पुँजीलाई...
mof_building
आर्थिक नीति

शिक्षा र स्वास्थ्य कर हटाउँदा ४ अर्ब ५८ करोड राजस्व खाडल, अर्थले कहाँबाट पूरा गर्ला?

चालू आर्थिक वर्षमा सरकारले १५ खर्ब ८० अर्ब ३१ करोड रुपैयाँ कर उठाउने लक्ष्य लिएको छ। शिक्षा र स्वास्थ्यमा लगाएको समता कर हटाएपछि राजस्वमा सरकारलाई दबाब पर्ने देखिएको छ।
norvic pix (2) (1)
शेयर बजार

बुकबिल्डिङबाट आईपीओ ल्याउन लागेको नर्भिक हस्पिटलले सेयरधनीलाई ४२.१० प्रतिशत लाभांश दिने

यही मंगलबार बसेको सञ्चालक समिति बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो। लाभांश पारित गर्त हस्पिटलले आउँदो भदौ १५ मा वार्षिक साधारणसभा बोलाएको छ।
nrn_fund
उद्योग

एनआरएन डेभलपमेन्ट फन्डले पायो डलरमा आईपीओ ल्याउन अनुमति, ५० अर्ब लगानी आउने

सेबोनले धितोपत्र निष्कासन निर्देशिका परिमार्जन गरेर मंगलबार डेभलपमेन्ट फन्डलाई विदेशी मुद्रामा आईपीओ जारी गर्न इजाजत दिएको हो। फन्डमार्फत मुलुकको पूर्वाधार निर्माणमा गैरआवासिय नेपालीको...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना