काठमाडौँ- साफ यू-१७ महिला च्याम्पियनसिपको पहिलो खेलमा नेपालले भारतसँग हार व्यहोरेको छ। बंगलादेशको ढाकामा सोमबार सम्पन्न खेलमा नेपालले भारतसँग ४-१ गोल अन्तरको हार व्यहोरेको हो।
खेलको ५४औँ मिनेटमा नेपालका लागि वर्षा ओलीले गोल फर्काएकी थिइन्। त्यसअघि नै भारतका लागि १०औँ र ४०औँ मिनेटमा शिल्जी शाजीले गोल गरेकी थिइन्। भारतले ४१औं मिनेटमा पनि गोल गर्यो।
खेलको ८०औं मिनेटमा भारत शिल्जी शाजीले टिमका लागि तेस्रो गोल गरिन्। अन्त्यमा भारत ४-१ गोलले विजयी भयो। अब नेपालले बुधबार भुटानसँग खेल्नेछ।
राउन्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ।



